बम सुर्यबँशी मगर
लण्डन, १७ मे २०१४, मगर संघ यु के ले नेपालका प्रथम शहिद लखन थापामगरको योगदानलाई जिवित राख्न उनको स्मृतिमा फान्ब्रो फूटबल कल्बमा आठौ नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृति फुटबल प्रतियोगिता सम्पन्न गर्यो । शहिद कुनै जाति बिशेषको नभएर सिंगो नेपालको शहिद भएको हुँदा सबै नेपाली, गोर्खालीलाई समावेशगरि बेलायतभरिका २८ टिमहरुले सहभागिता जनाएको प्रतियोगितामा मेनको १६ टिम, भेटेरानको ४ टिम, १६ बर्ष भन्दा मुनिको ६ टिम र १२ बर्ष भन्दा मुनिका २ टिम थियो । मेनको टिमहरु सबैलाई पाखा लगाउदै बेजिंगस्टोक नेपाली कमिटि र मंगोलियन भान्जाहरुको बिचमा फाइनल भयो । मंगोलियन भान्जाहरुलाई पराजित गर्दै बेजिंगस्टोक नेपाली कमिटिले विजयताको कप सहित घ्१२०० नगद पुरुस्कार साथमा ट्रफी लैजान सफल भयो । त्यस्तै गरि भेटेरानमा इनटेक १९९२ र स्विनडन मगर संघ युके पुग्नु सफल भयो जसमा इनटेक १९९२ लाई पराजित गरेर मगर संघ यु के स्विनडन शाखाका अधक्ष्य मोहन बहादुर थापा मगर मेनेजर रहेका स्विनडन मगर शाखाले पहिलो उपाधि आफनो कब्जामा पार्यो । अन्डर १६ मा अल्डरसर्ट मगर दोस्रो भयो भने फोक्सटन नेपालिज कोमिटीले पहिलो उपाधि पाउन सफल भयो । त्यस्तै गरि १२ वर्ष भन्दा मुनिकोमा मगर संघ यु के केन्ट शाखाले र्रिदिंग नेपाली समाजलाई पराजित गरेर पहिलो उपाधि आफनो कब्जामा पारेको छ ।
मगर संघ यु के का खेलकुद सचिव बिष्णु घर्तीमगरको संयोजकमा सम्पन्न भएको यो प्रतियोगितामा एडमिन उपाध्यक्ष दलमान पुन मगरले गरेका थिए भने सेक्युरिटी र युवावर्गलाई उपाध्यक्ष नेम थापामगरले सम्हालेका थिए । यस अवसरमा मगर युवाहरुले महत्वपुर्ण भूमिका निभाएका थिए । स्मरण रहोस उक्त कपहरुको डोनर्सहरु (वेतेरन कप) मगर संघ यु के लण्डन शाखा, मेन कप क्याप्टेन उमेश पुन मगर, अन्डर १६ कप मेजर के के आले मगर र आले परिवार, अन्डर १२ कप क्याप्टेन दुर्गा रामजाली मगर थिए ।
६ वटा मैदानमा फुटबल खेलाईएको थियो जसका प्रबन्धक शाखाका अधक्षहरु क्याप्टेन पदम आले मगर, क्याप्टेन ताम ढेगा मगर, तेज पुन मगर, पहलसिङ्ग थापा मगर, मोहन बहादुर थापा मगर उपाधक्ष्य देब थापा मगर र शाखा सचिवले गरेका थिए । सम्पूर्ण खेलको ब्यवस्थापन सल्लाहकारहरु योग फगामी मगर, रमेश रानामगरले गरेका थिए । एडमिनको लागि एडमिन सचिव शोभा राना मगर र एडमिन सह सचिव हिमा लक्ष्मी थापा मगरले खानाको लागि सबै बन्दोवस्त गर्नु भएको थियो भने लोकल शाखा मगर संघ यु के यु एच एस बि शाखाका महिला कमिटीले ठुलो सहयोग गरेका थिए । हिसाब किताबको लागि कोषाधक्ष्य तेज रामजाली मगर र सह(कोषाधक्ष्य नेत्र आले मगर थिए भने कन्ट्रोल टेन्टमा महासचिव बम सूर्यवंशी मगर, सचिव विजय हितान मगरले महत्वपुर्ण भूमिका निभाएका थिए ।
पुरस्कार वितरण समारोहमा मगर संघ यु के का संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु उपाध्यक्षज्यूहरुले बिजयी खेलाडीहरुलाई ट्रफी साथै नगद पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरणको अवसरमा बुद्ध जयन्तिको समारोहका प्रमुख अतिथि नेपालबाट आउनु भएका धर्म गुरू भिक्षु मगर मेधंकरको पनि उपस्थिति रहेको थियो ।