बिजय हितान बेलायत
रिडिङ ८ मे – मगर संघ यु के को चौथो कार्य समितिको पहिलो वार्षिक साधारण सभा गत शनिबार ३ मे २०१४ दिन रिडिङमा सम्पन्न भयो। संघका बर्तमान अध्यक्ष दुत पुनको सभापतित्वमा सम्पन्न सभालाई पूर्व अध्यक्ष कुलबहादुर थापाले पानसमा दिप जलाएर उदघाटन गरेका थिए ।
पहिलो चरणमा बेलायतका बिभिन्न स्थानमा छरिएर रहेका ११ वोटा इकाइ समितिका अध्यक्ष र उनका प्रतिनिधिहरुले आ-आफ्नो वार्षिक प्रतिबेदन ठुलो सङ्ख्यामा उपस्थित मगर समुदाय समछ प्रस्तुत गरेका थिए । इकाइ समितिहरुले समग्रमा मगरहरुको महान पर्ब मागे सक्रान्ती र ग्रिस्मकालिन भेटघाट गरी मुख्य दुई कार्यक्रम हरेक बर्ष गर्ने जानकारी दिंदै; केन्द्रिय समितिले सम्पन्न गर्ने कार्यक्रमहरु जस्तै- शहीद लखन थापा फुटबल कप, बुद्द जयन्ती, बुद्द नेपाली ओपन कन्सर्ट, मगर दिवस, र भवन खरिद परीयोजनामा सक्दो सहयोग र सकृय शहभागीता जनाइरहने प्रतिबद्दता जाहेर गरेका थिए। मगर संघ यु के एउटा ठुलो र अतिनै सकृय जातिय संगठन भएता पनि कहिलेकाँही थुप्रै कार्यक्रमहरु ल्याउँदा एकातिर शहभागीता फितलो हुने र अर्कोतिर सिमित साधनले थेग्न नसकी असफल भैने केही इकाइ समितिका प्रतिनिधिहरुले औंल्याएका थिए । इकाइ समितिहरुबाट अद्धछ्य तथा प्रतिनिधिहरु एम बि पुन लन्डन, पहलसिङ थापा रिडिङ, कृष्णराज राना वेम्ब्ले, पदमलाल आले केन्ट, देव थापा प्लम्स्टिड, ताम ढेंगा रशमोर, तेज पुन वेष्ट-लन्डन थिए ।
दोस्रो चरणको कार्यक्रममा केद्रिय कार्यसमितिका बिभिन्न उत्तरदायित्व बहन गरेका सदयहरुले आफ्नो मातहतमा बर्षभरी गरिएका कार्यक्रम प्रस्तुत गरेका थिए। उपाध्यक्ष हीमाली रानाले मगर महिला सम्बन्धी कृयाकलापहरु, उपाध्यक्ष नेम थापाले बिदेस बिभाग तथा युवा समिती, सचिव बिजय हितानले मिडिया र मुखपत्र- कानुङ लाङ्हा , साँस्कृतिक सचिव अनिता रानाले आउँदो बुद्द नेपाली ओपन कन्सर्ट र बिभिन्न साँस्कृतिक गतिबिधी सम्बन्धी प्रतिबेदन पेश गरेका थिए। संघका कोशाधछ्य र कर्मकान्ड सचिवको अनुपस्थितिमा महासचिव बम सुर्यबन्सिले संघको हिसाबकिताब र कर्मकान्ड प्रतिबेदन पेस गर्नु भएको थियो । कोशाधछ्य तेज रामजाली अस्वास्थ्यको कारणले अनुपस्थिती भएकोमा सबैले वाँहाको सिघ्र स्वास्थ्यलाभको कामना प्रकट गरेका थिए । कर्मकान्ड सचिव कृष्ण दर्लामीसहितको एक समुह भने १४ मे मा मनाइने बुद्द जयन्तिका लागि नेपालबाट पाल्नु भएका मगर भिछु नारायण बहादुर आले सँग ‘समथा ध्यान सिबिर’ को लागि डेभनतिर लागेका थिए ।
कार्यक्रमको अन्तिमतिरको प्रस्तुती अध्यक्ष दुत पुनको थियो। अध्यक्षको प्रतिबेदनमा बर्तमान कार्यसमितिको मुख्य उद्देस्य- बिगतका कार्यसमितिले गर्दै आएको कृयाकलापलाई निरन्तरता, भवन खरिदको पारीयोजनालाई सफल, र नेपालमा स्थापित बिभिन्न मगर प्रतिस्ठानलाई आर्थिक सहयोग पुर्याउने- लाई जोड दिइएको थियो। यसै बर्षको बिचतिर भवन खरिद भैसक्ने आस्वासन दिंदै यसकोलागि ८० प्रतिशत कोष सङ्कलन भैसकेको उँहाले अवगत गराउनु भयो । बाँकी रकम आजीवन सदस्य र समरक्षक बनाएर जोहो गर्न सम्पूर्ण कार्यसमितीका सदस्यहरुलाई आवान पनि गरे । मगर संघ युके का आउने कार्यक्रमहरु- १४ मे मा बुद्द जयन्ती हँस्लोमा, १७ मे मा शहीद लखन फुटबल टुर्नामेन्ट फार्नबोरोमा, १४ जुनमा बुद्द नेपाली ओपन कन्सर्ट फार्नबोरोमा हने र सबैको सहयोगको अपेक्षा गरिएको पनि प्रतिबेदनमा समाबेश थियो ।
कार्यक्रमको अन्त्यमा उपस्थित जनसमुदायको जिज्ञासा र सरसल्लाहमा आधारित निकै लामो, सान्दर्भिक र महत्वपूर्ण अन्तरकृया गरिएको थियो। त्यो दिनको चिया पानी नास्ता र खानाको बन्दोबस्त सोहो एसियाका रमेश सारङ्कोटि ले गर्नु भएको थियो।