काठमाण्डौ क्षेत्र नं २ मा नेकपा एमाले पार्टीको उमेदवार क.कृष्ण गोपाल श्रेष्ठ हार्नुको कारण

Read Time:9 Minute, 30 Second

हार्नुको कारणहरु धेरै हुनसक्छन् । भएता पनि यहाँ मैले प्रमुख रुपमा मुख्य तीन कारण प्रस्तुत गरेको छु । जो निम्नअनुसार उल्लेख छन् ।

१.पहिलो कारणः गुटबन्दी वा समूहबन्दी हो – गुटबन्दी पार्टीकै हितको लागि भनिएता पनि खासगरी व्यत्तिगत लाभ पद, पैसा, पतिष्ठा र प्रगतीको लागि मात्र गरेको जस्तो देखिन्छ वा हुन्छ । बिशेषगरी गुटबन्दी वा समूहबन्दी समग्र जनता र पार्टीको लागि भन्दा पनि कुनै व्यक्तिको लागि यो एउटै वा एकै पार्टीभित्रका कर्यकर्ता वा नेताहरुविचमा विभिन्न प्रकारका सौदाबाजी, मोलमोलाई, शर्तहरु गरी हुँदोरहेछ वा बन्दोरहेछ । तर कहिले काही विचारहरुको एकता वा मिलन वा एक रुपताले पनि बनेको हुँदोरहेछ । फेरि विचारकै हिसाबमा बनेको समूहलाई गुट नभनेर विचार समूह वा बैचारिक भिन्न समूह पनि भनिएको देखिन्छ । गुटबन्दीमा खासगरी सामुहिक लाभको भावना कम उत्पन्न हुन्छ, सामुहिक नेतृत्व प्रणाली गौण हुन्छ, सामुहिक प्रतिष्ठा र प्रगतीको गुन्जायस कम हुन्छ अनि समग्र पार्टी र जनताको हितको कुरा सायत हुदैहुन्न भनेपनी हुन्छ । त्यसो हुँदा एउटै वा एकै गुटको परेमा हरतरहले सहयोग तर अर्को गुटको भएमा हरतरहले असहयोग अझ् घात–अन्तर्घात नै गरिन्छ वा गरिदोरहेछ । यस क्षेत्रमा पनि नबौ महाधिबेशनको संघारमा उपनिर्वाचन भएर त्यसको असर पर्यो । यस क्षेत्रको उपनिर्वाचनमा खटिने नेता कार्यकर्ताहरुमा माधब कु.नेपाल गुट र के.पी.शर्मा ओली गुट भनी खुल्लम खुल्ला विभाजित नभएपनि भित्री रुपमा विभाजित थियो । महाधिबेशन नै नहुदा त निर्वाचनमा टिकटको दाबेदारहरु विच टिकट पाउने र नपाउने विचमा पक्ष विपक्षमा आन्तरिक तथा बाह्य दुबै रुपमा सहयोग असहयोग, घाट अन्तर्घात हुन्छ भने महाधिवेशन हुन लाग्दा नेतृत्व कसले गर्ने भन्ने बीचमा चरम गुटबन्दी भईरहदा, हुँदा किन पो यो क्षेत्रमा असर नपरोस् । स्मरणरहोस् कि एक गुटका उमेद्घार अर्को गुटको प्रभाव र बर्चश्वमा गएर पनि हो भन्ने भनाईहरु यत्रतत्र सुनिन पाईन्छन् ।

२. दोस्रो कारणः क्षेत्रियता वा स्थानीयता हो –आफ्नै ठाउँ वा स्थानीयता भए सहयोग सबै ठीक तर अर्को क्षेत्र वा स्थानको भए सबै बेठीक भन्ने मनोभावना यदि आउछ भने त्यो क्षेत्रियताकै मनोभावनाले आउदछ । त्यसोहुँदा जतिनै अरुलाई क्षेत्रियताको कुरा उठाउन हुन्न भन्ने उपदेश दिए पनि सो व्यक्तिको मनमाचाहिं क्षेत्रियताको बास बसेको देखिन्छ । यद्यपी सो क्षेत्रमा अगिल्लो पहिलो संविधान सभाको निर्वाचनमा काठमाण्डौ भन्दा बाहिरको उमेदवारले समेत विजय हासिल गरेको थियो । त्यो बेलाको राष्ट्रिय माहोलनै सोही विजय हासिल गरेको पार्टीको थियो । फेरि दोस्रो संविधान सभाको निर्वाचनमा भने राष्ट्रिय माहोल र नेकपा एमालेको उमेदवारको उच्च कद पनि एउटा विजयको कारण भएको सहजै अनुमान गर्नसकिन्छ यद्यपी उनी सोही क्षेत्रमा बसोबास गर्ने व्यक्ति पनि थियो । त्यसो हुँदा हालको उपनिर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले पार्टीको उमेदवारलाइ टुरिष्ट उमेदवार वा बाहिरीया उमेदवार भनी चरम रुपमा क्षेत्रियता वा स्थानीयताको कुरा उठाई आलोचना गरेको थियो, जुन आलोचना टिकट नपाउने र गुट फरकहरु जो एमाले पार्टीकै नेता कर्यकर्ताहरु थिएँ उनीहरुले अप्रत्यक्ष वा बाहिर नदेखिनेगरी भित्री रुपमा कुरा उठाएको छ भनी सुन्नमा आएको थियो भने प्रतिस्पर्धी पार्टीहरुले खुल्लम खुल्ला रुपमा कुरा उठाएको थियो ।

३. तेस्रो कारणः जातियता हो – स्वीकार गर्न गाह्रो पर्ला प्रायः सबैलाई तर सत्य त्यही हो । भनिन्छ सत्य वा यथार्थ कुरा जहिल्यै पनि तितो हुन्छ । जतिनै नेकपा एमाले पार्टी कम्युनिष्ट बामपन्थी पार्टी यस पार्टीको प्रमुख लक्ष्य जनताको बहुदलिय जनवाद समाजवाद हुँदै साम्यावाद अनि हामी जातिवादी होइनौ भनिएता पनि व्यवहारत अली फरक देखिन्छ । यो पार्टीले खाली वर्गियताको पक्षधरतामा मात्रै रहन्छ वा वकालत गर्छ भनिएता पनि भित्र भित्रै नदेखिने पारमा संकुचित जातियताको प्रभाव नराम्रसँग परेको देखिन्छ । उदाहरण नं. १ अघिल्लो दोस्रो संविधान सभाको निर्वाचनमा यस क्षेत्रमा समानुपातिक भोट गाई चिन्ह भएको हिन्दुधर्म र राजतन्त्रको ओकालत गर्ने राप्रपा नेपाल कमल थापाले नेतृत्व गरेको पार्टीको समानुपातिक भोट बढी आउनु हो । अघिल्लो दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक भोट काठमाण्डौ उपत्यकाभरीमा क्षेत्र नं. ३ मा विजय भएको पार्टी नेकपा एमोलले मात्र बढी ल्याएको थियो नत्रभने सबै क्षेत्रमा समानुपातिक भोट राप्रपा नेपालले ल्याएको थियो ।
मानशास्त्रीय वा समाजशास्त्रीय दृष्टीकोण अनुसार मानवमा एउटा गुण हुन्छ जुन गुणले आफ्नो बंश वा आफ्नो रगत वा जिन्लाईनै बढी माया र सुरक्षा गर्दछ । जस्तो सिंहले आफ्नो जिन वा रगतबाट जन्मेको बच्चालाई केही गर्दैन तर अरुको जिन वा रगतबाट जन्मेको सिंहकै बच्चालाई मारिदिन्छ ।
यो क्षेत्रमा विजय भएको पार्टी र उमेदवारको विश्लेषण गर्ने हो भने २०४६ सालपछिको निर्वाचन वा उपनिर्वाचनहरुमा विजय भएका व्यक्तिहरु जातको हिसाबमा नं. १ मदन कुमार भण्डारी–बाहुन वा ब्रामण नं. २ मनमोहन अधिकारी–बाहुन वा ब्रामण नं. ३ नारायण ढाकाल–बाहुन वा ब्रामण नं. ४ प्रदिप नेपाल–बाहुन वा ब्रामण नं. ५ झक्कु सुवेदी–बाहुन वा ब्रामण नं. ६ माधबकुमार नेपाल त्यसोहुँदा सबै ब्रामणक्षेत्रि नै उमेद्घारहरु विजय भएको देखिन्छन् । अहिलेको उपनिर्वाचनमा नेपाली काँग्रेसका दिपक कुईकेल निर्वाचित भए उनी पनि ब्रामणक्षेत्रि नै हुन् ।
यी र यस्ता कारणहरु अनि दृष्टिकोणबाट हेर्दा पार्टी केन्द्र (स्थायी समिति) को निर्णय नै तुत्रिपूर्ण बलजफतीपूर्ण, एकतर्फी, आत्मकेन्द्रित, लेनीनवादी संगठनात्मक पद्दतिका केन्द्रियतालाई मात्र प्रोत्साहन गर्ने खालका जनवादीलाई लत्याउने खालका भएको देखिन्छ । किनभने क्षेत्रिय कमिटीले त क्षेत्रकै नामहरु सिफारिश गरिएकै हुन् । उक्त नामहरु जिल्ला किमिटी, उपत्यका समन्वय कमिटी हुदै केन्द्रिय कमिटी (स्थायी समिति) सम्ममा पुगेको स्थितिमा पनि विचार नगरेको नपुर्याएको परिणाम हो यो पराजय ।
अन्यकारणहरु तपसिलका विषयहरुमात्र हुन् । जस्तो अघिल्लो निर्वाचित उमेदवारले दिएका बचनहरु पुरा गरेनन् होला, जनता ईच्छा, आकांक्षा अनुसार काम गरेनन् होला, धेरै असन्तुष्टिहरु थिए होलनन् आदि आदि सबै तपसिलका विषयहरु हुन् ।

विश्लेषकः सरोजमोहन लामा तामाङ हाल काठमाण्डौ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %