नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरलाइ सम्मान

Read Time:1 Minute, 51 Second

दिपा आलेमगर

 बाग्लुङ्ग, जेठ ४ – बाग्लुङ्ग मगर समाज काठमाडौंले एक कार्यक्रम बिच नव निर्वाचित नेपाल पत्रकार महासंघका महासचिव उजीर मगर एवं समाज सेवी मित्र श्रीस मगरलाई  प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गरेको छ । 

 

नेपाल पत्रकार महासंघ जस्तो गरिमामय पदमा पुग्न सफल भएको भन्दै बाग्लुङ्ग मगर समाजले सम्मान गरेको हो । सम्मानीत विशेष अतिथि महासंघका महासचिव उजिर मगरले  पत्रकारिता क्षेत्रमा मगर जाती लगायत आम श्रमजिवि पत्रकार ब्यवसायी पत्रकारको हकहितकोलागि आफू निरन्तर लागी पर्ने बताए । वर्षौदेखि पछाडि परेका आदिबासी जनजातिहरुको आवाजलाई राज्यको मूल प्रभावमा ल्याउन आफूले सक्ने पहल गर्ने पनि बताए ।   त्यसैगरी कार्यक्रममा सम्मानीत अर्का समाजसेवी मित्र श्रीस मगर, नेपाल मगर संघका भूतपूर्व अध्यक्ष एवं क्याप्टेन यमबहादुर बुढाथोकीमगर, बाग्लुङ्ग मगर समाजका संस्थापक अध्यक्ष एवं भूतपूर्व प्रहरी एसपी ललित श्रीस मगर नेपाल मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगर लगायतले सम्मान तथा बधाई ज्ञानप गर्दै आ आफ्ना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष शेरबहादुर पुनमगर र कार्यक्रमको सहजिकरण राजु थापामगरले गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %