कमल चौधरी /बुटवल , राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायहरुको पहुच पुर्याउने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीको आयोजनामा ६ दिने नायब सुब्बा र खरिदार पदको लागि कक्षा संचालन भएको जिल्ला समन्वय परिषद रुपन्देहीका सचिव गंगा पुनले जानकारी दिए ।
बैशाख ,१३ गते शनिबार देखि १८ गते विहिबार सम्म बुटवल सुख्खानगरमा कक्षा संचालन हुने जानकारी समेत गराए । सरकारी सेवामा आदिवासी जनजातिको न्युन उपस्थिति रहेको भन्दै लोक सेवा आयोगद्वारा लिइने नायब सुब्बा र खरिदार परिक्षामा सक्रिय उपस्थिति गराउनको लागि तालिमको आयोजना गरेको नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष कृष्ण मोक्तानले बताए । उन्ले प्रशासनिक निकायमा आदिवासी जनजाति समुदायहरुको न्यून उपस्थिति रहेको हुदाँ महासंघले यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
जि.वि.स रुपन्देहीका योजना तथा प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा, थकाली सेवा समिति रुपन्देहीका अध्यक्ष शिव प्रसाद शेरचन, तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष विरबहादु घोङपा, छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल लगाएतले बोल्दै आदिवासी जनजाति युवाहरु विदेशी मरुभुमिमा श्रम बगाउनुभन्दा आफ्नै स्वदेशी भूमिमा जागीर गरेर जनताको सेवा गर्नु पर्नेमा जोड दिए ।
यसको लागि लोक सेवा आयोग सम्बन्धी जनचेतना मुलक प्रशिक्षण हुनुपर्नेमा बताए । जिल्ला समन्वय परिषद् रुपन्देहीका उपाध्यक्ष कृष्ण मोक्तानको अध्यक्षतामा र सचिव गंगा पुनको संचालनमा भएको कार्यक्रममा ७० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । भने जि.वि.स रुपन्देहीका योजना तथा प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले प्रशिक्षार्थीहरुलाई सहजिकरण गरेका छन् ।