देवी आले मगर
लन्डन , १३ अप्रिल २०१४ – मगर महिला संघ युकेले नेपाली नयाँ बर्ष २०७१को शुभवसरमा बेलायतको अल्डरशोट शहरमा शुभकामना आदान प्रदानका साथ “मगर महिलाको समाजमा परिचय र भूमिका” बिषयक अन्तर्कृया सम्पन्न गरेको छ ।
कार्यक्रम औपचारिक र अनौपचारिक गरी दुइ चरणमा बिभाजित गरिएको थियो । नेपाल मगर संघ बेलायतकी सांस्कृतिक सचिब तथा महिला संघकी सदस्य श्रीमती अनीता रानाले स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी दिए पछि औपचारिक कार्यक्रम संचालन गर्नको लागि मगर महिला संघ युकेकी उपाध्यक्ष छबीमाया पुनलाई माईक हस्तांतरण गरेकी थिइन ।
औपचारिक कार्यक्रम श्रीमती हिमाली राना मगरको अध्यक्षतामा प्रमुख अतिथि मगर सँघ यूकेका पहिलो महिला लेडीज़ हेड श्रीमती गोमा राना मगर र बिशेष अतिथिमा जनजाति महिला महासंघ यूकेका अध्यक्ष श्रीमती कमला थापा मगर थिए ।
अतिथिहरुमा नेपाल मगर महिला सघ ललितपुर की सस्थापक अध्यक्ष कुन्ता थापा, एन आर एन यूकेका सदस्य तथा मगर महिला सघकि सल्लाहकार श्रीमती शान्ति कुँवर थापा,मगर सघ युकेका अध्यक्ष दूत पुन, मगर सघ युकेका निबर्तमान अध्यक्ष हाल सल्लाहकार मेजर रिटायर कुल बहादुर थापा, यूके मगर सघका सस्थापक अध्यक्ष थर्क राना, सल्लाहकार , भरत थापा , शेर्पा सघ युकेका उपाध्यक्ष तथा यूरोप सघका महासचिब कर्मा शेर्पा, किरात याक्थुम चुमलुङ्गकी महासचिब महेस्वरी नेम्बाङ्ग र बिभिन्न शाखाका अध्यक्ष हरु अतिथिको रुपमा थिए । उनिहरू सबैलाइ सस्थाले सम्मान गरेको थियो ।
अध्यक्ष हिमाली रानामगर , प्रमुख अतिथि गोमा राना मगर बिशेस अतिथि श्रीमती कमला थापा मगरले सयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम समुद्घाटन गरेका थिए । कोषाध्यक्ष श्रीमती बिष्णु शिरिस मगरले पाहुना लगायत उपस्थित सम्पूर्ण दाजु भाई दिदी बहिनीहरूलाइ स्वागत मन्तब्य दिदै कार्यक्रमको बारे जानकारी दिएका थिए भने उपाध्यक्ष छबिमाया पुनले अत्यन्त रोचक ढंगले र सिष्टता पुर्बक संचालन गरेकी थिइन ।
उपस्थित पाहुना हरूले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए । नेपाल महिला सघ ललितपुरकी संस्थापक अध्यक्ष कुन्ता थापाले मगर महिलाको स्थापना का दिनमा गर्नु परेका चुनौती हरुको बारेमा सस्मरण गरेकी थिइन । बिशेस अतिथि कमला थापाले आफ्नो मन्तव्यको क्रममा जब सम्म मगरहरु र मगर महिलाहरु राजनीतिमा सचेत हुदैन तब सम्म हामी कहिले पनि ब्यक्तित्व बिकास हुन सक्दैन । उनले भनिन् जब सम्म हामी नेतृत्व तहमा पुग्न सक्दैन तब सम्म राजनितिक बुजिदैन , त्यसैले महिला हरु राजनीति पनि बुझ्नु अत्यन्त जरुरी भएको कुरा प्रस्टाएकी थिइन ।
प्रमुख अतिथि गोमा रानाले कबिता को माध्यम बाट शुभकामना दिनुका साथै आफ्नो मन्तब्य राखेकी थिइन । मगर संघका अध्यक्ष दूत पुनले महिला सँघले यसरी कार्यक्रम राखेकोमा आफुलाइ अत्यन्तै खुसी लागेको र यसरी नै महिलाहरु अगाडी बढ्दै जानूपर्ने र महिलाहरुलाइ अगाडी बढ़ने कुरामा सहयोग गर्नमा कुनै कसर बाकी नराख्ने प्रतिबढ़ता जाहेर गरेका थिए । मेजर रिटायर कुल थापा मगरले आफ्नो कार्यकालमा यसरी नै महिला सँघ खोल्न चाहेको र त्यों कार्य आफ्नो कार्यकालको अन्त तिर भए पनि सफल भएकोमा ज्यादै खुसी लागेको व्य्क्त गरेका थिए ।
सल्लाहकार शान्ति कुँवर थापाले मगर भएकोमा गर्व लागेको र अर्को जुनि पाएमा मगर नै हुन चाहेको चहाना व्यक्त गरिन। शेर्पा सघका उपाध्यक्ष कर्मा शेर्पा र किरात याक्थुम चुमलुङ्गकी महासचिव महेस्वरी नेमबांगले पनि शुभकामना मन्तब्य राखेकी थिईन । अध्यक्ष हिमाली रानाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने ऱ उपस्थित सबै लाइ धन्यवाद दिदै यसरी नै सहयोग निरन्तर रुपमा पाई राख्ने आसा राख्दै पहिलो चरणको कार्यक्रम बिधिबत रुपमा समापन भएको घोषणा गरेकी थिइन ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम लक्ष्मण रानाले अत्यन्त मिठास ढंगले सञ्चालन गरेका थिए । स्थानीय कलाकार नानीहरुले आफ्नो भेष भूषामा सजिएर नृर्त्य प्रस्तुत गरेका थिए भने शेर्पा संघका उपाध्यक्ष कर्मा शेर्पा ऱ कुन्ता थापाले दोहोरी गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए । त्यसै गरी महेस्वरी नेमबांग, शान्ति कुवरले पनि आफ्नो सुमधुर स्वरमा गीत गाएर सबै लाइ मनोरञ्जन दिएका थिए ।
दिनको १२ बजे सुरु भएको कार्यक्रम बेलुकि ७ बजे कक्टेल डान्स पछि समाप्त भएको थियो ।
फोटो:अनीता राना मगर