राष्ट्रिय जनमुक्ति पार्टि र संघिय समाजवादी एकिकरणको नजिक

Read Time:3 Minute, 15 Second

सिद्धार्थ हिम्डुङ्ग

काठमान्डौ , वैशाख १० – राष्ट्रिय जनमुक्ति पार्टि र संघिय समाजवादी पार्टिको सँयुक्त वैठक बस्यो ।

(अध्यक्ष एमएस थापा मगर, अध्यक्ष अशोक कुमार राइ)

राजमुपाको तर्फबाट अध्यक्ष एम्. एस. थापा, उपाध्यक्ष तथा सभासद शिव लाल थापा र सचेतक खिलधोज थापा सहभागि थिए भने ससपाबाट अध्यक्ष अशोक राई र महासचिव राजेन्द्र श्रेष्ठ सहाभागी भएका थिए । सो बैठक राष्ट्रिय जनमुक्ति पार्टि, संसदिय दलको कार्यलय, सिहंदरवार, काठमाडौंमा भएको थियो । २ पार्टिका नेताहरु विच पार्टि एकिकरण बारे छलफल भयो । ब्यापक छलफल पछि दुवै दलले कार्य दल गठन गरि एकिकरण बारे संयुक्त अवधारणा पत्र तयार गर्ने निष्कर्ष निकालेको छ ।

वैशाख १० गते नै संविधानसभा-व्यवस्थापिका–संसद राज्य व्यवस्था समितिके पहिलो वैठक सिहंदरवार काठमाडौंमा बस्यो । प्रधान मन्त्री सुशिल कोइराला, उपप्रधान तथा गृह मन्त्री बामदेव गौतम र सामान्य प्रसासन मन्त्री लाल बाबु पण्डित उपस्थित भएको सो बैठकमा राजमपाका मा.शिव लाल थापामगरले बेलायतमा बसोबास गरिरहेका भूपू सैनिक तथा उसको परिवारलाई दोहारो नागरिकता दिनुपर्ने कूरा राखेका थिए। आफ्नो रहर र इच्छाले बेलायत गएको नभई बध्यात्मक परिस्थितिले विदेशिनु परेको र यूकेमा कमाएको पैसा लिएर स्वोदेशमा लगानि गर्न सक्ने साथै ठुलो मात्रामा विदेशि रकम भित्रिन सक्ने सम्भावना रहेको कूरा उनले स्पस्ट पारे । साथै उनले भूपू सैनिकको पारिवारिक पेन्सन केशले गर्दा भूपूहरुले दू:ख पाहिरहेका छन । यसको समाधान गर्न उनले गृह मन्त्रिको ध्यान आकर्षण गराएका थिए।

वैशाख १० गतेकै दिन बेलूकी ६ बजे प्रधान मन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बस्यो । प्रधान मन्त्रीले सत्य निरुपण तथा मेलमिलाप विधेयक पारित गर्न र संविधानसभामा रहेका ५ वटा समितिहरुको सभापतिको चयन सहमतिका आधारमा गर्न अनुराध गरे । मा.शिव लाल थापा मगरले प्रस्तुत विधेयकमा संसोधन गर्नुपर्ने कुरा पनि राखेका थिए । त्यसरीनै विभिन्न समितिहरुको सभापति चयन गर्दा समावेसि सिद्धान्त अनुसार हुनुपर्ने कुरा राखेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %