हङकङमा पनि नेपालीले मनाए श्रमिक दिवस

Read Time:1 Minute, 58 Second

गणेश जंग राना – हङकङ

कजवे बे , १ मे २०१४ – आज मे महिनाको पहिलो दिन अथवा १२५औं अन्ट्रराष्ट्रिय श्रमिक दिवसको उपलक्षमा बिश्व भरीका श्रमजिविहरुले आज बिहीबार श्रम दिवस मनाए ।

 

बिश्व भरीका श्रमिकहरुले यो दिवश मनाइ रहदा हङकङमा रहेका नेपाली श्रमिकहरुले पनि भब्य रूपमा श्रम दिवस मनाएका छन् । श्रम दिवस मनाउनको लागी हङकङ आईल्यान्डको कजवे बे स्थित भिक्टोरीया र्पाकको प्रागणमा नेपाली निर्माण कामदार युनियन हङकङ, एकीकृत नेपाली मञ्च हङकङ, सुदूर पूर्वी प्रवासी नेपाली संघ हङकङ र बिभिन्न संघ सस्थाले पनि सहभागीता जनाएको थियो ।

पार्कमा उपस्थित सम्पूर्ण हङकङका श्रमिकहरुको युनियन सहित बाजा, झाँकी र नारा सहित अपराह्रान्न ३ बजे जुलुस रानी मार्ग हुदै (क्वीनस रोड) अगाडी बढेको थियो । जुलुसमा संलग्न श्रमिकहरुले हातमा युनियनको ब्यानर, प्लेकार्ड र हङकङ सरकारसंग माग गरेका पम्पलेट सहित बिश्वका श्रमजिवि एक हौं, समान कामको समान ज्याला देउ, वरकर युनियन जिन्दाबाद  जस्ता नाराले सजिएका थिए । र्याली क्वीनस रोड हुदै कजवे बे, वानचाई, एडमिरल्टिको चिफ एक्जुकेटीभ कार्यालय अगाडी खुल्ला भागमा पुगी सभामा परिणत भएको थियो ।

फोटो :गणेशजँग राना मगर

आम सभा गर्नु भन्दा अगाडी बिश्व श्रमिकहरुको नाउमा श्रमिक संगितबाट शुरु गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %