सुजन पराजुली,लण्डन
वरिस्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) सहितको टोली यतीबेला बेलायतका बिभिन्न शहरहरुमा कार्यक्रमको लागि व्यस्त छन । करिब १० दिनको लण्डन बसाइमा मह जोडी सहित मोहित आचार्य,नरेन्द्र कङ्साकार यू.के आईपुगेका हुन । सोही कार्यक्रममा ख्यातिप्राप्त लोक गायक बद्री पङगेनीले समेत उनिहरुलाई साथ दिईरहेका छन ।
यसैबिच नेपाल पत्रकार महासंघ बेलायत,शाखाको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ब्रेन्टफोर्ड स्थित प्रेमियर होटेलमा भएको कार्यक्रममा ”मह” यात्रा आयोजक तर्फबाट बोल्दै एन आर एन पूर्व अध्यक्ष्य कुल आचार्यले बेलायतबासी नेपालीलाई रमाउने अबसर दिएकोमा सम्पूर्ण कलाकार प्रती आभार व्यक्त गरे । ”मह यात्राका प्राय सबै कार्यक्रम हाउसफुल भएका छन, आफुहरुले सोचे भन्दा धेरै माग आए पछी दर्सकको भावनालाई मध्यनजर गर्दै न्यू वाइन चर्च हल,वूलविचमा कार्यक्रम थप गरिएको छ”उनले भने ।
कार्यक्रममा बोल्दै वरिस्ठ हास्यकलाकार हरिवंश आचार्यले बेलायतमा रहेका नेपालीबिच कार्यक्रम गर्न पाउदा खुशी लागेको साथै सोही अनुसार तयार भएर आएकाले सजिलै दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।
यस्तै अर्का वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा औधोगिकमय बातावरण नभएकाले कलाकारहरुलाई टेलिभिजन कार्यक्रम चलाउन भन्दा स्टेज कार्यक्रमबाट केही हद राम्रो भएको बताए । ”हामी सँग देश बिदेशमा थुप्रै कार्यक्रमहरुको प्रस्ताब आएका छन , स्टेज कार्यक्रमबाटनै सक्रिय रुपमा अगाडि बढ्छौ,त्यही अनुसार स्क्रिप्ट तयार भईसकेको छ”उनले भने । साथै श्रेष्ठले यहाँका नेपालीले देखाएको मायाले आफूहरुलाई कला क्षेत्रमा अझ दृढ भएर लागिपर्न प्रेरणा दिएको धारणा राखे ।
उक्त कार्यक्रममा पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष्य चिरण शर्मा,साथै बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यतिर नेपालको समसामयिक गतिबिधीबारे समेत छलफल गरिएको थियो भने कार्यक्रमको सन्चालन पत्रकार रमा लामिछानेले गरेकी थिइन ।
(फोटो: शेखर लामिछाने,नेपाल ब्रिटेन,नेप्लिज एभ्न्यु डटकम)