मगर साहित्यमा मगरपन

Read Time:1 Minute, 41 Second

मगर साहित्य र चलचित्रमा मगर मिथक, लोककथा, जिवन दर्शन, संस्कृति चालचलन आदि मार्फत कसरी मगर पन झल्काउन सकिन्छ भन्ने उदेश्यले नेपाली सन्दर्भमा आदिवासी जनजाति साहित्यको प्रारुप विषयमा डा. लाल श्याँकारेलु रापचा (भाषा विज्ञान) द्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

डा. सिमन गौतमले तुलानात्मक नेपाली साहित्यवारे खोज अनुसन्धान सहित जानकारी गराइएको थियो । पत्रकार तथा चर्चित कवि फुलमान बलले नेपाली साहित्यमा जातीय विम्बको प्रयोगको महत्ववारे बोल्दै चर्चित कविता बैलाहा वाचन गरेका थिए । स्वतन्त्र प्राज्ञिक तथा सियन्स पो इनाल्को युनिभर्सिटी पेरीस, फ्रान्सका प्रोफेसर शोभा चन्दले टिप्पणी सहित सहजकर्ता निर्वाह गरेका थिए ।

जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आयोजित मगर लेखक, चलचित्रकर्मीहरुको उपस्थितिमा महावीर पुन सेन्टर, ठमेल काठमाडौंमा सम्पन्न कार्यक्रमको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आर्थिक अनुदान गरेको थियो । यहि कार्यक्रम जेठ ३ गते पोखरा र असार ७ गते बुटवलमा पनि गरिने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %