मगर संघ कताद्धारा राहत रकम हस्तान्तरण

Read Time:2 Minute, 51 Second

महेन्द्र थापामगर,दोहा

कतार , मे ११-नेपाल प्रवासी मगर संघ, दोहा कतारको ९ मे २०१४ का दिन संघका केन्द्रिय अध्यक्ष शरण थापामगरको अध्यक्षतामा दोहामा बसेको ११ औं नियमित बैठकमा संघका प्रमुख सल्लाहकार भिम तरामुमगरलाई राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको छ

तरामुमगर नेपाल  छुट्टीबाट आएको १० दिनमै काम गरिरहेको समयमा दुर्घटनामा परेका थिए । उनि १० दिनको हमाद हस्पिटल बसाई पछी अहिले कम्पनीमा आराम गरिरहेले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाको तर्फवाट राहत स्वरुप क.री.२२३१ (नेपाली रु.५८७८६) सहयोग रकम संस्थाको अध्यक्ष शरण थापामगरवाट हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी बैठकमा तेस्रो राष्ट्रिय मगर भेला आगामी जुलाई ४ तारिक शुक्रबार दोहाको टपफर्म रेष्टुरेन्टमा गर्नको लागी हल बुक भइसकेको  सचिव विजय मिरिङ्चीमगरले जानकारी दिएका थिए । यसै गरी प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले नेपाल प्रवासी मगर बचत कोषको पहिलो साधारण भेला आगामी २०१४ जुन २० तारिक शुक्रबार दोहाको टपफर्म रेष्टुरेन्टमा हुने जानकारी दिएका थिए । बैठकमा सम्पूर्ण केन्द्रिय समितिका सदस्यहरु, सल्लाहकारहरु, एरिया समितिका प्रतिनिधीहरु, सांस्कृतिक बिभागका कलाकारहरुको उपस्थिति रहेको थियो ।

बैठकमा नै केन्द्रिय समितिका सदस्यहरु बिभिन्न समयमा नेपाल गएकाले रिक्त रहेको केन्द्रिय सदस्यहरुमा संस्थाका आजिवन सदस्यहरु बिनोद थापामगर(लमजुङ), सोम थापामगर(तनहुं), टुकबहादुर आलेमगर(कास्की) र बलबहादुर रानामगर(तनहुं)लाई पदपुर्ति गरी उनिहरुलाई संस्थाको अध्यक्ष शरण थापामगरवाट सपथ खुवाईएको थियो ।

अन्तमा अध्यक्ष शरण थापामगरवाट उपस्थित सबै सदस्यज्यूहरु लाई उक्त बैठक केन्द्रिय समिति का महासचिव रमेश कनौजेमगरले संचालन गरेका थिए । लामो समय सम्म बसेर संस्थाका गहन बिषयहरु मथि छलफल गरि महत्वपुर्ण निर्णयहरु गरी बैठक सफल बनाएकोमा धन्यवाद दिंदै समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %