भिम बरही मगर , हंगकंग , २५ मे– तमु ट्हो ह्युल हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा घाटुको साथमा विबिध सास्कृतिक कार्यक्रम गरी बैशाख पुर्णिमा मनाएको छ ।
शुभकामना मन्तब्य दिने क्रममा एन आर एन हंगकंगका अध्यक्ष दुर्गा गुरुङले हंगकंग र युकेमा तमुहरुको संख्या अन्य जातिको भन्दा धेरै भए पनि कार्यक्रम सोचे जस्तो नभएको भन्दै तमुहरुको उपस्थिति प्रति इन्कित गरेका थिए । तमुहरु संस्थागत रुपमा एक भएको देखिए पनि ब्यक्तिगत रुपमा पनि एक हुनु पर्ने आवश्यकता रहेको उनले बताए । आदिवासी जनजाति महासंघका अध्यक्ष मैन बहादुर थापा मगरले जातिगत रुपमा आदिवासी जनजातिहरु सवै एक भैसकेकाले अब हाम्रो मुल मुद्धामा एक भएर जानु पर्ने बताए ।
आदिवासीको पहिचान भनेको मौलिक पोशाक पनि भएकोले कार्यक्रममा आउदा सवैले पोशाक लगाएर आउनको लागि थापाले सुझाए । तमुहरुको बिभिन्न चाड पर्व मध्ये बैशाख पुर्णिमा पनि एक भएकोले कार्यक्रम आयोजना गरीएको अध्यक्ष सुरेश कुमार गुरुङले सम्बोधनको क्रममा बताएका थिए । तमुहरु फुटेका छैनौ जटिरहेका छौ भन्दै तमु प्लेह ह्युलले आयोजना गरेको बुद्ध जयन्ती कार्यक्रम धार्मिक भएकोले त्यसको आफ्नै महत्व भएको उनले बताए ।
हंगकंगमा तमुहरुले बुद्ध जयन्ती एकै भएर मनाउने भनी कार्यगत एकताको लागि पहल भने नभएको होइन तर पनि यसो हुन सकेन । तमु ट्यो ह्युलले बैशाख पुर्णिमा भने पनि र तमु प्लेह ह्युलले बुद्ध जयन्ती भने पनि सारमा मनाउन खोजिएको कार्यक्रमको लक्ष्य एउटै हो । संस्थागत नभए पनि कार्यगत एकतासम्म किन हुन सकेन त ? यसको लागि तमुहरुले सोच्नु पर्ने बेला आएको छ । अध्यक्ष सुरेश कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । बिशेष अतिथि तथा अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरु साथै संघका सल्लाहकारहरु रहेका थिए । सचिब सशी कुमार गुरुङको सञ्चालनमा उपाध्यक्षले स्वागत मन्तब्य दिएका थिए । साना नानीहरुले घाटु नृत्य प्रस्तुत गरेका थिए ।