हंगकंगमा कान्छेा संस्था प्रवासी नेपाली मञ्च

Read Time:1 Minute, 18 Second

२५ मे हंगकग, एमाले निकट मानिने प्रवासी नेपाली मञ्च हंगकंगको नमो बुद्ध आमा क्लबमा घोषणा सभा सम्पन्न भएको छ । एकै पटक २१ औ मदन आश्रित स्मृति दिवस तथा सातौ गणतन्त्र दिवस गरी तिन वटा कार्यक्रम मञ्चले गरेको थियाे ।
२१ औ मदन आश्रित स्मृति दिवस सम्पन्न भइरहदासम्म उक्त घटना दुर्घटना थियो या सुनियोजित थियो अहिलेसम्म नत एमालेले नै नत नेपाल सरकारले यकिन गर्न सकेको छैन । अहिले पनि ऐमाले सरकारमा छ यस घटनाको सत्य तथ्य बाहिर ल्याउन अझै सकिरहेको छैन । एकमात्र साक्षी ड्राइभर अमर लामा उसको पनि हत्या भैसकेको छ ।
भक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिब पदम चेम्जोङले सञ्चालन गरेका थिए । अतिथिहरुमा महासंघका अध्यक्ष प्रदीप थापा मगर, एन आर एन हंगकंगका अध्यक्ष दुर्गा गुरुङ लगाएत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %