शुशी पुलामी
१४ जुन आबुधाबी र नेपाल आदिवासी जनजाति परिषद युएईले संघको पुनर्गठनकासाथ केहि महत्वपूर्ण निर्णयगर्दै परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।
१३ जुन शुक्रवार युएईको राजधानी आबुधाबीको एअरपोर्टरोड पेप्सीकोलामा परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षता र समरक्षक एवं सल्लाहकार सदस्य रामचन्द्र डंगोलको विशेष आतिथ्यमा संम्पन्न भएको परिषदको पाँचौ बैठकले परिषदको पुनर्गठन गरेको हो । परिषद्का केहि जिम्वेवार पदाधिकारीहरु युएईको भिषा समाप्तगरी नेपाल फिर्ता जानु भएको र विविध कारणवस परिषदको अन्य जिम्वेवारी पनि फेरवदल गर्नु पर्ने भएकोले परिषदलाई पुनर्गठन गरिएको परिषदका वरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिम्बुले जानाकारी दिएका थिए । पुनर्गठित परिषदमा अध्यक्ष हरि बहादुर घर्तिमगर,वरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिम्बु,उपाध्यक्ष मोहन कुमार तामांग,उपाध्यक्ष भिम घिसिंग,महासचिव एलेक्स घले,सचिव आकाश लामा,कोषाध्यक्ष सुजन थापा मगर, प्रवक्ता मौसम सुव्वा,सह कोषाध्यक्ष कार्चुंग लामा रहेका छन् ।
जातीय समुदाय प्रमुखमा क्रमसः नेवा समुदाय प्रमुख मोहन कुमार श्रेष्ठ,लिम्बु समुदाय प्रमुख विवश लिम्बु,,राई समुदाय प्रमुख कुस्मणि राई,तामांग समुदाय प्रमुख सन्दिप ग्याबक तामांग,मगर समुदाय प्रमुख राम बहादुर मगर,सेर्पा समुदाय सोमु सेर्पा,गुरुङ समुदाय प्रमुख जित बहादुर गुरुङ,थारु समुदाय प्रमुख गणेश थारु,घले समुदाय प्रमुख निशा घले रहनु भएको छ भने साँस्कृतिक विभाग प्रमुख सुमन सिङ्गदान,महिला विभाग प्रमुख माइली स्यांग्वो,अनुशासन विभाग प्रमुख अनिल लामा,युवा सशक्तिकरण विभाग प्रमुख नवराज गुरुङ,जनसम्पर्क विभाग प्रमुख विक्किबाबू तामांग छन् भने सचिवालय सदस्यहरुमा,अनुपमा राई,जोया तामांग,मायाँ मगर,शुसिला दर्लामी,सन्त थापामगर,कैलास पुन मगर,नरसिंग थापा मगर,नविन थापा मगर,सुनिल राई,राज तामांग रहेका छन् ।
यसैगरी विमल तामांग प्रमुख रहेको ५ सदस्यीय समरक्षक एवं सल्लाहाकार समितिमा,रामचन्द्र डंगोल,दिपेन्द्र राई,उद्दव राई र शुशी पुलामी मगर सदस्य रहेका छन् । साथै परिषदले विश्व आदिवासी दिवश ९ अगष्टलाई भव्य रुपमा मनाउन उपाध्याक्ष भिम घिसिङ्गको संयोजकत्वमा ७ सदस्यीय विश्व आदिवासी दिवश तैयारी समिति चयन गरेको छ । जसमा महासचिव एलेक्स घले,तामांग समुदाय प्रमुख सन्दिप ग्यावक तामांग,महिला विभाग प्रमुख माइली स्याम्वो,प्रवक्ता मौसम लिम्बु,युवा सशक्तीकरण विभाग प्रमुख नवराज गुरुङ र सचिवालय सदस्य अजित सलामी मगर रहनु भएको छ ।
यसैगरी बैठकले तत्कालिन परिषदका महिला सशक्तिकरण विभाग प्रमुख शुशी पुलामी नेपाल मगर संघ युएईको अध्यक्ष जस्तो गरिमामय पदमा सर्व सहमतिमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ, भने कार्य व्यस्तताको कारण देखाई महासचिव प्रिथिछक बुढामगरले दिनु भएको राजिनामा स्वीकृत गर्दै उहाँ र युएईको भिषा समाम्प्तगरी नेपाल फिर्ता जानुहुने तत्कालीन प्रवक्ता सोनाम दोर्जेलामा एवं युवा सशक्तिकरण विभाग प्रमुख विकल्प राई तिनजनाले आफ्नो कार्यकालमा परिषदलाई पुराएको अमुल्य योगदानको प्रसंसासाथ हार्दिक धन्यवाद दिदै उहाँ हरुको उज्वल भविस्यको कामना समेत गरेको छ ।
यसैगरी विश्व आदिवासी दिवश ९ अगष्टको अवसरमा नेपाल आदिवासी जनजाति परिषद युएईको स्थापनाकाल देखि अविछिन्न रुपमा तन,मन र धनवाट परिषदको गरिमा माथि उठाउन महत्वपुर्ण योगदान गर्नुहुने परिषदका उपाध्यक्ष भिम तामाङ्गलाई सम्मान पत्र र नेपाली आदिवासीको संस्कृति जोगाउन अमुल्य योगदान दिनुहुने परिषदका साँस्कृतिक विभाग प्रमुख एवं वरिष्ठ गायक सुमन सिङ्गदान,महिला विभाग प्रमुख कलाकार माइली स्याँग्वो,सचिवालय सदस्य एवं कलाकारहरु अजित सलामी,अनुपमा राई,शुशिला दर्लामीमगर,मायाँ थापामगर र बुनु लोप्चनलाई प्रसंसा पत्रले सम्मान गर्ने निर्णय समेत गरेको छ ।
परिषदका सचिवालय सचिव आकाश लामाले संचालन गरेको वैठकलाई उपाध्यक्ष मोहन कुमार तामांगले स्वागत मन्तव्य दिएका थिए ।