शारिरीक सुंगठन प्रति युवाहरुको आकर्षण बढ्दै

Read Time:3 Minute, 33 Second

दिल प्रसाद थापा – बुटवल

दिन प्रति दिन मानिसहरुको बढ्दै गइरहेको अस्त व्यस्थताको कारण स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु बड्दै गइरहेको छ ।

अस्वच्छ खानपान र जीवनशैलीका कारण्ँ मधुमेह ,मोटोपन उच्च रक्तचाप, युरिक एसिड मुटुका रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रतिदिन फैलिरहेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न रोग बाट बच्न तथा स्वास्थ्य रहन दैनिक जसो शारिरीक ब्यायमको आवश्य हुन्छ ।  

विहान ५ बज्न लाग्दा होस या साझ ५ बजे बुटवलको विभिन्न जिम हाउस तथा फिटेशस सेन्टरमा युवाहरुको बडी बिल्डिङ्ग प्रति मोह बढ्दै गइरहेकोले भिड बढेकोछ । शारिरीक सुंगठनले युवाहरुको शारिरीक बनावट तन्दुस्त बनाउने, निरोगी बनाउनका साथै शरिरमा ताजापन ल्याउने गर्दछ जस्ले गर्दा यस प्रति युवाहरुको आकर्षण बढेको छ । समय समयमा बडी विल्डिङ्ग प्रतियोगिता आफ्नो क्षमता राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिन पाइने हुनाले अझै आकर्षण बढेको हो । खेलाडी देखि चलचित्रकर्मी , विद्यार्थी , मोडल व्यासायी सबैले बडी विल्डीङ्गका लागि फिटनेश सेन्टरमा देखिन थालेका छन ।   

यसै गरि शारिरीक सुंगठन क्षेत्रमा १२ वर्ष अनुभव बटुलेका तथा विभिन्न राष्ट्रिय खेलमा सहभागिता भई थुप्रै उपाधी हात परिसकेका बुटवल निवासी चन्द्रमान श्रेष्ठका अनुसार आफ्नो शरिरलाई फिट राख्न को लागि तथा जति उमेर ठल्के पनि नियमित व्यायमले खाना पचाउन सहयोग गर्ने बताए । उनले व्यायम साथै पौष्ठिक अहार पनि सेवन गर्नु पर्ने बताए । जिम गर्दा सके सम्म प्रशिक्षकको सल्लाहमा मात्र गर्नु पर्ने उनी बताउछन ।

थुप्रै नेपाली मुलधारको चलचित्रहरु दिल, मन्जरी, उर्वशी , करामत लागायत दर्जन चलचित्रमा आफ्नो अभिनय दिइ सकेका बुटवलका चलचित्र कर्मी विनय उदयले चलचित्रमा आकर्षक शारिरीक बनावट चाहिने हुँदा आफु नियमित व्यायम गर्न जिम सेन्टेर जाने गरेको बताए ।

बुटवलको सिद्धार्थ कलेल कक्षा १२मा अध्यनरत सुन्दर थापा आफ्नो फिजिकल म्यान्टेन गर्न रोगहरु बाट मुक्त हुन नियमित जिम हाउसमा व्यायम गर्न आएको बताउछन । बुटवलको ट्राफिक चोक अवस्थित कृष्ण जिम एण्ड फिटनेश सेन्टरका संचालक जितेन थापा का अनुसार दिनमा ४०-५० जना नियमित ब्यायम गर्न आउने गरेको बताए ।

बुटवलमा अहिले दर्जन भन्दा बढी जिम हाउस तथा फिटनेश सेन्टरहरु छन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %