कान्तिपुर पब्लिकेसनद्धारा प्रकाशन हुँदै आएको नेपाल साप्ताहिकले न्यू योर्कबाट प्रकाशन हुने बिभिन्न पत्र-पत्रिकाको बिषयमा प्रकाशन गरेको अत्यन्त भ्रमित एवं बदनियतपूर्ण लेखप्रति नेपाली सञ्चार सञ्जाल, अमेरिका (एन्मा) को गम्भिर ध्यानाकर्षण भएको छ । अमेरिकाको न्यू योर्क राज्यबाट प्रकाशन हुदै आएको बिश्व सन्देश साप्ताहिक, एभ्रेष्ट टाईम्स पाक्षिक र खसोखास साप्ताहिकको लोगो सहितको गलत समाचार सम्प्रेषण गरे लगत्तै सम्बन्धित पत्रिका, नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले व्यक्त गरेको आपत्ती र खेदप्रति एन्मा पूर्ण समर्थन गर्दछ ।

अमेरिकामा बसेर बिभिन्न समस्या र अफ्ठयाराका बाबजुद पनि नेपाली पत्रकारितालाई निरन्तररुपमा अघि बढाउँदै विकसित बन्दै गएको सञ्चार गृह र समग्र पत्रकारहरुकै मानहानी हुने गरी प्रकाशन भएको उक्त सामाग्रीप्रति घोर भत्सर्ना गर्दै यथाशिघ्र जवाफदेहिताकोलागि सम्बन्धित प्रकाशन संस्था कान्तिपुर पब्लिकेसन, नेपाल साप्ताहिक र लेखकलाई अविलम्ब अनुरोध गर्दछौं । साथै, लेखकले कुन सत्य र नियतलाई आधार बनाएर लेख तयार पारे र प्रकासन गृहले निराधार उक्त सामाग्री प्रकाशन गर्यो ? यसबारेमा पनि स्पष्टोक्तिको माग गर्दछौं । एन्मा निराधार समाचार प्रकाशन गर्ने संस्था/लेखकसँग यसबाट सम्बन्धित प्रकाशन गृह उपर परेको क्षतिपूर्तिको मागसमेत गर्दछ ।
नेपाली सञ्चार सञ्जाल, अमेरिका प्रकाशन गृहहरुको हक, हित र अधिकारकोलागि स्थापित संस्था भएको कारण आफ्ना मातहतका प्रकाशन गृहहरुमाथि परेको क्षतिप्रति खेद व्यक्त गर्दछ ।
अप्रिल २३, २०१४
प्रदीप थापा
अध्यक्ष
Nepali Media Alliance (NMA), USA
प्रशान एलुङ राई
महासचिव
नेपाली सञ्चार सञ्जाल, अमेरिका (एन्मा)
Nepali Media Alliance (NMA), USA