मुक काजी गुरुङ, हङकङ
०१ जुन २०१४ का दिन गुरुङ तमु समाज संखुवासभा हङकङको आयोजनामा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
चुनमुनस्थित बटरफ्लाई बिच सम्पन्न उक्त प्रतियोगितामा संखुवासभा ए, संखुवासभा बी,पुन क्लब ए, पुन क्लब बी,यूनिटी हङकङ, पाथीभरा, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा बी, बाग्लुङ, हलेसी ९खोटाङ०, पर्वत र घान्द्रुक गरि १२ टीमको सहभागिता रहेको थियो।
प्रतियोगिताको पहिलो खेल संखुवासभा ए बिरुद्ध पुन क्लब बी बीच भएको थियो भने दोस्रो खेल संखुवासभा बी बिरुद्ध पुन क्लब ए, यसैगरि हलेसी बिरुद्ध पाथीभरा,पर्वत बिरुद्ध आंधीखोला स्पोर्ट्स क्लब ए ले प्रतिस्पर्धा गरेका थिए। स्मरण रहोस, यस अघि नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी ईम राना सहभागी पर्वत टीमले यस पटकमकाउबाट राष्ट्रिय स्तरका खेलाडी सनीव गुरुङलाई आमन्त्रित गरिएको थियो तर सो टीम पहिलो चरणबाट नै आंधीखोला स्पोर्ट्स क्लब ए बाट बाहिरिए।
दोस्रो चरण अन्तर्गत संखुवासभा ए बिरुद्ध यूनिटी, पुन क्लब ए बिरुद्ध बाग्लुङ , यसै गरि नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी रोमन श्रेष्ठ सहभागी पाथीभरा टीम बिरुद्ध आंधीखोला बी र आंधीखोला स्पोर्ट्स ए बिरुद्ध घान्द्रुक बीच भएको थियो। उक्त दोस्रो चरणको क्वार्टर फाइनल खेलमा नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी रोमन श्रेष्ठ सहभागी पाथीभरा टीमलाई आंधीखोला स्पोर्ट्स क्लब बी ले २स्१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने आंधीखोला स्पोर्ट्स क्लब ए ले पनि अर्का शक्तिशाली टीम घान्द्रुकलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।
सेमिफाइनल खेल संखुवासभा बिरुद्ध आंधीखोला बी र पुन क्लब बिरुद्ध आंधीखोला ए बीच निकै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको थियो। अन्ततस् आंधीखोला बी ले निकै शानदार खेल प्रदर्शन गर्दागर्दै पनि संखुवासभासंग हात धुनु पर्यो भने आंधीखोला ए ले पुन क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित बनाउंन सफल रह्यो ।
वेष्ट अफ फाईवको आधारमा आंधीखोला स्पोर्ट्स क्लब बिरुद्ध संखुवासभा बीच भएको फाइनल खेल अन्ततस् २स्१ को सिधा सेटमा आंधीखोला स्पोर्ट्स क्लबले संखुवासभा माथि विजय प्राप्त गर्दै प्रथम संखुवासभा ९एस।एस।० कप(२०१४ आफ्नो हातमा पार्न सफल भएको छ। जितसंगै आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए ले प्रथम पुरुस्कार स्वरुप नगद हङकङ डलर ८,०००९आठ हजार०,ट्रफी,मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता संखुवासभा टीमले पनि नगद हङकङ डलर ५,०००९पांच हजार०,ट्रफी,मेडल र प्रमाण पत्र हात पारेका छन। प्रतियोगितामा आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जाका किरण गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने घोषितसंगै उत्कृष्ट ट्रफी र प्रमाण पत्र पाउंन सफल भएका छन ।
पुरुस्कार वितरण समारोहमा गुरुङ ९तमु० समाज संखुवासभा हङकङका पदाधिकारीहरुद्वारा विजयी तथा उपबिजेता टीम र खेलाडीहरुलाई पुरुस्कार बितरण गरिएको थियो भने रेफ्रीहरुमा याम गुरुङ र बिकास गुरुङ रहेका थिए ।
अन्तमा, तमु समाज संखुवासभा हङ्कङका अध्यक्ष सुरेश गुरुङले समाजद्वारा आयोजित प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगितालाई पूर्ण रुपमा सफल पारि दिनु भएकोमा उपस्थित सम्पूर्ण खेलाडी मित्रहरु, खेलप्रेमी तथा महानुभावहरुलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।