नेता खपांगीको जीवनीमा आधारित पुस्तक तयार हुँदै

Read Time:3 Minute, 25 Second

हुम सुनारीमगर

९ बैशाख, रियाद – जातीय मुक्ति नभैकन बर्गीय मुक्ति असम्भव छ भन्दै २०३८ सालमै नेकपा (माले) परित्याग गरि जातीय मुक्तिको खातिर आन्दोलन गरि आफ्नो जीवन भरि नै आरोह-अवरोह, उतार-चढावसँग संघर्ष गर्दै आएका नेता हुन् , गोरे बहादुर खपांगी मगर । 

एक मोटर साईकलले ठक्कर दिए पछि गम्भीर दुर्घटनामा पर्नु भएका बहु-चर्चित नेता , खपांगीमगर बिगत एक बर्ष भन्दा अगाडी देखि अस्पतालको सैयामा थलिरहेका छन् । उही समाजवादी नेता , गोरे बहादुर खपांगीमगरको जीवनमा आधारित एक पुस्तक लेखन कार्य भईरहेको छ । साउदी अरबमा बैदेशिक रोजगारी गरि बस्ने पाल्पाका हुम सुनारीमगरले उक्त पुस्तक लेख्दै छन् । सुनारीमगर नेपाल आदिवासी जनजाति महासंघ, साउदीका अध्यक्ष पनि हुन् । उनको पहल र सकृयतामा कैयौं सामाजिक कार्यहरु भईरहेको हामीले विभिन्न मेडियाहरुबाट जानकारी पाइरहेका छौ ।

खपांगीमगरको  दुर्घटना भएको चार महिना पछि सुनारीमगर कै पहल र संयोजकत्वमा “खपांगी बचाऊ अभियान, अन्तरराष्ट्रिय सहयोग समिति” गठन भएको थियो । उक्त समितिले एक करोड रुपैंया भन्दा बढी सहयोग रकम जुटाएर गत अगष्ट २४ तारिखमा खपांगीमगरलाई सिंगापुरको अति विशिष्ट र सुबिधा सम्पन्न अस्पताल “माउण्ट एलिजाबेथ नोभेना” मा झन्डै एक महिनासम्म उपचार गरि खपांगीमगरको अति नै महँगो VP-Shunt सर्जरी सफलता पुर्बक सम्पन्न गरेर वहाँलाई स्वदेश फिर्ता गरिएको थियो ।

 

हाल, खपांगीमगरको काठमाडौँ बाँसबारी स्थित न्युरो अस्पतालमा फिजियो थेरापी र नर्सिङ्ग केअरिङ्ग सम्बन्धि उपचार भईरहेको छ । हुम सुनारीमगर द्वारा लिखित उक्त पुस्तक आगामी डिसेम्बरको पहिलो हप्ता अथवा आगामी मङ्सिर, तेश्रो हप्ता सम्भवत: खपांगीमगर द्वारा नै काठमाडौँमा लोकार्पण गरिने  योजना रहेको छ । उक्त पुस्तक सम्पादन, छपाई, बिमोचन र वितरणको लागि स्वदेश तथा बिदेशमा स्थापित विभिन्न संघ संस्था, ब्यापारी  र केहि उच्च व्यक्तित्वहरुसँग आर्थिक सहयोगको अपेक्षा र अनुरोध गरिएको छ । पहिलो संस्करणमा १५ हजार प्रति छपाउने योजना रहेको छ । 

सबै पुस्तक बिक्रि वितरणबाट संकलित सबै रकम एक बृहत अक्षय कोषको स्थापना गरि सोहि अक्षय कोषमा जम्मा गरिने र समाज भित्रका असहाय, आर्थिक स्थिति कम्जोर भएकाहरुको स्वास्थ्य उपचारमा खर्च गरिने कुरा हुम सुनारीमगरले घोषणा गरेका छन् ।

 

 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %