मगर जातिमा प्रचलित ‘घाटु नाच’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 48 Second

काठमाडौ,

मगर जातिमा प्रचलित ‘घाटु नाच’ बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा जेठ १० गते शनिबार काठमाडौमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सभासद नरबहादुर थापाले गरेका थिए । प्रमुख अतिथि थापाले मगर जातिमा रहेको संस्कृति लोप हुने खतरा बढेर गएकोले यसको संरक्षण र संबद्र्धन गर्नुपर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापा मगरले प्रतिष्ठानको साहित्य, सङ्गीत र संस्कृतिको क्षेत्रहरुमा काम गर्ने उद्धेश्य भएकोले यी विविध क्षेत्रमा काम गरिरहने बताए । उक्त कार्यक्रममा मगर अध्ययन केन्द्र द्वारा प्रकाशित तथा मीन श्रीस द्वारा सम्पादित घाटु बिशेषाङ्क शोधमाला विमोचन गरिएको थियो । उक्त उद्घाटन कार्यक्रम रितु थापा मगरले सञ्चालन गरेका थिए भने स्वागत महासचिव गौ बहादुर आलेले गरेका थिए ।

त्यसपछि शुरु भएको अन्तरक्रिया कार्यक्रममा घाटु अनुसन्धानकर्ता पदम बहादुर श्रीस मगर तथा लोक बाजा संग्राहालयका अध्यक्ष राम प्रसाद कंडेलले कार्यपत्र प्रश्तुत गरेका थिए भने उक्त कार्यपत्रमा साहित्यकार तथा घाटुविद नरु थापाले टिप्पणी गरेका थिए । उक्त अन्तरक्रियामा घाटु नाचको नामाकरण, उत्पत्ति र प्रकार देखि महाभारत र रामायण संग घाटु नाचको सम्बन्ध, यसमा निहित दैवीय तथा सम्मोहन शक्ति आदि बारेमा चर्चापरिचर्चा गरिएको थियो ।

 

बरिष्ठ साहित्यकार चेतन कार्किले अध्यक्षता गरेको उक्त अन्तरक्रिया कार्यक्रम चन्द्र बहादुर श्रीसले सञ्चालन गरेका थिए भने संस्कृतिबिद, प्राध्यापक, घाटु विषयका अनुसन्धानकर्ता र मास्टर्स तथा विद्याबारिधि शोधार्थीहरु, सामाजिक अगुवाहरु, सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदस्थ अधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

चन्द्रबहादुर श्रीस मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %