विनोद रखाली मगर
स्याङ्जा,वैशाख ६ – नेपाल तारा युवा क्लव, जगत्रदेवि – ८ , तल्लो गल्याङ्को आयोजनामा सन्चालित क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि कालिका युवा क्लव पिडीखोला चितुङले चुमेको छ ।
फाइनल खेलमा आयोजक नेपाल तारा युवा क्लव सङ्ग निकै आक्रामक खेल प्रस्तुत गरेको कालिकाले उपाधि सङ्गै नगद रु. ४० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो । आयोजक नेपाल तारा युवा क्लव उपविजेतामा चित्त वुझाउदै नगद रु. २० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थानमा सिर्सेकोट गाविस स्थित डाँडाखर्कको चक्रदेवि युवा क्लवले आफ्नो पक्षमा पार्दै नगद रु.१० हजार सहित शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गरे । सान्त्वना स्थानमा शान्तिदिप युवा क्लव जगत्रदेविले सुरक्षित सङ्गै नगद रु. ५ हजार प्राप्त गर्न सफल भयो ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गरेका नेपाल तारा युवा क्लवका रमेश विकले उत्कृष्ट खेलाडिकोे अर्वाड सङ्गै नगद रु. ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको उद्धघाटन गर्दै स्याङ्जा क्षेत्र न. ३ देखि निर्वाचित सभाषद मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदले राष्ट्रिय प्रतिभा उत्पादन गर्ने हुँदा मोफसलका खेलाडिहरुको मनोवल वृद्धि गर्न सरकारले विभिन्न अवशरहरु सृजना गर्ने कार्यमा आफुले पहल गर्ने बताएका थिए । सविधांन निमार्ण कार्यमा आफुलाई सविधांन सभामा जनताले पेश गरेको उल्लेख गर्दै जनताको सविधांन रोजेको र खोजेको निमार्णमा आफ्नो महत्वपूर्ण भूमिका प्रस्तुत गर्ने उद्धघोष गरे ।
खेलको उद्धघाटन समारोहमा उधोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ वजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, पेलाकोट गाविस का पूर्व अध्यक्ष रामविर गुरुङ् , नेपाल मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगर , समाजसेवि तथा शिक्षासेवि कोमलनाथ शर्मा , लगाएतले बोलेका थिए ।
कार्यक्रमको समापन समारोहमा समाजसेवि याम प्रसाद पाण्डेले खेलकुद क्षेत्रको विकाशमा सक्दो पहल गर्ने वताउदै अन्तरनिहित प्रतिभालाई विकाश गर्न खेलाडिहरुलाई आग्रह गरे । पाण्डेले खेलको विजेताको नगद रु. ४० हजार प्रायोजनगरेका थिए । समापन कार्यक्रममा क्लवका सल्लाहकार छविलाल भुसाल, सस्थांपक सदस्य जनक श्रेष्ठ, समाजसेवि रामविर गुरुङ् , सल्लाहकार भेमलाल अर्याल समेतले बोलेका थिए । विभिन्न गाविसका २९ क्लवको उपस्थिती रहको उक्त प्रतियोगिता विविध सास्ंकृतिक प्रस्तुतिका साथ सम्पन्न खेल आधिखोला खेल मैदानमा सन्चालन भएको थियो ।
खेल समारोहको सन्चालन लक्ष्मण भुषाल र क्लवका अध्यक्ष रुक वहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।