मगर संघ यु केको बुद्ध पुर्णिमा कन्सर्ट भव्य, हजारौ दर्शकको उपस्थिती

Read Time:2 Minute, 44 Second

राज्य सत्ता
फार्न्बोरो यु के जुन १४,२०१४ मगर संघ युकेले हरेक बर्ष आयोजना गर्दै आएको बुद्ध पुर्णिमा ओपन कन्सर्ट यस बर्ष पनि गत जुन १४ मा भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्य क्रमलाई हजारौ दर्शकले अवलोकन गरेका थिए । नेपाल बाट आमन्त्रीत भिक्षु मगर मेधन्करज्युबाट कार्यक्रमको समुद्घाटन पश्चात नेपालको राष्ट्रिय गान बाट कार्यक्रमको थालनी गरिएको थियो । उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित प्रतिष्ठित गायक गायिकाहरुले उक्त कन्सर्टमा उपस्थित दर्शकहरुलाई संगीतिक मनोरन्जन गराएका थिए । उक्त कार्यकमा युवा गायक हेमन्त राना मगर,लोक दोहोरी गायक दिप सागर थापा मगर,गायिका अमृता लुङेली मगर, गायिका कल्पना श्रीपाल,गायक बिलन थापा मगर,गायक बिबेक श्रेष्ठ लगायत स्थानिय गायक गायिकाहरुले आफ्ना चर्चित गीतहरु पस्केका थिए भने स्थानिय कलाकार हरुले बिबिध नृत्य कौडा,सालैजो आदी प्रस्तुत गरी उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए । कार्यक्रमको अन्त्यमा उपस्थित कलाकारहरुद्वारा नेपाली लोक दोहोरी पस्किदा दर्शकहरु पनि कलाकार सँगै नाची रहेका देखिन्थे ।
कार्यक्रमको नाम बुद्ध नेपाली ओपन कन्सर्ट राखेर बुद्धको प्रचार वा सम्मान गर्न खोजे पनि बुद्ध बारे उपस्थित दर्शकलाई कार्यक्रम्को औचित्य बारे प्रकाश नपारिदिदा बुद्धको नाममा मनोरन्जन गर्न गएको जस्तो भान हुन्थ्यो कार्यक्रम बिसुद्ध संगीतिक कार्यक्रम रहे पनि बुद्धकै नाम लिए पछी बुद्ध नेपालमा जन्मेको भन्ने बाहेक केही नजानेकालाई बुद्ध अर्थात ज्ञान बाड्नकै लागि निम्त्याइका थाइल्यान्डमा अध्यनरत भिक्षु मगरबाट एक दुई ज्ञानका कुरा सुन्न नपाउदा उपस्थित दर्शकले केही खल्लो महुसस गरेका थिए ।
फोटो कृष्ण दर्लामी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %