रमेश थापामगर
कतार , अप्रिल २५ – नेपाल प्रवासी मगर संघ, दोहा कतार केन्द्रिय समितिको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागले २०१४ अप्रिल २५ तारिक शुक्रवारका दिन विभागका का.वा. संयोजक बिजय मिरिङ्चिमगरको सभापतित्वमा साहनिया स्थित अल दोसरी चिडीयाखाँनामा नयाँ वर्ष २०७१ सालको उपलक्ष्यमा मगर संघमा आवद्ध कलाकारहरु तथा केन्द्रिय समितिका सदस्यहरु विच शुभकामना आदान प्रदान को साथमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रवासी मगर संघ, दोहा कतार केन्द्रिय समितिका अध्यक्ष शरण थापामगरको प्रमुख आतिथ्य रहेको थियो भने, विशिष्ट अतिथि केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामुमगर र कतारबासी मगरहरुको हाङ केशव रानामगर थिए । त्यस्तैगरी अतिथिहरुमा सल्लाहकार सदस्य जनक थापामगर, मानार्थ सदस्यहरु वविन राई, टेक रसाईलीको पनि उपस्थित थियो ।
भर्खरै सम्पन्न भएको ३२ औं मगर दिवस सफल वनाउनको लागी कला तथा सांस्कृतिक विभागवाट जति सहयोग भएको थियो यसरी नै आगामी कार्यक्रमहरुमा पनि यस विभाग वाट अरु नयाँ नयाँ कलाहरु प्रस्तुत गरी मगरहरुको संस्कृतिलाई बचाई राख्नु पर्ने कुरामा जोड दिंदै ३२ औं मगर दिवसका संयोजक संस्थाका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले सम्पुर्ण कलाकारहरुलाई तथा मगर दिवसमा कार्यक्रम सफल वनाउनु हुने दोहा वासी दाजुभाई तथा दिदिबहिनीहरुमा नयां वर्ष २०७१ सालको शुभकामना मन्तब्य दिएका थिए । विशिष्ट अतिथि केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामुमगरले मगर संघ कतारले चौध वर्षको अन्तरालमा दोहामा मगरहरुको संस्कृतिलाई पस्किरहनु पाउंदा ज्यादै खुशी भएको मन्तब्य ब्यक्त गर्दै कला तथा संस्कृति विभागका संपुर्ण टिमलाई धन्यवाद दिएका थिए ।
त्यस्तैगरी प्रमुख अतिथी शरण थापामगरले आफ्नो मन्तव्यको क्रममा हामिले जहाँ रहे पनि आफ्नो भाषा, लिपि, धर्म कला तथा संस्कृतिलाई जोगाई राख्नु पर्ने र दोहामा मगर संघले मगरहरुको कला तथा संस्कृतिलाई(सालैजो, झ्याउरे, मारुनी, सोरठी, कौराह, हुर्रा, घाटु, नचरी,डिग्रे, भुम्याहा नाच आदि) कतार मा हुने प्रमुख खुशीका अवसरहरुमा, विभिन्न स्थानमा प्रस्तुती गरिरहेको अनि आगामी दिनहरुमा पनि यसलाई अझ राम्रो गरी निरन्तर अगाडी बढाउने कुरामा बिश्वास ब्यक्त गर्दै भेटघाट तथा वनभोज कार्यक्रम राखेकोमा कला तथा सांस्कृतिक विभागका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिंदै नयां वर्ष २०७१ सालको शुभकामना दिएका थिए ।
अन्तमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम पश्चात सभापतीले कार्यक्रम सफल बनाउन सहयोग गरेका सम्पुर्णमा धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए ।