हेर्नुहोस् तेरियाको पछिल्लो प्रस्तुती :
{youtube}=”http://www.youtube.com/watch?v=XLROcWfAlgU”>http://www.youtube.com/watch?v=XLROcWfAlgU{/youtube}
{youtube}http://youtu.be/uEAO73auAHU{/youtube}
{youtube}http://youtu.be/6USmvwFczK8{/youtube}
जुन २१, मुम्बइ, भारत – बुटवल ,रूद्रपुर नेपालकी बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन्।
शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री भइन्। तेस्रोमा भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी चौथोमा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेल भएका छन्।
अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्।
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन।
डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्।
प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा भए पनि छोरी तेरियाको ग्रान्ड फिनालेको लागी दुवई बाट याहाँ आएका हुन ।
भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।
सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।
समचार सेतोपाटी बाट