ब्राह्मण् र जनजातिलाई महको अर्ती

Read Time:9 Minute, 18 Second

बिजय हितान 

 

बेलायत , मह । अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्य । नेपाली हास्यब्यांग कला छेत्रका चहकिला तारा । सामाजिक कुरुती, राजनैतिक घटना, सरकारको कमजोर पक्षहरुलाई उदांग पार्दै जनचेतनाको उज्यालो प्रकाश फैलाउने आकाशका तारा । हालै बेलायतमा गरिएको मह यात्राको नाटक ‘शब्दाछ्छडि’मा ब्रामण र जनजाती बिचको राजनैतिक मुद्दालाई उठाइएको छ र अर्को नाटक ‘म डन फोटो स्टुडियो’मा नेताहरुद्वारा माफिया ग्याङलाइ आश्र्य दिइने संस्कारको पर्दाफास गरिएको छ । तर यसलाई बेल्पाली दर्सकहरुले आ-आफ्नै तरिकाले बिस्लेशण गरिएको पाईन्छ ।

‘ शब्दछ्छडी’ मा मदनक्रिष्ण ‘बाहुनबहादुर’ र हरिबंश ‘नेवारबहादुर’ को नामले दर्सकसामु मन्चमा झुल्किए । पहिरनमा पनि एउटा पन्डित बाहुन र अर्को काठमान्डुको ज्यापु जस्तै देखिन्थे । महको बेतोड प्रस्तुतिबाट मक्ख पर्दै साधारण दर्सकहरु मरी-मरी, पेट मिची-मिची हाँसे । तर नेपालको सम्सामयिक राजनितिका बिषयमा चासो राख्ने दर्सकहरुले भने यस नाटकलाई समिक्षात्मक ढंगले केलाए । अधिकतम जनजातिय दर्सक रहेका यस मह यात्रामा छिट्टपुट्ट अन्य जातका दर्सकले पनि महद्वयका नाटक हेरे । कतिलाई त लाएहोला- आमै किन यती बिग्न एक जातले अर्को जातलाई गाली गर्ने गरेर नाटक देखाएको होला भनेर । नाटकको पर्दामा ‘नेवारबहादुर’ र ‘बाहुनबहादुर’ एक आपसलाई खुलेरै साम्प्रदायिक शब्दहरुका बाँणहरु प्रहार गर्छन् । सार्वजनिक एउटै मंचमा एक ब्रामण र अर्को जनजाती कलाकारले एक अर्काको जातलाई तितो अलोचना गरेको यो पहिलो चोटि होला । दुई जातिय खेमाका दर्सक रहेको हलमा एक अर्काको कटु आलोचना सुनेर हाँसेको पनि यो पहिलो चोटि नै होला ।  गोरे बहादुर खपाङी र माधव नेपाललाई एउटै मन्चमा उब्ब्याएर भासण गर्न दिए जस्तो । यसैले महको यो बेलायत यात्राले कतै एक ऐतिहासिक छाप छोडेर गएको भन्नेहरु पनि पाईन्छ ।

उक्त नाटकमा हरिबंशले मनपरी भन्छन ‘बाहुनबहादुर’ लाई- काठा, बाजे, पन्डित, नाखचुच्चे, लोभि जस्ता जातिय उपनामले । त्यसैगरि मदनकृष्णले पनि के छोडदाहुन ‘नेवारबहादुर’ लाई- पाडा, थ्याप्चे, फोहरी, जँडिया, जङली इत्यादी भनेर गिज्ज्याउछन । कलाम्तक तरिकाले सम्बाद भन्नु यि दुइको बेशेसता नै हो ।  त्यसैले त यस छेत्रमा यिनको आधिपत्य छ । यस्तो सार्बजानीक पर्दसनले के दर्साउँछ भने नेपाली जनता अब यि जातिय गालीगलौचका कुराहरु सजिलै पचाउंछन् । जातिय मात्रै न भै राजनैतिक गाली पनि गरिन्छ यस नाटकमा- एकल जातको राज्य भयो…., समाबेशिको आधारमा बाडिचुँडी राज्य सन्चातिल हुनुपर्छ… इत्यादी । दलित, उत्पीडित र जनजाती दर्सकले त ताली बजाए र पेट मिची मिची हाँसे, तर अन्य जातका दर्सकहरु उस्तै भए जुत्ताको झटारो हान्नपनी तयार थिए की ?

नाटक ‘शब्दाच्छडी’ नेपालको समाबेसीय र जातिय सँघियता जस्ता राजनैतिक मुद्दामा आधारित जनता अनी नेता दुबैलाई शिक्षामुलक थियो । जातिय गाली बलौचका यती शब्दहरुको झटारो छरियो की यस नाटकमा, २०४६ को प्रजातन्त्र प्राप्तिपछी पनि यती खुलेर न त भासण गर्न न लेख्न नै सकिन्थ्यो । त्यतिबेला जनजातिका महान नेता गोरेबहादुरले पनि ब्रामणबाद र एकल जातिय सरकारको हालिमुहाली खुलेर आलोचना गर्न सक्ने थिएनन । उनलाई त्यतिबेला साम्प्रदायिको लान्छना लगाइन्थ्यो । तर मह जोडीले खुबै खुलेर नाटकको माध्यमबाट ब्रामण र जनजातिको राजनैतिक मुद्दालाई हाँसोमा उडाइदिए ।

बेल्पाली दर्सकलाई मध्यनजर र अहिलेको राजनैतिक पारीपेच्छ्यमा आधारीत यो नाटक, नेपालमा ब्रामण छेत्रीको बाहुल्य रहेको बस्तिमा मन्चन गरिन्न होला । अन्यथा महको थाप्लोमा ढुङ्गा मुडा बर्षन के बेर ! केही सजक दर्सकहरुमा कसले लेख्यो होला यो नाटक, हरीबंशले कि मदनकृष्णले, भन्ने चाँसो पनि पाइयो । यदी मदनले लेखेर हरिलाई हेर्न दिएका भए त्यसभित्रका शब्दहरुलाई पढेपछी हरीले कत्ती बिषयमा बिमत राखेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । नाटकको सुरुवात ‘नेवारबहादुर’ ले ‘बाहुनबहादुर’ लाई  यसरी भनेर गरिन्छ- ‘आफ्नै मासु खानु नि, अर्काको मासु खाएर हुन्छ?… नेवारले खाने पाडा किन बाहुनले खान सुरु गरेको?… म:म बाहुनहरुले खाने भएर भैंसिको मासुको मुल्यब्रिदी भएको ।’ नाटकको अगाडिका सम्बादमा भनिन्छ- गणतन्त्र आएको पाँच छ बर्षमा पाँच जना  बाहुनै बाहुन प्रधानमन्त्री बने.. इत्यादी ।

बाहुनले नेवारको र नेवारले बाहुनको भूमिका बडो कुसलताकासाथ निभाउन सक्नु महको बिशेष योग्यता दर्साउँछ यस नाटकले । नामको पिछाडी बहादुर जोडनाले सबै जनजातिलाई र बिशेषगरेर गोर्खा सैनिकमा आबद्द जनजातिलाई समेट्छ । नाटकको अन्त्यमा जातपातको बिषयमा झगडा नगरि सिङो नेपाली भएर बस्दा सबैलाई फाईदा हुन्छ र यो नै सबै नेपाली जनताको चाहना हो भन्ने सङ्केत पाईन्छ । तर एकलौटी जातको हातमा राज्य गएकै हो र त्यसलाई समानुपातिक समाबेशिको आधारमा राज्यको सक्ती बाँडफाँड गर्नु अती आवश्यक रहेको पनि यस नाटकको अर्को सुझाव हो ।  अन्यथा देस इराक, अफ्गानिस्थान र इथियोपियाजस्तो हुनसक्ने चेतावनी यस नाटकले दिन्छ ।

कती दर्सकहरुले यस नाटकलाइ अैलेको काङ्रेश एमाले सरकारको जातिय आधारको सँघियता ल्याउन न दिने रणनिती भएको दाबी गरेका छन । काङ्रेस एमाले गठबन्धन सरकारले महलाइ सँघियता बिरुद्दको सुचना दिन पठाएको र उनिहरुको खर्च सरकारलेनै बेहोरेको हुनसक्ने पनि कतिको आसङ्का छ । सँघियताको समर्थनमा देख्नेहरुले के भनेको पाईन्छ भने नेपालमा मन्चन गर्न नसके पनि संबिधान बन्नु अगाडि शिंहदरबारभित्र ६०१ जना सांसदलाई देखाउन जरुरी छ ।

यदी यही नाटक दूबैजना ( हरिबंश आचार्य बिहिन) जनजाती नाट्यकर्मिले गरेको भए त्यसलाई मिडियाले कसरी लिन्थे भनेर भन्ने केही संचारकर्मी पनि छन । ब्रामण दर्सकहरुले यसलाई कसरी बिस्लेशण गरेहोलान त । छेंवैमा बसेको जनजाती दर्सक मरी मरी हाँस्दा उनिहरुलाई लाग्यो होला- पैसा कमाउनको लागि आफ्नै नाम बदनाम गर्न पनि पछी हटदैनन मुलाहरु ! सच्छम ब्याबसायी त्यो नै बन्छ जसले उपभोक्ताको माग बुझेर बजारमा सामान बेच्दछ । एकमैने लामो मह यात्रामा बेल्पालीलाइ राम्ररी हाँसाए पनि, र कहिल्लै नदेखिएको भिड हरेक शो मा देख्दा पैसा पनि राम्रै कुम्लाएर गए होलान । तर हामी बेल्पाली पर्खिरहेका छौं नेपालमा यस नाटक पर्दसन भएको र त्याँहाका दर्सकको यो लेखमा लेखिएको जस्तै  टिकाटिप्पणी सुन्नलाई ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %