लन्डनमा २५५८औ बुद्ध पुर्णिमा भव्यताका साथ सु-सम्पन्न

Read Time:16 Minute, 49 Second
१४ मे २०१४ ,लन्डन
बैशाख पुर्णिमा महान त्रिसंयोग अर्थात बैशाख पुर्णिमा कै दिन भगवान सिदार्थ गौतमको जन्म ,त्यही दिन उनले सम्बोधी ज्ञान प्राप्त गरेको दिन ”बुद्धत्वो प्राप्त ” र यसै दिन उनले यस् धर्तिबाट बिदा लिएको दिन अर्थात महापरिनिर्वाण  प्राप्त गरेको दिनलाई पवित्र दिनको रुपमा संसार भर बिबिध पूजा आजा धम्मा देशनाका साथ धुम धाम मनाइदै गर्दा लन्डनमा पनि मगर संघ यु केको आयोजनामा प्रमुख अतिथी भिक्षु मगर ”मेधन्कर ”बाट पूजा आजाका साथ धम्मा देशना गरी मनाइयो ।
कार्यक्रमको सुरुवात प्रमुख अतिथी ,बिशेष अतिथी सबैलाई आशन ग्रहण गराए पस्चात मगर सँग यु केका अध्यक्ष दुत पुनको स्वागत भाषण सँगै भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी भिक्षु मगर (मेधन्कर )बाट  भगवान बुद्धको पूजा अर्चना गरी सके पछी श्रदालु भक्तजन हरुले पूजा अर्चना गरेका थिए सँगसँगै बुद्धको अस्तु (बुद्धको शरीरको बोनको सानो तुक्रा ) पनि भक्तजनहरुले  दर्शन गर्ने मौका पाएका थिए , उक्त अस्तु दर्शन गर्न पाउनेले पुन्य कमाउने भगवान  बुद्धले बताएको जनाए । भिक्षु मगरले आफ्नो परिचय दिने क्रममा  आफु भिक्षु बन्नुको कारण प्रस्ताउदै भने जब उनी मगर संघ मार्फत मगर बुद्ध संघ नेपालको उपादक्ष्य  पदमा चयन भएपश्चात  उनलाई लाग्यो बुद्ध सम्बन्धी ज्ञान केही नभएको केवल  नेपालमा बुद्ध जन्मेको नाताले हामीले बुद्ध धर्म अङाल्नु पर्दछ भन्ने धारणा रहेको अरु बुद्ध सम्बन्धी कुनै ज्ञान नहुँदा अरुलाई केही  दिन नसकिने थम्माई सके पछी यदी आफु समाज परिवर्तन गर्ने लक्ष्य लिई अगाडि बध्ने हो भने आफुबाटै सुरुवात गर्नु पर्दछ भन्ने चिन्तनले पिरलेको कारण उनी  उपाद्क्ष्य भएको १५ दिनमै गृहस्थी जीवन त्यागी बुद्ध धर्म अध्ययनको लागि निस्कनु भएको जानकारी दिए र अहिले थाइल्यान्ड्मा अध्ययन, अध्यापनका साथ  बिभिन्न देशहरुमा बुद्ध ज्ञान सम्बन्धी धम्मा देशना दिदै आएको जनाए ।
उनले प्रवचनको शिल शिलामा भगवान बुद्धको सम्छिप्त  जीवनी देखी बुद्धको धार्मिक कथा आदी प्रस्तुत गरे ,उनले मानिसले पञ्च शिल धारण गरे पुन्य प्राप्त गर्ने जनाए शरीर नुहाएर,पखालेर सुद्ध होइदैन पञ्चशिलको माध्यमद्वारा मनलाई सुद्दीकरण गरे मात्र वास्तविक धर्म कमाउने वा शान्ती  पाउने बताए, प्राणी मध्य मानिस विवेकशिल सर्वोच्च प्राणिमा गनिन्छ , मानिसले खान बस्न पढ्न अनी सुबिधा युक्त जीवन बाच्ने भएर मात्र विवेकशिल भनिएको होइन मानिसले शिल सदाचारको जीवन बाचेर ध्यान समाधिको अभ्यासबाट आफ्नो प्रज्ञा बिकास गर्दै जन्म-मरनयुक्त जीवनलाई दु:खमय जीवनलाई अन्त गर्न मानिसले  मात्रै सक्ने भएकोले मानिसलाई विवेकसिल एवम सर्बोच्च प्राणी भनिएको हो । यी  काम मानिसले बाहेक अरुले गर्न सक्दैन त्यसैले मानिसको जीवन महान मानिएको हो । यि तीन कुरा शिल, समाधी र प्रज्ञाको पालना नभएमा मानिसको जीवन कदापी पशुभन्दा उच्च हुन नसक्ने बताए । 
उनले धर्म भनेको एउटा प्राकृतिक स्वोभाव हो हामीले बुझे जस्तो बुद्ध ,हिन्दू ,क्रिस्तियन ,मुस्लिम आदी इत्यादी धर्म नभई एउटा सन्स्कार भएको बताए ,प्राकृतिक नियम ,स्वोभाव नै धर्म रहेको बताउदै आगोको धर्म जलाउनु ,खरानी बनाउनु हो यसले मानिस ,जनावोर ,निर्जिव सजिव वस्तु केही भन्दैन न त नेपाली ,अमेरिकन ,गोरा काला नै भन्छ बस सबैलाई पोल्दछ आफ्नो धर्म निभाउ छ । बुद्ध भनेको ज्ञान हो ,अज्ञानताले मानिस लाई लोभ ,लालच ,क्रोध रिश, राग ,मोह  आदी उत्पन्न बनाउदछ यसलाई त्याग्न सके हामी आँफै भगवान बन्न सक्दछौ ,भगवान बुद्धले भगवान खोज्न कतै जानु पर्दैन तिमी आँफै भगवान बन्न सक्छौ भनेका थिए ।सन्सारमा  दु:ख छ बिभिन्न प्राणीहरुले आ -आफ्नो कर्म अनुसार दु:ख भोगी रहेका हुन्छन ,दुक्खको कारण तृप्णा रहेको बताउदै यस्लाई वस्मा पार्न सके दु:ख नहुने बताए ,लोभ लालच दु:ख कस्ट बढाउने जन्मनु ,बुढो हुनु ,रोगी हुनु ,मर्नु दु:ख हो ।  प्रिय लाग्ने वस्तु प्राप्त नहुनु नपाउनु दु:ख हो वा आफुले इच्चा गरेको चिज प्राप्त नहुनु दु:ख हो मानिसले भोग्ने शाररिक ,मानसिक दु:खको मुल कारण तृप्‍णा हो भनेर बुद्धले भनेको बताए । धेरै धन सम्पत्तिको आसक्ती हुनु ,फेरी फेरी जन्म लिनु पाउ भनेर आसक्ती देखाउनु ,यही जन्ममा सबै सुख भोग गर्नु पर्दछ भन्दै के सही के गलत छुट्टाउने नसक्ने भई पाप कर्म गर्नु आदी सबै तृप्‍णाको कारण भएको बताए यसले गरिवी ,हिन्सा ,हत्या ,अत्याचार जस्ता जन्मने बताउदै यस्बाट मुक्त हुन सन्देश दिए । सबैले आ -आफ्नो कर्म अनुसार नै फल प्राप्ती हुने भएकोले कुनै देवी देवताको भाकल गरेर ,निर्दोष प्राणिको  हत्या गरेर पुन्य नकमाइने आफुले राम्रो गरे राम्रै फल पाउने नराम्रो गरे नराम्रै फल पाइने हुँदा कसैको पनि कु भलो नचिताउने सुद्द मन हुनु पर्ने बताए ,मेहनत र परिश्रम  गरे फल पाउने कुनै मुर्ती वा ढुङ्गालाई पुज्दैमा आफुले चिताएको कुरा नपाईएन बताउदै यो संसारमा हरेक मानिस जन्मे पछी एक दिन अवस्य मर्नु पर्दछ भन्ने ज्ञान मनमा राखे अरुलाई मार्न वा हानी हुने काम गर्दैन जब आफु एक दिन मर्छु भन्ने कुरा बिर्सन्छ उसले पाप कर्म गर्दछ भन्दै यो संसारमा हामी पाहुना भएकोले मर्नु भन्दा अगाडि सबैले पुन्य कर्म गर्नु पर्ने बताए ।
उनले धर्म देशनाको साथ केही भक्त जनहरुले राखेको मगरहरु माझ धर्म,सन्स्कार सम्बन्धी अन्योलताबारे आएको  जिज्ञासाको पनि उत्तर दिएका थिए । उनले मगरहरुमा व्याप्त रहेको विक्रिती  प्रती पनि सचेत हुन आग्रह गर्दै भने मगरहरु पछाडि पर्नुको बिबिध कारण मध्य एउटा सही सस्कार पनि नभएको उधाहरण दिदै मगरहरुलाई मगर जातैले रक्सी जाड खान जन्मेको जस्तो उरन्ठेउला कुरा गर्दै रक्सी र जाड्ले शाररिक ,मानसिक ,आर्थिक रुपले नै नस्त पार्ने हुँदा यो थाहा हुँदा हुँदै पनि मगरहरु रक्सी खाँदै बसिरहेकोमा यो त्याग्नु पर्ने बताए अरुले दुध दही खाने जात भन्दै  प्रगती गरी रहदा मगरहरु रक्सी खाए पछी ४ प्रकारको जनावरको रुप धारण गर्ने व्यङ गरे । असल  मुस्लिमले आफ्नो बच्चालाई दिनमा ३ ,४ पटक नमाज पढाउछ , त्यहा भएको असल कुराहरुको  बोध गराउछ , क्रिस्तियनले बाइबल पढाउछन, ब्राहमानले  आफ्नो छोरा छोरीलाई बिभिन्न धार्मिक ग्रन्थहरु पाठ गराउछन तर मगरले के सिकाउछन ? बिहान उठ्ने बित्तिकै रक्सीको बोतल समाउन पठाउछन बेलुकी पनि रक्सीको बोतल यता र उता दुलाउन लगाउछन अनी मेरो धर्म यो त्यो भन्छन तर आफ्नो घरको अबोध बाल बालिकाले कस्तो धर्म ,शिक्षा लियो र समाजलाई के दियो बेखबर छन । 
मगर र बुद्ध धर्म सम्बन्धी अध्ययन गरिरहेका उनले  मगरहरु हालमा धर्मको सवालमा  व्यापक अन्योलता रहेको बताउदै उनले छोट्करिमा केही तथ्य पेश गरे ,अहिले मगरहरु कोही बुद्ध धर्म हो भन्ने छन भने कोही हिन्दू हौ भन्ने छन भने कोही प्रक्रिती पूजक हौ भन्ने छन यो मत भिन्नताबारे उनले मगर हिन्दू नभएको कारण खोतल्दै बताए ” प्रथम मगर हिन्दू वर्नाश्रम भित्र पर्दैन जस्तो कि पानी चल्ने र नचल्ने भन्ने हुँदैन मगरमा ,कुनै मगरले अर्की जातकी कन्या बिहे गर्‍यो भने उसको जात खस्दैन चाहे उसले गुरुङ ,राइ लिम्बु ,बाहुन जुन सुकै बिहे गरोस उसको जात खस्दैन तर कुनै बाहुनले बिजाती कन्या बिहे गरे उसको जात खस्छ , हिन्दू वर्नाश्रम अनुसार ।
 
दोश्रो हजारौ ,सयौ बर्षको ईतिहासमा अहिले सम्म एक जना मगरले वेद पढेको वा पन्डित बनेको रेकर्ड छैन यदी मगर हिन्दू हो भने उसले वेद ,पुराण पढेको पन्डित हुनु पर्दछ ।
 
तेश्रो यदी मगर हिन्दू हो भने तिमी हिन्दू हौ वेद पढ ,पन्डित बन भनेर ब्राह्मान पन्डितले भनेको कतै लिखित ,अलिखित ईतिहास छैन बरु मगरले पढ्नु हुँदैन मगरले पढ्ने होइन हलो जोतेर ,भारी बोकेर खानु पर्दछ भन्ने गरेको प्रसस्त बुढा पाकाहरु अझै भेटिन्छन् ,
 
चौथो यदी मगर हिन्दू हो भने कही कतै कुनै पनि मगरले हिन्दू मन्दिर बनाएको तथ्य फेला पारीएको छैन ,कुनै पनि मगरको घना बसो बास भएको ठाउमा हिन्दू मन्दिर बनाएको अस्तित्व छैन । मगरहरु हिन्दू होइनन हिन्दूक्रित गरिएको बताए ,गोर्खाका अन्तिम मगर राजा, मानसिङ् खड्का मगरको हत्या पछी नै मगरहरुलाई जबर्जस्ती हिन्दू क्रित गरिएको बताए । यदी मगर हिन्दू हुदो हो त मगरको सन्स्क्रिती कसरी बाहुनको भन्दा फरक भयो ? मगरले नाच्ने कौडामा बाहुनहरुले पनि कौडा नाच नचाउनु पर्ने ? 
मगर यस् कारणले बुद्धिस्ट हुन भन्ने मतमा उनको मत यस्तो रहेको थियो :-
ईतिहास अनुसार भगवान  बुद्धको जन्म कोलियन (मगर ) राजाको छोरी मायादेवीको कोखबाट भएको थियो ।स्वयं बुद्धले मगर कन्या विवाह गरेका थिए उनको शाख्कै मामाकी छोरी ,मामाको छोरी हकै लाग्ने गरी बिहे मगरहरुले गरेकै छन , उनको विवाह यशोधरासित भएको थियो । मगर जातिको कन्या वा चेलीबेटीको नाउ“को पछाडि आउने उपसर्ग ‘धरा, तरा, सरा’ यस अर्थमा विचारणीय छन ,बुद्धले गृहत्याग गरी आफ्नो कपाल (चूडा) आफैं काटी फाल्दा त्यस बखतका मानिसहरूले कपाल पूजा अर्थात् चूडा पूजा गर्ने प्रचलन सुरू गरेको पाईन्छ  । वैशाख पूर्णिमाका दिन मगरहरूले आजसम्म गर्दै आएका चण्डी पूजा त्यही चूडा पूजाको परिवर्तित रूप हो, जसमा कपालको रंगलाई बुझाउने कालो कपडा पनि चढाइएको हुन्छ।भगवान बुद्धको महापरिनिर्वाण सुङुरको मासु खाएर भएको थियो ,मगरहरुले आज सम्म पनि कुल पूजामा सुङुरले पूजा गर्दछन ।  बिस्वोकै पहिलो विस्वो विधालय नालन्डा विस्वोविधालय पनि मगर भाषामै छ जसको अर्थ कमलको फुल भन्ने हो । यती मात्र होइन ७तौ सताब्दिमा ३००० हजार मगर भिक्षुहरुको हत्या गरिएको ईतिहास छ भने  नेपाल सम्वत् ११९ अर्थात् विक्रम सम्वत् १०५६ मा गुल्मीका सुवर्णकार राना मगरले र नेपाल सम्वत् १८९ अर्थात् विक्रम सम्वत् ११२५ मा लम्जुङ्गका गंगा राना मगरले बौद्ध साहित्यको अत्यन्त महत्वपूर्ण ग्रन्थ ‘अष्ठसहस्रिका प्रज्ञापारमिता’ संस्कृत भाषामा लेखेका छन यदी त्यसताका मगरहरू बौद्ध धर्मावलम्बी नभएका भए आफैंले त्यस्तो महान ग्रन्थको रचना किन गर्थे ?बुद्ध धर्मले काल्पनिक शक्तिमा विश्वास राख्दैन ,स्वयम यसु क्राइस्त पनि भिक्षु बनेका थिए ।त्यसकारण मगर न हिन्दू हुन न त क्रिस्त्यन नै  ,
प्रक्रिती पूजक धर्म हो भन्ने हरुले के हेक्का राख्नु पर्दछ भने प्राकृतिक नियम माथि खुशी भएर अन्न बाली फलेको उत्तसवमा गुणगान गाउँनु कुनै धर्म होइन ,पानी परेन ,वाली नाली सप्रेन भनेर भाले ,बोका काटेर बली चढाएर गरिने कृयाकलाप कुनै धर्म होइन , यदी  प्रक्रिती पुज्नु  धर्म हो भने त्यसको दर्शन हुनु पर्दछ । कसैले प्रक्रिती पूजक धर्मको दर्शन दिन सक्छ ?यी यस्ता कारणहरुले मगरहरु बुद्धिस्ट हुनाको कारण सम्छिप्तमा प्रस्ताए यदी कसैले यस् बारे थप तथ्य सहित प्रकाश पार्न चाहे बहसको गर्न सकिने जानकारी  गराए ।
कार्यक्रमको अन्त्यमा  बुद्ध मुर्तिको लागि दान दिने चन्दादाताहरुलाई सम्मान गरी  गरिएको थियो भने भिक्षुबाट भक्तजनहरुले आषिक  थापेका थिए ।   
कार्यक्रम सन्चालन मगर संघ यु केका  महासचिव वम सुर्यवम्सी  र कर्मकान्ड सचिव कृष्ण दर्लामीलगायतका उपासक उपासिकाहरुबाट भएको थियो ।
आज भन्दा २६३८ बर्ष अघी नेपालको लुम्बिनिमा जन्मेका बुद्ध  संसारिक भौतिक सुख सयल त्यागी वास्तविक ज्ञानको खोजिमा निस्की आज भन्दा २६०३ दिन उन्ले बोधगयामा बुद्धत्वो प्राप्त गरी संसारलाई दु:खबाट मुक्त हुने धम्मा  देशना सुनाउदै ८० बर्षको उमेरमा आजभन्दा २५५८ बर्ष अघी कुसिनगरमा  महापरिनिरबाण प्राप्त गरेका थिए ।

डा चजिन्द्र राना मगर ,लन्डन
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %