बिबिसी नेपाली पनि पहिचान र संघीयताको विपक्षमा?

Read Time:9 Minute, 18 Second
मिडियाहरुको लापार्वाही बारे कहाँ रिपोर्ट गर्ने ?
– राजु
 
बेलायत , २३ अप्रिल २०१४ – बिबिसी  नेपाली सेवा अहिले नेपालको प्रभावकारी मिडिया मध्येको एक हो । यो सेवा नेपालको १५० भन्दा बढि एफएम रेडियोबाट प्रसारण हुन्छ । जम्मा ३० मिनेटको प्रसारण गर्छ र बेलाबखत चाहि अन्य प्रायोजित कार्यक्रम सहित वेलुकी १ घण्टा प्रसारण हुन्छ । साथै विभिन्न अवसरमा विहानको सेवा पनि प्रसारण हुने गर्दछ ।
 
बिबिसीको पूराअर्थ  ब्रिटिस ब्रोडकाष्टिङ कर्पोरेसन हो । यस कर्पोरेसनले अहिले संसारका विभिन्न २७ भाषामा समाचार बुलेटिन प्रसारण गर्दै आएको छ । युके सरकारले केहीबर्ष अघिको आर्थिक मन्दि सामना गर्नुअघि कर्पोरेसनले विभिन्न ४२ भाषामा समाचार बुलेटिन प्रसारण गर्दै आएको थियो । अन्य भरोसिलो स्रोत भएका वा कम महत्व भएको भाषाहरुको समाचार बुलेटिनलाई कर्पोरेसनले हटाएको थियो तर युकेमा पूर्व गोर्खालीहरुको बाक्लो उपस्थिती र नेपाल संग सामरिक महत्व घट्दै गएपनि यथावत रहेको कारण ठूलो संकटको बीच पनि बिबिसी नेपाली सेवालाई कटौतीबाट जोगाएको हो । युके सरकारकै रक्षा विभाग अन्तर्गत प्रसारण हुदै आएको बिएफबिएस गोर्खा रेडियो पनि संचालनमा रहेको कारण बिबिसी नेपाली सेवा कटौती हुने सर्बत्र चिन्ता थियो तर भाग्यवस कटौतीबाट जोगियो ।
 
बिबिसी नेपाली सेवाको शुरुवात ७ जुन १९६९ बाट भएको थियो भने यसको कार्यालय लण्डन र काठमाडौमा रहेको छ । यस सेवाको मुख्य मर्म निष्पक्ष र स्वस्थ समाचार प्रसारण गर्नु हो तर यसले बेलाबखत मिसिनरी पत्रकारिता गर्दै आएको सर्वविदितै छ । अन्य मिडियाहरुको तुलनामा यसको प्रभाव राम्रो छ यद्यपी निष्पक्ष भने छैन । हाल प्रसारण हुदै आएको समाचारहरुको आधारमा बिबिसी नेपाली सेवा पहिचान सहितको संघीयताको विपक्षमा रहेको स्पष्ट अनुभूत गर्न सकिन्छ ।
 
बिबिसी नेपाली सेवा लण्डनबाट प्रसारण भएको भन्ने वित्तिकै धेरै स्रोताहरुमा यो युके सरकारको प्रत्येक्ष संलग्नता हो भन्ने भ्रम हुन्छ तर त्यो पूर्ण सत्य होइन । सानो स्रोतको सानै अर्थात छोटो समाचार बुलेटिन यसले प्रसारण गर्दै आएको छ । केही बर्ष अघि सम्म सानो कोठामा आधा दर्जन अन्य भाषाका समाचार बुलेटिन टिम संग समय बाँडेर एक स्टुडियोमै मिलेर कार्यक्रम बनाउनु पर्दथ्यो । अहिले पनि त्यसको खासै फरक उन्नती छैन ।
 
अघिल्ला शताब्दिमा विश्वमै प्रभावकारी प्रभुत्व जमाएका ब्रिट्रिस सामाज्यलाई संसारभरको समाचार चाहिन्थ्यो त्यसैले अनेक भाषाको समाचार बुलेटिन सेवा संचालन गरेका थिए । पछिल्लो समयमा ब्रिट्रिस सम्राज्यको प्रभाव खुम्चिनु, नयाँ अनलाईन प्रविधिको विकास हुनु, आर्थिक मन्दिमा फस्नु र नेपालको समाचार लिन नेपाली भाषा नै नचाहिने अवस्था विकास हुनु अर्थात नेपालमा अंग्रेजी भाषाको प्रभाव र विकास भई अंग्रेजी माध्ययम पत्रकारिता अघि बढिसकेको कारण अब नेपाली सेवाको भविश्यमा प्रश्नचिन्ह आउने अनुमान गर्न सकिन्छ ।
 
बिबिसी नेपाली सेवाको कार्यक्रमहरु कस्ता छन भनेर प्रतिक्रिया स्रोताहरुले दिदै आएका छन् तर सुनियोजित रुपबाट विबिसी नेपाली सेवाले प्रसारण गरेको सवालमा अर्थात नेपाली सेवाका कर्मचारीहरुको षड्यन्त्रमुलक कार्यक्रम तथा लापर्वाहीको विषयमा कर्पोरेसनको मुख्य कार्यालयमा कसरी, कहा आवाज पुरयाउने भन्ने जानकारी, ठेगानाको अभावमा आम स्रोताहरुको प्रतिक्रिया सम्बन्धित निकायमा पुग्न सकेको छैन । त्यसैले बिबिसी नेपाली सेवा आम नेपालीको सम्पति हो । यसलाई सन्तुलित र निष्पक्ष बनाउनको लागि संचेत स्रोताहरुको प्रतिक्रिया हुनु जरुरी हुन्छ । यसर्थ बिबिसी नेपाली सेवाले खेलेको राम्रो र नराम्रो भूमिकाको बारेमा निम्न ठेगानामा इमेल, पत्राचार वा फोन गर्नुहोस ।
 
Postal Address:
BBC Complaints
PO Box 1922
Darlington
DL3 0UR
 
Phone: 03700 100 222*
03700 100 212* (textphone)
*24 hours, charged as 01/02 geographic numbers
 
 
युके सरकारकै नुनपानीमा संचालनमा रहेको अर्को रेडियो हो विएफबिएस गोर्खा रेडियो ।
 
  यसको पूरा नाम ब्रिट्रिस फोर्सेस बोड्काष्टिङ सर्भिस हो । ब्रिट्रिस सेनामा कार्यरत तथा पेन्सनर गोर्खाली सेना र तिनका परिवारको निम्ति संचालन गरिएको विएफविएस गोर्खा रेडियो नै अनलाइनमा प्रसारण हुने नेपाली भाषाको पहिलो रेडियो हो । यस विएफविएसबाट सर्वप्रथम नेपाली सेवाको शुरुवात सिंगापुरमा सन् १९५२ मा भएको हो । हाल युकेको सर्नक्ल्फि स्टेसन, ब्रुनाईको सेरिया स्टेसन र काठमाडौं स्टेसनबाट २४ सै घष्टा प्रसारण हुन्छ । बेग्लाबेग्लै ३ मुलुकबाट प्रसारण हुने नेपाली भाषाको एकमात्र रेडियो यहि हो भने सबैभन्दा धेरै अनलाइन स्रोताहरु भएको रेडियो पनि यहि हो । युकेको विभिन्न १० स्थान, ब्रुनाई, काठमाडौ लगायत फोक्ल्याण्ड, अफगानिस्तान आदी ठाँउबाट प्रसारण हुने गर्दछ ।
 
अत्यधिक लोकप्रिय यस रेडियोको लाखौ स्रोता रहेका छन् । आर्थिक बर्ष २०६९/७० को अन्त सम्ममा संचालनमा रहेका नेपालका ३७९ एफएम रेडियो मध्ये सम्भवतः सबैभन्दा शक्तिशाली यहि विएफविएस गोर्खा रेडियो हुनुपर्दछ । बिएफविएस गोर्खा रेडियोका ३ वटै स्टेसनलाई ब्रुनाईमा रहनु भएकी लिसा डेभिस र केन्द्रमा निक पोल्याडले अझ त्यो भन्दा माथि चाहि निक्की न्यासले हेर्दै आउनु भएको गुगलिङ गर्दा पाइन्छ । वहाहरु संग फेसबुक र लिङ्कइनमा प्रत्येक्ष कुरा गर्न सकिन्छ ।
 
यस रेडियोमा सयौले सहभागिता जनाउने गर्दछ तर सिंगो कार्यक्रम अर्थात कर्मचारी कसैको लापरवाहीको बारेमा प्रतिक्रिया कहादिने जानकारी नहुदा कसैलाई मार परिरहेको भए निम्न ठेगानामा सभ्य तवरले पठाउन सक्नु हुन्छ ।
Postal Address:
Ms Nicky Ness
Controller BFBS Radio
Chalfont Grove, Narcotlane
Gerrards Cross, Buckinghamshire, SL9 8TN
 
Mrs Lisa Davis, E-mail: Lisa.davis@bfbs.com
Mr Nick Pollard, Email: nick.pollard@ssvc.com
General Inquiry, Phone: 01494878354
 
हाम्रो दुर्भाग्य भनौ नेपालमा अहिले आवश्यक भन्दा बढि मिडियाहरु आएका छन् । ती मिडियाहरु कतै न कतैबाट मिसिनरी छन । साच्चै भन्नुपर्दा सत्य जानकारी पाउनबाट नेपालीहरु बंन्चित बन्दै गएका छन् । कुनैपनि समाचार तोडमोड, बग्याइएको र नियोजित बढि हुन थालेको कारण अब समाजले सबैभन्दा पहिला मिडिया हाउसहरुलाई सुधार गरि स्वच्छ र निष्पक्ष बनाउन लाग्नु पर्ने अहिलेको तड्कारो आवश्यकता बनेको छ ।
 

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %