हेमन्तालाई हङकङबाट करिब १६ लाख रूपैया सहयोग प्रदान

Read Time:2 Minute, 54 Second

आम्भु जेठा /फोटोः कल्पना तुम्रोक

 

हङकङ , वैशाख १३ – दुवै मृगौलाले काम गर्न छोडेपछि काठमाण्डौंमा डायलासिस गराई रहेकी तारा नेम्बाङ ‘हेमन्ता’ २१, को उपचार खर्च हङकङबाट १० लाख ७६ हजार ४ सय रुपैंया विरामी परिवारलाई सनिवार प्रदान गरेको छ ।

“लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास  समिति हङकङ”ले विभिन्न संघ–सस्था, सहयोगि ब्यक्ति तथा सहयोगदाताहरुमा हङकङबाट उठाएको उक्त रकमको चेक पूर्व प्रधान मन्त्रि तथा नेकपा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र सभासद तथा मोर्चाको अध्यक्ष श्रीप्रसाद जवेगुले विरामी परिवारलाई हस्तानतरण गरेका थिए ।

लिरामुमो नेपाल, नेवा राज्य समिति काठमाण्डौंको मार्फत भृकुटि मण्डप स्थित राष्ट्रिय सभा गृह हलमा भएको कार्यक्रममा डा.बाबुराम भट्टराईले प्रवासमा रहेर संगठीत भई नेपालको हितको लागि कामगरिरेकोमा सिङगो मोर्चा र सम्पुर्ण हङकङबासीलाई धन्यवाद दिदै विरामीमो सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

मोर्चाले उठाएको सहयोगलाई थप गर्दै “याक्थुङ आरटिस्ट सोसाइटि हङकङ –यास” बाट २० हजार ३ सय ६९, “न्यू एचके फेन्सी” बाट ५१ सय, “किरात याक्थुङ चेम्लुङ हङकङ (के–लाङ  समुह सहित)” ४१ सय ८२, “तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङ” बाट २७ सय ४०, “झापा हङकङ मञ्च” बाट २६ सय, “एकिकृत नेपाली मञ्च हङकङ” बाट २१ सय ११ हङकङ डलर “लिरामुमो नेपाल, प्रवास  समिति हङकङ” का अध्यक्ष रविन लिङदेनलाई वुझाएको कुरा उनले “आम्भु जेठा” नामक फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

अर्का सस्था, पान्थर मञ्च हङकङले विहिवार ५ लाख २२ हजार रुपैया र किरात धर्म तथा साहित्य उत्थान संघ हङकङले विरामी परिवारलाई उपचार सहयोग रकम प्रदान गरेको छ । पान्थर जिल्ला रानिटार–४, माक्लाबुङ निवासी नेम्बाङको सुमेरु अस्पतालमा डायलासिस भइ रहेको छ भने टिचिङ अस्पतालमा प्रत्यारोपण हुने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %