गोविन्द घर्ति -रुपन्देही
नेपाल मगर संघ रुपन्देहीका जिल्ला कार्यसमितिले नेपालका प्रथम सहीद क्या.लखन थापा मगरले सहादत्त प्राप्त गरेको गोर्खा जिल्लाको बुङकोट–४, काहुलेको अवलोकन भ्रमण गरेको छ ।
रुपन्देही जिल्ला कार्यसमितिको नियमित बैठकको निर्णय अनुसार प्रथम सहीद क्या.लखन थापाले सहादत्त प्राप्त गरेको ठाउको अवलोकन भ्रमण गरेको हो । नेपालको प्रथम सहीद लखन थापाले सहादत्त प्राप्त गरेको स्थानको भ्रमण गरी त्यहा रहेको लखन थापाको ऐतिहासिक वस्तुहरुको वारेमा ज्ञानलिनको लागि अध्ययन भ्रमण टोली गोर्खाको बुङकोट, काहुलेको भ्रमण गरेको हो ।
(भ्रमण टोली)
नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दलबहादुर विरकट्टाको नेतृत्वमा संघका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको टोलीले प्रथम सहीद लखन थापा र लखन थापाको सहयात्री जयसिंह चुमीले सहादत्त प्राप्त गरेको स्थानको अवलोकन भ्रमण सम्पन्न गरेको हो । राणाहरुको विरुद्धमा आवाज उठाएको भन्दै १९३३ सालमा गोर्खाको बुङकोट–४, काहुलेमा प्रथम सहीद लखन थापामगरलाई झुण्डाएर मारेका थिए । जहा नेपालका प्रथम सहीद लखन थापालाई राणाहरुले झुण्डाएर मारेको स्थानमा अहिले प्रथम सहीद लखन थापाको नाममा २०४६ सालमा प्रथम सहीद लखन थापा प्राथमिक विद्यालय स्थापना गरी पठन पाठन गरीरहेको छ ।
(भ्रमण टोली र स्थानीवासी वीच अन्र्तक्रिया गर्दै)
प्रथम सहीद लखन थापालाई झुण्डाएर मारिएको खिर्राको रुख भने विद्यालय निर्माणको क्रममा उखलिएको स्थानीयवासीहरुको भनाई रहेको छ । गाउमा विद्यालय निर्माण गर्नका लागि कहि कतै जग्गा नपाएपछि लखन थापा र जयसिंह चुमी मगरले सहादत्त प्राप्त गरेको स्थानमा नै विद्यालय निर्माण गरिएको छ । सो अवलोकन भ्रमणको क्रममा एउटा तथ्य प्राप्त भएकोछ । प्रथम सदीद लखन थापाका सहयात्री जयसिं चुमीको चौथो पुस्ता अर्थात पनाती रत्नबहादुर चुमी राना मगर अहिले पनि जिवितै रहेका छन् । उहाका अनुसार लखन थापाको ऐतिहासिक वस्तुहरु विस्तारै लोप हुदै गएको छ । ऐतिहासिक वस्तुहरुको संरक्षण र सम्वद्र्धनको लागि राज्यले कुनै पहल नगरेको रत्नबहादुर चुमी रानाले बताए । चुमी मगरले प्रथम सहीद लखन थापालाईं राज्यले सहीद घोषणा गरेको तर लखन थापा संगै सहादत्त प्राप्त गरेको जयसि चुमीमगरलाई अहिले सम्म राज्यले सहीदको दज्र्यानी दिन नसकेको गुनासो गरे । लखन थापालाई प्रथम सहीद र लखन थापा संगै सहादत्त प्राप्त गर्नु भएको जयसिं चुमीलाई सहीद घोषणा गर्न दवाव दिनको लागि सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नु पर्ने प्रथम सहीद लखन थापा तथा जयसिं चुमी प्रजातान्त्रिक क्लवका संस्थाक अध्यक्ष ओम बहादुर राना मगरले बताए ।
(रुपन्देहीका अध्यक्ष बिरकट्टा स्थानीयवासी वीच लखन थापा सम्वन्धी जानकारी लिदै)
भ्रमण टोली संग अन्र्तक्रिया गर्दै क्लवका संस्थापक अध्यक्ष रानाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहीद भएका लखन थापालाई प्रथम सहीद र जयसिं चुमीमगरलाई सहीद घोषणा गर्नु पर्ने र यसको लागि राज्यलाई दवाव दिनु पर्ने बताएका थिए । नेपालका प्रथम सहीद लखन थापा र लखन थापाका सहयात्री जयसि चुमीमगरले सहादत्त प्राप्त गरेको ठाउलाई राज्यले बेवास्ता गरेको प्रथम सहीद लखन थापा तथा जयसिं चुमी प्रजातान्त्रिक क्लवका सचिव रुद्रबहादुर राना मगरले बताए । प्रथम सहीद लखन थापा र सहयात्री चयसिं चुमीमगरले नेपाली जनताको लागि सहादत्त प्राप्त गरेको स्थानको ऐतिहासिक चिजहरुलाई संरक्षण र सम्वद्र्धन गर्न राज्यले कुनै पहल नगरेको र स्थानीयवासीले केही गर्न खोजे पनि त्यसलाई राज्यले सहयोग नगरेको क्लवका सचिव रानाको भनाई रहेको छ ।
प्रजातान्त्रिक आन्दोलनमा आहुती दिने वीर सहीदहरुलाई राज्यले सम्मान दिनु पर्ने र सोको लागि सम्पूर्ण नेपालीहरु एक जुट भएर राज्यलाई दवाव दिनु पर्ने देखिन्छ ।