राज्यसत्ता संवादता
काउलुन , ५ मे – हङकङबाट संचालित राज्यसत्ता डटकमको आयोजनामा सोमबार ५ मे देखी एक हप्ते उद्घोषण, रेडियो जक्की, भिडियो जक्की, रेडियो र टेलिभिजन समाचार लेखन, अडियो एडिटिङ तालिम सुरु भएको छ ।
हङकङको 1/F, Civic Commercial Building, Woosung Street, 165–167 Jordan मा भइरहेको तालिममा सहभागी प्रशिक्षार्थीलाई एक दशकदेखि पत्रकारितामा क्रियाशिल युवा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिइरहेका छन् । उनले प्रिन्ट र इलोक्ट्रोनिक मिडियामा गरि एक दशक पत्रकारिता बिताइसकेका छन् । हाल उनी नागरिक दैनिक, शुक्रबार साप्ताहिक र अंग्रेजी दैनिक रिपब्लिकाको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियामा कार्यरत छन् ।
१६ वर्षदेखी ५५ वर्ष उमेरसम्मका २५ जना प्रशिक्षार्थी तालिममा सहभागी छन् । हङकङमा उद्घोषण कला सिक्न चहानेहरुको जमात ठूलो भएकाले उनीहरुको रहरलाई मध्यनजर गरि प्रशिक्षण कार्यक्रम राखिएको राज्यसत्ता डटकमका संचालक नारायण थापाले बताए । संचालक थापाले नेपालबाट आएका युवा पत्रकार मनोज घर्तीमगरले रेडियो, टेलिभिजन, पत्रिका लगायत संचारमाध्यममा काम गरेर लामो अनुभव बटुलेकाले उनको समय छोपेर उद्घोषणकलासहित पत्रकारिताको आधारभूत तालिम गरिएको सुनाए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक घर्तीमगरले लेखेको किताब “भर्तीको फन्दा” विमोचन कार्यक्रममा प्रमुख अतिथिलगायतको हातबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको राज्यसत्ता डटकमका प्रधान सम्पादक भिम थापाले बताए ।
किताब विमोचन कार्यक्रम मे ११ २०१४ मा अपरान्ह् ४ देखि राति १० बजेसम्म Henry G Leong Yaumatei Community Hall 1/F मा हुँदैछ ।