नेपाल प्रवासी मगर बचत कोष कतार

Read Time:5 Minute, 42 Second

महेन्द्र थापामगर कतार

“आजको थोपा थोपा वचत सुनौलो भविष्यको बलियो आधार” भन्ने मुल नाराको साथमा नेपाल प्रवासी मगर संघ, दोहा कतारको मातहतमा रहेको नेपाल प्रवासी मगर वचत कोष, कतारले २०१४ जून २०, शुक्रवारका दिन दोहा स्थित टपफर्म रेष्टुरेन्टमा वचत कोषका अध्यक्ष लिलम्वर चिदिमगरको सभापतित्व, वचत कोषका सचिव महेन्द्र थापामगरको सञ्चालन तथा नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय समितिका अध्यक्ष शरण थापामगरका प्रमुख आतिथ्यमा दोहाको टप फर्म रेष्टुरेन्टमा वचत कोषको पहिलो साधारण भेला सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विशेष अतिथिहरुमा कतारवासी मगरहरुको वाङ राजा केशव रानामगर, नेपाल प्रवासी मगर संघ, दोहा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामुमगर हुनुहुन्थ्यो भने अतिथिहरुमा केन्द्रिय समितिका सल्लाहकार सदस्यहरु देववहादुर रानामगर, जनक थापामगर, दोहा एरिया समितिका अध्यक्ष विवेक पुलामीमगर, सनैया ए एरिया समितिका अध्यक्ष मिन वहादुर थापामगर, सनैया बि एरिया समितिका सल्लाहकार सदस्य हेम वहादुर वगालेमगर, नेपाल प्रवासी मगर संघ, दोहा कतारका मानार्थ सदस्य टेकबहादुर रसाईली तथा बचत कोषमा रहनु भएका सदस्यहरु अनि कला तथा सांस्कृतिक बिभागका कलाकार सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु लगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थितहरुमा कार्यक्रमको वारेमा जानकारी दिनु हुँदै वचत कोष सञ्चालक समितीका सदस्य विवेक पुलामीमगरवाट स्वागत मन्तब्य को साथमा कार्यक्रमको उद्घाटन ब्यानर अनावरण र दियो वालेर प्रमुख आतिथि तथा बिशिष्ट अतिथिहरु वाट शुभारम्भ भएको थियो । कार्यक्रममा अतिथिहरुलाई खादा लगाई केन्द्रिय समितिका महिला सदस्य खगी पुनमगरले सहयोग गर्नु भएको थियो ।
उपस्थित सम्पूर्ण वचत सदस्यहरुमा कोषका सचिव महेन्द्र थापामगरले तयार पार्नुभएको पहिलो साधारण सभादेखी हाल सम्मको सांगठनिक प्रतिवेदन सामान्य संसोधनका साथमा भेलाले पारित गरी अनुमोदन गरेको थियो भने वचत कोषका कोषाध्यक्ष केशव रानामगरले प्रस्तुत गर्नुभएको पहिलो साधारण सभादेखी हाल सम्मको कोषले गरेको आर्थिक कारोवारको प्रतिवेदन भेलाले पारित गरी अनुमोदन गरेको थियो । यसैगरी यस वचत कोष निर्देशिका संशोधन समितिका संयोजक लिलाम्वर चिदिमगरले प्रस्तुत गर्नुभएको नेपाल प्रवासी मगर वचत कोष निर्देशिका २०११ संशोधित २०१४ (पहिलो साधारण भेलाको लागी प्रस्तावित) लाई सामान्य संशोधन सहित भेलाले पारित गरी अनुमोदन गरिएको थियो ।
त्यसपछी मन्तव्यको क्रममा बिशिष्ट अतिथि भिम तरामुमगरले यस बचत कोष स्थापना गर्दा जम्मा सात जना वाट शुरु गरिएको र हाल आएर यो कोषमा दोहाका मगर दाजुभाई तथा दिदिबहिनीहरु पनि यस वाट प्रभावित भएर कोषमा आवद्ध हुनका लागी आईरहेको हुनाले यस कोषलाई अझ बृहत रुप दिनको लागी नेपालमा नै कृषिमा लगानी गरेर आफुमै आत्म निर्भर हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
प्रमुख अतिथि शरण थापामगरले नेपालको विभिन्न क्षेत्रबाट विभिन्न उद्देश्यले कतार आएका मगर समुदायका विच सामुहिक रुपमा आफ्नो आयको सही रुपमा सदुपयोग गर्न, आयमुलक कार्यहरु गर्न, आर्थिक संकट टार्न, उचित ब्यवसायको सामुहिक लगानीको उद्देश्य लिई नेपाल प्रवासी मगर संघ, दोहा कतारको मातहतमा रहेर सञ्चालन गरेको बचत कोषको औचित्य तथा यसको महत्वको वारेमा र दोहावासी मगर दाजुभाई तथा दिदि बहिनीहरुमा मगर संघमा आवद्ध भई वचत गर्नुे वानी बसाल्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा,सभापति लिलम्वर चिदिमगरले सन २०११ जून महिना वाट वचतकोष स्थापना भएको र यस कोषवाट आयमुलक कार्यहरु गरेर अगाडी बढ्नुको लागी आह्वान गर्नुहुँदै उपस्थित सम्पूर्ण वचत सदस्यहरुमा कार्यक्रम उपस्थित भएर सफल बनाइदिनु भएकोमा हार्दिक धन्यवादको साथमा कार्यक्रम समापन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %