बलदीप प्रभाश्वर चामलिङ
एक प्रकारको लोभी, लुच्छड र विज्ञान र प्रविधिलाई कहिल्यै आत्मसाथ गर्न नसक्ने संस्कृति पक्ष हावी भएकाहरु नेपालको राज्यसत्ताको उच्च तहमा भएको हुनाले यो मुलुक चाडै संक्रमणबाट मुक्त होला जस्तो छाटकाट देखिन्न । केही गर्दपनि त्यस्तो मति र व्यहोरा कहिलेपनि छाड्न नसक्नेहरु निर्लज्जा भएर उही दलीय र व्यक्ति स्वार्थमा चुल्लुम्म छन् जस्को लागि उनीहरुलाई नैतिकता परको कुरा हो । सरकारको नेतृत्व हत्याउनमै व्यस्त दलहरु
सुशील कोइरालाले प्रधानमन्त्रीको बागडोर सम्हालेको हनीमुन अवधि पुरा हुन नपाउदै उनको सरकारको विरोध आफ्नै दलभित्रकाले गर्न थालिसकेका छन् । सरकार चलाउन कोइरालाले ढंग नपु¥याएको भनेर छेड हानिसकिएको छ । बचाउमा कोइरालाले “जन्मदै कसैले जानेका हुदैन” भनेर आफ्नो बचावट गर्ने गरेका छन् । कोइरालालाई पन्छाउन सकियो भने आफु प्रधानमन्त्री हुने दाउमा अर्को खेमालाई प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा छन् । उनी कोइरालालाई खुलेर प्रशंसा गर्न चाहन्न । किनकी जसरी भएपनि कोइरालालाई छिर्के हान्ने उनको आन्तरिक नीति छ ।
एमाले पनि सत्ताको भोको पार्टी हो । सत्ताको लागि “आधा प्रतिगमन सच्चियो” भनेर ज्ञानेन्द्रको सरकारमा जाने पार्टी यस्तो बेला मौका किन चुकाउथ्यो र । एमालेको महाधिवेशनको चटारो छ उस्लाई । त्यहा पनि पार्टीको नेतृत्व हत्याउने आपसी षडयन्त्रमा लागेका छन् माथिल्ला नेताहरु । कस्को नेतृत्व र प्यानलमा आफुलाई खडा गरे आफ्नो भविष्य सुरक्षीत होला भन्ने हेतुले तलका नेता तथा कार्यकर्ताहरु आआफ्ना गुटका नेतालाई बोकि हिडेका छन् ।
एमालेमा जसरी भएपनि दलको नेतृत्व हत्याएरै छाड्ने मनोस्थितिमा छ केपी शर्माओली । उनको दाउ भनेको जसरी पनि नेपालको प्रधानमन्त्री भैछाड्ने । अहिले उनी संसदीय दलको नेता छन् । यसले मात्र प्रधानमन्त्री बन्नेकुरा पक्का हुन सक्दैन किनकी पार्टीको नेतृत्व अर्कैमा छ । त्यसको लागि उनले जसरी पनि यो बेला पार्टी अध्यक्ष बन्नमा जोरजुलुम गरेका छन् । यो भएको खण्डमा उस्ले कसैको सरकार ढालेर नया सत्ता समिकरणको नेतृत्व लिन उस्लाई सजिलो हुन्छ । तर त्यो चाहना पुरा हुदानहुदै उनी परलोक हुने सम्भावना पनि उतिकै छ । उनी अहिले मृगौला प्रत्यारोपण गरिएको रोगी हो । विदेशमा लामोसमय देखि उपचार गराउदै आएका छन् उनले । डाक्टरहरुले उनको प्रतिरक्षात्मक प्रणाली कमजोर भएको भनेर भन्दै आएका छन् । फेरी उनी उपचारकै क्रममा बाहिर छन् । महाधिवेशनको चटारोले गर्दा विरामी शैयाबाटै पार्टी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । वास्तवमा नया नेपालको नया संविधान लेखनप्रकृया कसरी टुङ्गो लगाउने भन्दापनि कसरी पार्टीको नेतृत्व हत्याएर प्रम बन्ने ध्याउन्नमा छन् उनी । यता माधव नेपाल पनि फेरी पार्टीको नेतृत्व हत्याउन त्यतिकै लालायित छन् ।
माधव नेपाल र केपी ओलीको प्रतिस्पर्धाको खेलमा तल्लो स्तरमा झरेर आरोप प्रत्यारोप गर्दै आएका छन् । तर हाल ओलीको स्वास्थको कारण एमालेको महाधिवेशन केही पर सर्ने भएको छ । उता माओवादी प्रचण्डहरु पनि अहिले राष्ट्रिय सम्मेलन गरिरहेको छ । यस सम्मेलनले नया नेतृत्व र कार्यसमिति तय गर्ने भनेको छ । उस्को लडाइपनि कस्ले नेतृत्व लिने भन्ने मै छ । बाबुराम भट्टराई र प्रचण्डको जुगाको लडाइ जीउकातिउ छ । बाबुराम अर्को नया शक्ति निर्माणको कुरा गर्दै हिडनुको कारण पनि त्यही हो । यो सम्मेलनले पुन प्रचण्डलाई नै नेतृत्व दिने सम्भावना प्रवल छ । माओवादीको प्रमुख चासोको विषय भनेको संविधान लेखन भन्दा पनि पार्टीलाई कसरी बाचइराख्ने भन्ने मै छ । यो उस्को वध्यता हो । अन्य साना दलहरु चाहि ठूला दलहरुबाट उब्रेपाब्रेका केही खाने दाउमा छ । संविधान लेखनमा उनीहरुको भूमिका निर्णायक नहुने कुरा उनीहरुलाई थाहै भएको कुरा हो । त्यसकारण उनीहरु पनि कुन ठूला दललाई समर्थन र विरोध गर्दा लाभ हुन्छ त्यही गर्ने दाउमा छ ।
ठूला दलहरुका कमैया जनजाति र दलित नेताहरु
ठूला दलमा भएका जनजाति र दलित नेताहरुको हैसियत कमैया सरहको छ । उनीहरुको टाउकेले जे निर्देशन दियो त्यही गर्नुपर्ने अवस्थामा छ । त्यस्ता सभाषदहरु त्यहा जागिर खानको लागि मात्र गएका छन् । न उनीहरुले आफ्नो समुदायको हक अधिकारको बहस चलाउन सक्छन् न ति पार्टी त्याग्न सक्छन् । वास्तवमा भन्ने हो भने उनीहरु लाचार प्रवृतिका छन् । भन्ने नै हो भने उनीहरु “प्रदर्शनको लागि कोचेर राखिएको चिडिया घरको जनवारहरु” जस्तै छन् । ठूला दलहरुले भोली पहिचान सहितको संघीयताको कुरा उठ्ला भनेर ह्वीप लगाउने त्रास देखाएका छन् त्यसमा उनीहरु केही बोल्न सक्ने आट गरेका छैनन् । जनजाति ककस चाहिदैन भनेर जनजाति सभाषदहरुले नै भने ।
एक वर्षमा संविधान लेखनकार्य सक्ने
एक वर्ष भित्र संविधान लेखिसक्ने ठूला दलहरुले भन्दै आएका छन् । यो उनीहरुको सार्वजनिक नियमित अभिव्यक्ति जस्तै भएको छ । तर आन्तरिकरुपले उनीहरु आफैमा विश्वस्त हुन सकेको छैन । तर लोक र दुनियालाई उनीहरुले भन्ने गरेको कुरा एक वर्षभित्र जसरी पनि संविधान लेखिसक्ने हो । उता उनीहरुलाई यो पनि थाहा छ कि यो संविधानसभा पाँच वर्षको लागि हो । संविधान लेख्ने कि बनाउने भन्ने कुरा प्रमुख हो । लेख्नु र बनाउनु फरक कुरा हो । संविधान लेख्नलाई एक रातमा पनि लेख्न सकिन्छ । तर संविधान बनाउने हो भने अझै बहस र निचोड चाहिन्छ । त्यसको लागि अलिकति समय अवस्य चाहिन्छ । वास्तवमा भन्ने हो भने “ढिलै होस तर बत्तिस लक्षणले युक्त छोरी नै होस्” भन्ने हो । ठूलो कुरा नया संविधानले नेपालको सामाजिक वस्तुस्थितिलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । यदि त्यो हुन सकेन भने त्यसले विद्रोहलाई भविष्यमा निम्त्याउने हो । बलमिचाइले संविधान लेखेर मात्र हुदैन, सबै तह तप्काका जनताहरुलाई त्यसले समेट्न सक्नु पर्दछ ।
पहिचान र संघीयता ठूला दललाई एलर्जी
वास्तवमा काग्रेस, एमाले र माओवादी बाहुनको पार्टी हो । उनीहरु सारमा साम्प्रदायिक पार्टी हरु हुन । अरु जाति त्यहा देखिएपनि उनी मात्र कारिन्दा हुन् । पार्टीमा सबै भन्दा ठूलो कुरा नेतृत्व हो । नेतृत्वमा बाहुन बाहेक अरुको गुन्जायस नै छैन, ति पार्टीहरुमा । कुनै खेतालोले कसैको जमीन खनजोत गर्ने वितिक्कै त्यो जमीन उनीहरुको हुदैन । जमीन त मालिकको नै हुन्छ । अन्य जातिहरु काग्रेस, एमाले र माओवादीमा लाग्दैमा उनीहरुको त्यो पार्टी हुन सक्दैन । नेतृत्व जस्को छ त्यो पार्टी उनीहरुकै हो । नेतृत्वमा भएका जातिहरुले आफ्नो जातीय स्वार्थको लागि नै काम गर्दा रहेछन् भन्ने कुरा विगतको संविधानसभाको विघटनलाई हेर्दा थाहा हुन्छ । नेपालमा बाहुन इतरका जातिहरु बस्छन् है भन्ने कुरा काग्रेस र एमाललेलाई सह्य भएका छैनन् । अन्य जातिको अस्तित्वलाई उनीहरुले अझै स्वीकार्न सकेका छैनन् । प्रान्तीय राज्यको नामाकरण यहाका पुराना जातिको नामको आधारमा गर्न पनि उनीहरु मानिरहेका छैनन् । उनीहरुले पहिचानलाई साम्प्रदायिकतासंग जोडिदिने गरेका छन् । नेपालमा वाहुन–क्षेत्रीको पहिचान भूगोल, नेपाली जीवनपद्धति र मनोविज्ञानमा स्थापित भैसकेको छ । उनीहरुको पहिचानले ठाउ ओगटी सकेपछि अन्य यो मुलुकको ऐतिहासिक जातिको लागि ठाउ कहा ? अन्य जातिको लागि खाली ठाउ भनेको संघीयता अन्तरगत प्रान्तीय राज्यहरुको नामाकरणमा हो । यो जातीय राज्य होइन, जातीय पहिचान हो । कसैको जातीय पहिचानलाई पनि नकार्ने काग्रेस, एमाले र माओवादी वाहुनहरुको साम्प्रदायिक पार्टी नभएर अरु के हुने ? माओवादीले पनि पहिचानको आधारमा नामाकरण भएको राज्यस्तरको उस्को संगठन भंग गरिसकेको छ र हारको अन्य गम्भीर कुरालाई विश्लेषण नै नगरी पहिचानको मुद्दाले आफुहरु हारेको भन्ने निष्कर्ष निकालेको छ ।
पहिचान र संघीयताको कुरा दीर्घकालिन मुद्दा हो । जबसम्म यसको सम्बोधन हुदैन तव सम्म यो मुलुकमा स्थायी शन्ति कायम हुन सक्दैन । अहिलेको संविधानसभाको निर्वाचनको परिणामलाई गलत अर्थ लागाउनुको कुनै अर्थ छैन । यो मुलुकमा पिछाडिपारिएका समुदायहरु दिनानुदिन नागरिकीकरण हुने प्रकृयामा छ । काग्रेस , एमाले र माओवादीमा भएका कमैया जनजातिहरुले मात्र सिंगो आदिवासी जातिलाई प्रतिनिधित्व गरिएको नठानियोस् । यो मुलुकका सिमान्तकृत समुदायहरु संख्यात्मरुपले नभएपनि गुणत्मकरुपले जागरुक भैरहेका छन् ।
कवि विक्रम सुब्बाको कविताको अंश यहा सान्दर्भिक छ–
म छु , यो उस्को लागि पहिलो खतरनाक कुरा हो
म सोच्छु, यो उस्को लागि दोश्रो खतरनाक कुरा हो
म अब केही गर्दै छु , यो उस्को लागि अन्तिम खतरनाक कुरा हो ।