बिजय मिरिङचिङमगर, कतार
नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१४ मे ३० तारिकका दिन दिपक घर्तीमगरको सभापतित्व तथा राम कु. मगरको सञ्चालनमा केन्द्रिय समितीका अध्यक्ष शरण थापामगरको प्रमुख आतिथ्यमा, कतारबासी मगरहरुको राजा केशव रानामगरको बिशेष आतिथ्यमा साहनिया एरियाको बिशेष भेला सम्पन्न भएको छ ।
कार्यक्रममा अतिथीहरु्मा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगर, द्धितीय उपाध्यक्ष शेर ब. रोकामगर, सचिव विजय मिरिङचिङमगर हुनुहुन्थ्यो । उक्त भेलाले दिल कु. मगरको(धनकुटा) अध्यक्ष, उपाध्यक्षमा हिरा ब. मगर (पाल्पा), सचिवमा राम कु. मगर(सिन्धुली), सहसचिवमा कुल ब. लुंगेलीमगर(खोटाङ), कोषाध्यक्षमा अर्जुन रानामगर (दाङ), सदस्यहरुमा दर्शन रानामगर(पाल्पा), हेम रिखाममगर (उदयपुर) रहेको नेपाल प्रवासी मगर संघ, साहनिया एरिया समिति दोहा कतार गठन गरेको छ ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेला कार्यक्रममा हिरा ब. मगरले स्वागत मन्तब्यद्धारा उपस्थितीमा स्वागत गरेपछी अतिथीहरुले मन्तब्य राखेका थिए भने मन्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमा चर्चा गर्दै साहनिया एरिया समिति शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिएका थिए । कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी शरण थापामगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । अन्तमा सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए ।