लिम्वू जातिको अन्तराष्ट्रिय सम्मेलन धरानमा सुरू

Read Time:3 Minute, 13 Second

देश संघीयता र पहिचानको मुद्दाबाट अव पछि हट्न नसक्ने अध्यक्ष नेम्वाङको भनाई

भैरब आङ्ला

धरान , बैषाक ११ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले देश संघीयता र पहिचानको मुद्दाबाट अव पछि हट्न नसक्ने बताउनुभएको छ ।

‘देश संघीयता र पहिचानमा गइसकेको छ’ सभामुख नेम्वाङले सुनसरीको धरानमा सुरु भएको प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलनको उदघाटन समारोहमा वोल्दै  ‘त्यसलाई सवै राजनीतिक दलहरुले पनि स्वीकारिसकेको जानकारि दिए ।’ सम्मेलनमा नेम्वाङले संविधान सभा पूर्ण नभएकोप्रति चिन्ता व्यक्त गर्दै मनोनित २६ जना सभाषद्हरुमा तल्लो तहबाट लानका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकोसमेत बताए ।

  सभामुख नेम्वाङले अघिल्लो संविधान सभामा थुप्रै कामहरु भइसकेको तर, संस्थागत मात्रै गर्न नसकेकाले त्यो काम अवको एकवर्ष भित्र पूरा हुने र देशले संविधान पाउने बताए  । आजवाट सुरु भएको कार्यक्रम तीनदिनसम्म चल्ने छ भने कार्यक्रममा करिव १५ वटा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने छन् ।

धरानमा आज देखि ३ दिन सम्म चल्ने प्रथम अन्तराष्ट्रिय लिम्वू सम्मेलनको उदघाटन समारोहमा सम्मेलनमा सहयोग गर्ने देश विदेशका महानुभावहरुलाई कदर पत्र पनि प्रदान गरियो । लिम्वू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको रजत जयन्तीको अवसरमा आयोजित सो सम्मेलनमा विश्व भरीका लिम्वूहरुको सहभागिता रहेको छ । भारतको १२ वटा लिम्वूजन्य संस्था र विश्व भरीका १३ वटा चुम्लुङका प्रतिनिधि र लिम्वू विज्ञहरु गरी करिव ३ सय भन्दा वढीको सहभागिता रहेको आयोजक किरात याक्थुङ चुम्लुङले जनाएको छ ।

उत्तमसिंह थाङदेन लिम्बूको सभापतित्वमा भइरहेको कार्यक्रममा सुक्खिम याक्थुङ साप्सक सङ्भुजोका अध्यक्ष समनप्रसाद सुब्बा, नेपाल आदिवासी नजजाति महासंघका अध्यक्ष नगेन्द्र प्रसाद कुमाललगायतले शुभकामना व्यक्त गरे । धरान १५ स्थित चुम्लुङ हिम परिसरबाट सास्कृतिक झाँकी र्यालीसहित नगर परिक्रमा गर्दै सैनिक भवन पुगेको थियो । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिको आयोजनामा कार्यक्रम भइरहेको छ ।

 तस्वीर : यात्रा थुलुङ

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %