अमरदीप मोक्तान
नवनिर्वाचीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क भन्दा पहिल्यै नेपाल भ्रमणमा आउने जानकारी कांग्रेस सभासद अमरेश सिंह ले प्रधानमंत्रि नरेन्द्र मोदी संग भेट पश्चात एक समाचार पत्रलाई जानकारी दिएका छन । प्रधानमंत्रि नरेन्द्र मोदी को नेपाल भ्रमण वारे जानकारी भारत स्थित नेपाली राजदुत, नेपाल स्थित भारतीय राजदुत तथा भारतीय विदेश मंत्रालय वाट जारी गरेको सुचनाको आधार मा नभई नेपाली कांग्रेस सभासद मार्फत समाचार प्राप्त हुनु कुटनैतिक मर्यादाको घोर उल्लघन हो । प्रधानमंत्री नरेन्द्र मोेदीले अमरेश सिंह संग २० मिनेटको भेट घाट को क्रममा साउन १९ गते नेपाल भ्रमणमा आउने जानकारी दिएका हुन तथा सभासद अमरेश सिंहले भारत सरकार द्धारा भुटानलाई पाँच हजार करोड तथा अफगानिस्तानलाई तिन हजार करोढ अनुदान दिने गरेको तर नेपालको तराई क्षेत्रको विकास नभएकोले गर्दा नेपाललाई दिएको छ सय करोड अनुदान अपूग भएको हुंदा अनुदान बढाउन आग्रह गरेका थिए । नेपालको संविधान निर्माण एक वर्षको समय सिमाभित्र बन्ने सम्भावना न्यून रहेको यदि संविधान बनिहाले पनि आदिवासी तथा मधेसी समुदायले आन्दोलन गर्न सक्ने विश्लेषण मोदी लाई सुनाएको भनी एक समचार पत्रलाई बताएका छन । मोदी को नेपाल भ्रमणको क्रममा प्रधानमंत्रि शुशिल काईराला द्धारा उठाउनु पर्ने महत्वपूर्ण विषय सभासद अमरेश सिंह द्धारा किन उठाईयो तथा उठाउने अधिकार कांग्रेस पार्टीले अथवा नेपाली कांग्रेस एमाले गठवन्धन सरकारले प्रदान गरेका हुन जनता जान्न चाहन्छन । सभासद अमरेश सिंह भारतिय प्रधान मंत्रिलाई भेट्न जादा शुशील कोइराला लाई यस वारे जानकारी गराएका थिए वा थिएनन ? परराष्ट्र मंत्रलयालाई अमरेश सिंहको प्रधानमंत्रि मोदी संग हुने भेटघाटको जानकारी थियो की थिएन ? नेपाली जनता समक्ष आउनु पर्दछ । अखिर किन प्रधानमंत्रि नरेन्द्र मोदीले सभासद अमरेश सिंहलाई प्राथमिकता प्रदान गरेका हुन भन्ने सन्दर्भ नेपाली जनमानसमा ठूलो चर्चाको विषय वनेको छ । नेपाल संक्रमण कालीन विषम स्थिति वाट गुज्री रहेको वेला सभासद अमरेश सिंह को नरेन्द्र मोदी संग भेट भए पश्चात ऐतिहासिक भ्रमणको मिति बारे जानकारी सार्वजनिक हुनु कुटनैतिक मर्यादा विपरीत भएको देखिन्छ ।
भारतको नवनिर्वाचित प्रधानमंत्रि नरेन्द्र मोदी द्धारा सार्क देश भ्रमण का लागी भुटान पश्चात नेपाललाई दोस्रो प्राथमिकता को देश मा चयन गर्नु सुखद समाचार हो तर भ्रमण पूर्व एक सामान्य सभासदलाई नेपाल सरकार को आधिकारिक प्रतिनिधि सरह आफ्नो अति वहुमुल्य समय मध्येको वीस मिनेट खर्चिनुले ठूलो प्रश्न जन्माएका छ । अच्छे दिन आने वाले है, सुन्य सहनशीलता, समृद्ध भारत को सपना साकार गर्न अनुशासन लाई उच्च प्राथमिकता मा राख्ने अनुशासीत व्यक्तित्व श्री नरेन्द्र मोदीले अनधिकृत व्यक्ती अमरेश सिंहलाई महत्व दिनु को अर्थ के हो ? अमरेश सिंह नेपालको दोश्रो संविधान सभाका एक सभासद मात्रै हुन गम्भीर प्रश्न के हो भने भारतको नवनिर्वाचित प्रधानमंत्री को ऐतिहासिक नेपाल भ्रमण अगाडी भारतीय प्रधानमंत्रि लाई भेट गरी देशको आन्तरिका समस्याको विषयमा कुरा गर्ने आधिकारिकता कसले प्रदान गरयो कांग्रेस पार्टीले अमरेश सिंहलाई नरेन्द्र मोदीको भ्रमण अगाडी कार्यक्रम तय गर्न जानकारी प्राप्त गर्न पठाएका हुन की कांग्रेस एमाले गठवन्धन को सरकारको सहमति मा आधिकारिकता प्रदान गरी अमरेश सिंहलाई श्री नरेन्द्र मोदी लाई भेट गर्न पठाईएको हो भने नेपाली जनतालाई सुचना पाउने अधिकार वाट वंचित गर्नु हुदैन ।
अमरेश सिंह नेपाली राजनितिका यस्ता पात्र हुन जो हमेशा समाचारको सुर्खी मा रहेको पाईन्छ । दिल्ली मा विद्रोही माओवादी तथा सरकारवीच भएको १२ बुंदे समझदारी देखी लिएर प्रत्येक महत्वपूर्ण निर्णय स्थलमा अमरेश सिंहको उपस्थिति देखिएको छ । भारत सरकारका राजनैतिज्ञ, कुटनैतिज्ञ, कुटनीतिक नियोग का उच्च पदस्थ अधिकारीको अमरेश निवासमा निर्वाध रुपमा आवत जावत रहेको समाचार सार्वजानिक भएको छ । अमरेश सिंह कांग्रेस बाट विजय भएका एक सभासद मात्र हुन कांग्रेस पार्टी का कुनै पदाधिकारी पनि हाईनन् तर भारत सरकारले अमरेश सिंहलाई यति धेरै महत्व दिनुको अर्थ रहश्यमय छ । अमरेश सिंहका प्रार्दुभाव १२वुंदे समझदारी वाट सुरु भई महन्त ठाकुरको निजी सचिब देखि दोश्रो संविधान सभाका सभासद सम्म आई पुग्दा सम्म भारत सरकार तथा नेपाल सरकारले अति महत्व दिनु को कारण के हो ? अमरेश सिंह भारत सरकारका नेपाली विषय हेर्ने आधिकारिक व्यक्ती हुन कि नेपाल सरकारको तर्फबाट भारत संग समन्वय कायम गर्ने आधिकारिक व्यक्ती हुन नेपाली जनतालाई अन्धकारमा नराखी सुसुचित हुनुपर्दछ । अमरेश सिंहको निवासमा भारतिय राजदूत विदाई भोज का कार्यक्रम हुनु तथा उक्त भोजमा भारतीय राजदूतको उपस्थीति हुनु, वरिष्ठ निजामतीको सरुवा बढुवा, प्रहरी सेनाको सरुवा बढुवा हुनका लागि उच्च तहका अधिकृतहरु अमरेश निवासमा चाकरी गरेको समाचार सुन्दा कठोर शव्दमा भन्नु पर्दा अमरेश सिंह नेपाल सरकार वाहेक एक सामानान्तर सरकार का प्रमुख को रुपमा रहेको प्रतित हुन्छ । हाल सालै अमरेश सिंहले गरेको रात्रि भोजमा रअ का पदाधिकारी, भारतीय राजदूतवासका कुटनैतिज्ञ श्री पियुस श्रीवास्तव, राष्ट्रिय अनुसन्धान विभागका भूतपूर्व आइ जी पि देवीराम शर्मा डि आई जी राजेन्द्र सिंह भण्डारी, ब्रीफकेस उजागर गरेका कारण छानवीनको दायरामा परेका एस एस पी रमेश खरेल लगायात उच्च प्रहरी अधिकृतहरुको उपस्थितिले सभासद अमरेश सिंहको शक्ति तथा प्रभाव कति सम्म रहेछ स्पस्ट रुपमा छर्लङग हुन्छ । नेपालमा राजनैतिक समस्या आईपर्दा छिमेकी को नाताले भारतीय उच्च तहका राजनैतिज्ञ जनता दल युनाइटेड का प्रभावशाली समाजवादी नेता डि पि त्रिपाठी तथा प्रभावशाली वामपन्थी नेता सिताराम येचुरीको समय समयमा नेपाल आगमन हुने गर्दछ । नेपालका ठूला पार्टीको विचारधारा समाजवादी तथा वामपन्थी भएको हुनाले यसलाई स्वभाविक प्रकृया तथा सकरात्मक रुपमा हेर्न सकिन्छ तर अमरेश सिंह नेपाली कांग्रेसका कुनै उच्च पदाधिकारी नभई एक सामन्य सभासद भएता पनि भारत तथा नेपाल सरकारले उच्च महत्व दिनु आश्चर्यजनक कुरा हो ।
नेपाल अहिले अति संवेदनशील अवस्थावाट गुज्रिरहेको अवस्थामा विद्यमान छ एउटा सानो भूलले ठूलो विस्फोटक रुप लिन सक्ने संभावनालाई ध्यानमा राखी अनधिकृत व्यक्ति अमरेश सिंहको गतिविधिलाई संदेहास्पद रुपमा हेर्न अति जरुरी छ । २०१४ मा भारतमा भएको लोकसभा चुनावका समय मिडियालाई अन्र्तवार्ता दिने क्रममा श्री नरेन्द्र मोदीले राष्ट्रसंगको को सम्वन्धको विषयमा कुनै पनि राष्ट्रसंग आँखा देखाएर तथा आँखा झुकाएर नभई आँखामा आँखा मिलाएर कुरा गर्ने वातावरण को निर्माण गर्नुपर्दछ भनेका थिए तर उक्त भावना विपरित सभासद अमरेश सिंहलाई महत्व दिएर श्री नरेन्द्र मोदी को कथनी र करनीमा अन्तर देखिएको तथा भारत सरकारको परराष्ट्र निति मा विगतको युपीए सरकारको नितिमा वदलाव नभएको संकेत हो । भारतलाई स्वच्छ, सुन्दर, अनुशासित वनाउने उद्घोष गर्ने श्री नरेन्द्र मोदीले अमरेश सिंहलाई उच्च महत्व प्रदान गर्नु कुटनैतिक मर्यादाको घोर उल्लङघन हो कि अमरेश सिंहलाई नेपाल सामानन्तर सरकार प्रमुखको रुपमा वैधानिकता प्रदान गर्नु हो? जब सम्म नेपालमा अमरेश जस्ता प्रवृतिलाई अंकुश लगाउन नेपाल सरकार सफल हुदैन तबसम्म नेपाल एक सार्भभौम राष्ट्र हो भनी गर्ववोध गर्नु महाभूल हो । जब राष्ट्रको स्वाभिमान को कुनै महत्व हुदैन त्यो राष्ट्र मृत्युतुल्य हुनु हो । राष्ट्र भन्दा व्यक्ती ठूलो हुदैन राष्ट्र स्वाभिमान सर्वोपरी हो भने राष्ट्रियता मा ठेस आउने कुरा गर्ने जस्तो सुकै प्रभावशाली व्यक्ती लाई दण्डित गर्ने कुरा मा समझौता गर्न हुदैन ।