राष्ट्रिय युवा मोर्चाको छैठौ राष्ट्रिय सम्मेलन धरानमा राष्ट्रिय जनमुक्ति पाटीका महासचिव केशव सुर्यवशीको
मन्तव्य रेकर्डलाइ जस्ताको तस्तै यहाँ लिपीबद्द राखिएको छ , पढ्नुहोस ।
प्रस्तृतकर्ता :दिल प्रसाद थापा मगर , बुटवल
छौठो राष्ट्रिय सम्मेलनका सभाअध्यक्ष ज्यु, मुख्य अतिथीका रुपमा उपस्थित माननिय पार्टिकै सस्थापक मध्यमा हाम्रा आदणिय नेता ज्यु, मञ्चमा विराजमान पार्टीका उपाध्यक्ष ज्युहरु , स्थायि समितीका सदस्य, संघिय परिषदका सदस्यहरु, सम्मानित संघिय सभाका आदणिय सदस्य ज्युहरु, लिम्बुवान राज्य परिषदका अध्यक्ष ज्यु ,पदाधिकारी साथीहरु र भातृ संगठन बाट पाल्नु भएका भातृ संगठनका केन्द्रीय पदाधिकारी मित्रहरु ,यस उद्घाटन सभामा उपस्थित युवा मोर्चा सम्बद्ध नेता कार्यकर्ता साथीहरु र अन्य पार्टीमा आवद्ध मित्रहरु ।
सबै भन्दा पहिला छैठौ राष्ट्रिय सम्मेलनले नेपालको राजनितीमा राष्ट्रिय जनमुक्ति पाटीको जिवनमा र मुलभुत रुपमा सिड्डो नेपालका युवाहरुको जिवनमा प्रभाव पार्ने सकारत्मक सन्देश प्रभाह गर्ने संचार गर्ने एउटा उपलब्धी अवस्य पनि हासिल गर्ने छ भन्ने आशा र विश्वास लिइ म शुभकामना व्यक्त गर्न चाहन्छु ।
आदणिय युवा साथीहरु, एउटा संसार मा जहासुकै सबै भन्दा बढी राजनितीमा प्रत्यक्ष रुपमा बढी मन नपराउने त्यो उमेर भनेकोनै युवा उमेरनै हो । तर राजनितीले संसारमा सबै भन्दा बढी दुख दिएको उमेर समुह भनेको त्यो युवा नै हो । एउटा उदाहरण होर्नुस ,आज भन्दा ३६ वर्ष अगाडि चिनमा त्यहाको सरकारले एउटा निर्णय गरयो ।कि चिनमा जनसंङख्या धेरै हुदै छ , अब चिनमा जनसंङख्या नियतण गर्नु पर्ने भो । अनि चिनमा वान चाइड पोलिसि भन्ने सुरु भो । अहिले २०१४ साल हो त्यो १९७८ साल हो । तर त्यो सरकारको निती भनेको नेपालको निती जस्तो होइन ,नेपालमा पनि छ सरकारको निती दुई सन्तान , ईश्वरको वरदान , भन्छन कसैले दुइको ठाउमा विस पुर्यायो भने सरकारले ठिकै छ पनि भन्छ । तर चिनमा यस्तो व्यवस्था आयो तपाईले एउटा सन्तान पाउने हो भने त्यो भन्दा बढी पाउने चाहना भयो भने बढीमा दुइ वटा पाइने तर त्यो पनि गाँउमा गएर बस्नु पर्ने , सहरमा बस्नेले , सरकारी नेकरी खानेले व्यापार गर्नेले एउटा सन्तानमा चित्त बुझाउन पर्ने हुन्छ ।
त्यसको मार आज ३६ वर्ष पछाडि आइ पुग्दा के भाको छ भन्दा विहे गर्ने उमेरका लगभग २५ करोड ठिटाहरु तयार भइसके तर उनको लागि सुहाउदो केटीहरु अब छैन । किन निर्णय एउटा सरकारले गनर्,े निर्णय एउटा राजनितीले गर्ने तर आज त्यसलाई भोग्ने आजको त्यो चिनमा त्यो चिल्लो ठुलो सहर बेजिड्डमा बस्ने युवा संग उसले रोजेर बस्ने खालको सुहाउने खालको उमेरका जिवन साथी हुने खालको कुनै युवती छैन । त्यो किन जब यो निती लागु भो सुरु सुरु मा त यो विज्ञानको प्रगती भएको थिएन सन्तान चाही चाहे छोरी जन्मीयोस चाहे छोरा जन्मीयोस एउटा सन्तान भए पछि त्यो चलिरहेको थियो । तर जब अहिले विज्ञानले भू्रण पहिचान गर्ने सिस्टम आए पछि यो यती तिब्र भो बिगत २० वर्ष यता कि त्यहा छोरीहरुको भू्रण को पहिचान हुने वित्तिकै त्यो भू्रण हत्या यति तिब्र गतिमा भो कि आज एक सन्तानको नितीले सबै भन्दा बढी महिलाहरुकोे छोरीहरुको बाच्ने अधिकार खोसियो । त्यो एउटा पक्ष हो ,त्यसले गर्दा आज जुन अनुपातमा युवाहरु केटाहरु देख्नु हुन्छ त्यो अनुपातमा उनीहरु सँग उमेर मिल्दो जुल्दो अनुपातमा त्यहा युवतीहरु हामी देख्दैनौ । यो एउटा राजनितीले चाह्यो भने तपाई र मेरो ब्यक्तीगत जिवनमा कती सम्म हस्तक्षप गर्छ भन्ने कुरा मैले दृश्तान्त दिन खोज्नलाई यो कुरा राखेको हो ।
हेर्नुस नेपालमा १९ दिनको आन्दोलनमा भयो ६२ सालको चैत देखि ६३ सालको बैसाख सम्म त्यो आनदोलनमा जम्मा जम्मी २२ जना व्यक्तीहरु शहिद भए । आन्दोलन चल्यो १९ दिन मान्छे मरे २२ जना तर त्यो आन्दोलनमा १०लाख मान्छे सडकमा आए अनि यो देशमा अढाइ सय वर्ष साडे र्दुइ सय वर्ष देखिको शासन ब्यवस्था राजतन्त्र यसले समाप्त पार्यो । तपाई हामीले देख्दा सम्म यो तराइमा बस्ने कालो रड्डका मानिसहरु जसलाई मधेशी भनिन्छ त्यो बेलामा हेपेर मधेसे भन्दथे , उनीहरुले २२ दिनको आन्दोलन गरे फेरी २४ जनामा शाहदत भो ५-६ लाख जनताका साथ राजमार्गमा उत्रेका हुन , हिडेका हुन २४ जना सहिद भए २२ दिन आन्दोलन भयो । प्रतिफल आज के छ भन्दा खेर होर्नुस मधेशी समुदायका मानिसहरु आज सबै ठाँउमा एउटा उन्नत स्थरमा पुग्न सफल भए , यो ८-१० वर्षमा भित्र ।
तर अहिले दिन मा दुइ ओटा लास चाही विदेशमा नोकरी गर्न गएकाहरुको तपाई त्रिभिवन अन्तराष्ट्रिय विमान स्थलमा हेर्न जानुभो भने दिनै दिन लामो बक्समा प्याकिड्ड आएको देख्न सक्नु हुन्छ , महिनामा ६० जना बिना अर्थ सहिद हुन्छ तर कुनै परिवर्तन हुदैन । सहि किसिमले यो देशमा २२ जना सहिद हुदा यो देशको २५० वर्षको सत्ता पल्टीया , यो देशमा २२ दिन आन्दोलन हुदा २४ जना मधेशी सहिद हुदाँ मधेशीहरुको भाग्य र भविष्य चाही सुवर्णन अक्षर ले लेखियो । तर आज महिनामा विदेशमा कर्म गर्न जाने युवाहरु महिनामा ६०-७० जना मृत अवस्थामा डब्बामा फर्कि राखेको छ नेपालमा कुनै परिवर्तन हुदैन । त्यसले गर्दा मैले भन्न खोजेको कुरा यती मात्र हो कि आज विदेशमा ३५ लाख मान्छे छन । तर त्यो मान्छे कराएर यो देशमा सत्ता परिवर्तन हुदैन । विदेशमा भएका ३५ लाख युवाहरु मध्य दिनमा दुइ वटा होइन दिनमा २५ औ मरेर फर्किए पनि यो देशमा परिवर्तन हुदैन । यो देशमा अधिकारको लडाई सफल हुदैन तर यही तपाई र मैले ५ लाखको सङख्यामा यही सडकमा लड्छौ सहरमा लड्छौ भने त्यो ३५ लाख बाट ५ लाख जनाले लड्छौ भने तपाई र मैले जुग जुगमा नपाएको अधिकार अब पाउन सकिने छ । मरेर सबै जान्छन , शरिर सबैको विलिन भएर जान्छ तर धेरै शरिर विलिन हुदा पनि यो देशका परिवर्तन आएन र थोरै शरिरले साहदत प्राप्त गर्दा पनि परिवर्तन आयो त्यसमो मर्म यती मात्रै छ कि सघर्ष सहि किसिमले गर्यो भने त्यसको प्रतिफल प्राप्त हुन्छ । सघर्ष गलत किसिमले गर्यो भने त्यसको प्रतिफल प्राप्त हुदैन भन्ने कुरा हो ।
त्यसले गर्दा आज यो देशमा सत्ताधारीहरु यसरी लागेका छन कि युवाहरुलाई १६ वर्ष पुगेकालाई नागरिता दिएर पासपोर्ट बनाएर सस्तो भन्दा सस्तो कामदारको रुपमा विदेश पठाए पछि अब के हुनेवाला छ भन्दा अहिले २०१४ छ २०२० मा नेपाल बाट अब नयाँ ४० लाख युवाहरु अब विदेशमा लखेटिदै छ । जो जान्छन उसलाई लखेटिएको महसुस हुदैन तर लखेटिने वातावरण बनाइदै छ । अब विचार गर्नु ५ लाखले लडेर मधेशीले अधिकार पाए । १० लाख जनाले काठमाडौमा लड्दा यो देशमा हामीले गणतन्त्र ल्यायौ भने अब यो लड्नेहरु अब आफ्नो अधिकारको लागि नलडुन भन्नको खातिर दश हजारमा, पन्द्र हजारमा, विस हजारको आसवाशनमा अब यती तिब्र गतीमा पठाइदै छ कि डाटा आइसक्यो अब सन २०२० साल सम्ममा सक्षम युवाहरु चालिस लाख विदेशमा हुनेछन । त्यो भन्दा पहिलाको पैतिस लाख भै हाल्यो ,चालिस लाख जोडेदा , पचहत्तर लाख भयो ।
पचहत्तर लाख जसको रगत तातो छ , जो अन्याय सहन सक्दैन , जो न्यायको पक्षमा वकालत गर्छ , त्यो उमेर समुहलाई यसरी मुलुक बाट विस्थापन गरेर , केटा केटी र बुढा बुढी देख बनाएर यो मुलुकलाई ब्रह्मलुट गर्ने एउटा ग्राण्ड डिजाइन चलिराखेको छ । यस्ता कुरामा तपाइ र म सजक हुने बेला कि छ भने अबको यो संविधान आउने बेला छ । त्यो बेलामा तपाइ र मैले लड्न सकनौ भने जसले लड्छ उसले केही न केही सुविधा पाउछ , अधिकार पाउछ । जो लडेदैन उ अब पाच सय वर्ष पछि पर्ने वाला छ । पाच वर्ष पछि होइन पचास वर्ष पछि होइन , पाच सय वर्ष पछाडी पर्ने वाला छ किन भने जो लडेको हुन्छ यो ठाउमा उसले केही न केही अधिकार पाउछ नलड्नेहरु अधिकार बञ्चित हुन्छन , अधिकार बञ्चित हुनेहरुले फेरी अर्को लडाई लड्न फेरी सयौ वर्ष पर्खनु पर्छ ।
त्यस कारणले यहालाई अजकाल के भनिन्छ भने सिशिल कोइराला हुन त उनले बोलेको बुझिदैन तर होला भन्न पर्छ मुख चले पछि तर लेखेर आएको छ यो आउने ७१ सालको माघको ८ गते संविधान । तपाई र मलाई माघ ८ गते ,फागुन ९ गते, वा त्यो भन्दा पहिला अषोज ६ गते संविधान यही मितीमा चाहियो भन्ने कुरा होइन । हामीलाई भनेको कुरा हो कि त्यो संविधानमा यहाका स्वसित पिडितहरु , उतपिडितहरु ,जुन जाती समुदायहरु , जुन वर्ग छ , जुन लिड्ड छन, उनीहरुले आफुले त्यो शदियौ देखि नपाएको अधिकार चाही अब पाउछन कि पाउदैन भन्ने मुख्य कुरा हो । यदी त्यो अधिकारको ग्यारेण्टी हुन्छ भने किन एक वर्ष पर्खिने एक महिना पछि जरी गरे पनि हुन्छ । तर त्यो अधिकार हुदैन भने त्यो आउने माघ ८ गते आउने संविधानले पनि के तपाइ र मेरो देशमा शान्ती दिन्छ । संसारमा टाडा नजाउ हाम्रा धेरै नेपालहरु युवा दाजुभाईहरु हाम्रा भु.पु सैनिक साथीहरु खास गरेर नोकरी गर्न जाने एउटा देश छ लेबनान ।
त्यो लेबनान र इजराइल उनीहरु जहिले सुकै लडिरहन्छन । केको लागि ? भन्दा एउटा सिमाना छ उनीहरुले लेबनानको मान्छेले पनि पुजा गर्ने इजराइलको मान्छेले पनि पुजा गर्ने एउटा पुरानो धर्म गुरुको चिहान भएको ठाउँ को विषयमा , उनीहरु लडिरहेका छन । एउटा चिहानको लागि वितेर गएको धर्म गुरुको चिहानको लागि लड्ने । जैतुड्डको तोल हुने एकदम राम्रो कृही खेतहरु छन , त्यो जैतुड्ड हुने खेतको लागि लड्छन , लडिराखेका छन , यती लड्छन कि उनीहरु आफुमा मिल्न नसकेर नेपालबाट पनि शान्ति सेनाहरु गएर त्यहा मिलतउनु पर्छ । मान्छेले एउटा चिहानको लागि वर्षौ देखि लडि राखेको छ , मान्छे ले सानो जमिनमो टुक्राको लागि लडि राखेका छन । तपाइ र म चाही सायौ वर्ष देखि हामीलाई यसी थिचो भिचो राखे कि १९१० मा त्यो बेलामा राजा चाही सुरेन्द्र थिए । प्रधानमन्त्री चाही जंड्ड बहादुर थिए । त्यो बेलामा नेपालमा पहिलो चोटी नेपालमा संविधान आयो त्यसलाई संविधान भनिएन त्यसलाइ मुलुकी ऐन , नेपालमा आज भन्दा १६० वर्ष अगाडी पहिलो चोटी संविधान लेखिदा, कुन जातीले के खान हुन्छ , हुदैन ,कुन जातीले कसरी बस्नु पर्छ कसरी बस्नु हुदैन । यहा सम्म कि कुन जातीले कहा पाद्नु हुन्छ , हुदैन सम्म लेखेको छ । तपाई विचार गर्नुस त्यस्तो सम्म लेखिएर यो देखमा शासन गरिएको छ ।
अधिकारको कुरा छोड्नुस , कुन जानीको मान्छेलाई बोच्न पाइन्छ , पाइदैन भनेर पनि लेखिएको छ । भने हामीले त गाइ बाख्रा किनेको सुनेका छौ , धराने बड्डगुर किनेका सुनेका छौ , खसी बोका किन बोच भएको सुनेका छौ तर मान्छे पनि त्यो सबै होइन ,यो यो जातको मान्छे बोच्न हुन्छ त्यो त्यो जातको मान्छे बोच्न पाइदैन भनेर लेखेको छ । त्यस्तो अवस्था बाट गुज्रेर आएको हुदा हामी नेपालमा यहाको अधिकाँश जुन समुदायहरु आदिवासी जनजातीहरुको रुपमा, दलितहरुको रुपमा , मधेशीहरुको रुपमा, अल्पसङख्यकहरुको रुपमा छौ । उनीहरुको भाग्य फरक भएर उनीहरुको क्षमता नभएर होइन उनीहरुलाई त्यही खालको बन्धनमा राख्ने कानुन बनाएर १६० वर्ष अगाडी हामी माथी थिचो मिचो गरियो । त्यस बाट मुक्त पाउन लडाइ भनेको अब वास्तविक लडाइ भनेको यो ७० सालमा मंसिर चारको लडाइ त गयो , तपाइले यो नभन्नुस चुनाव हारियो गयो ।तर यो होइन , चुनाव जित्दैमा राम्रो हुने भए ,त्यो सिक्किम भनेको एउटा छुट्टै स्वतन्त्र देश लागभग ९८ प्रतिसत सित जितेर प्रधानमन्त्री भएको लेन्डुप दोर्जेले भारतमा किन विलय बनाए । चुनाव जितेर आउने सबै ठिक हुन्थे भने जर्मनमा चुनाव जितेर आउने हितलरले आफैलाई भोट हाल्ने यहुदीहरु पचास लाख भन्दा मानिस किन मारिए , चुनाव जितेरै सबै राम्रो हुने हो भने पञ्चायत काल भरि सबैले चुनाव जितेरै आएका हुन । पञ्चायतका के प्रधानमन्त्री त्यसै दगुरेर आएका हुन चुनाव जितेरै आएका हुन । पञ्चायतमा नगर पञ्च यिनी प्रधान पञ्च के चुनाव जितेरै आएका होइनन त । तर चुनाव जितेर हामीलाई के दिए त ? के २०६९ साल जेठको संविधान सभा भड्ड गर्ने मान्छे हरु यही देशमा चुनाव जितेर २०६४ सालमा गएका होइनन ? के तिनले संविधान दिए त ? होइन संसारमा होर्नुस जती पनि देशमा अहिले युक्रेन भन्ने देश टुक्रिने अवस्थामा किन पुग्यो भन्दा त्यहा चुनाव जित्नेहरुको सरकार थियो विरोधीले त्यसलाई प्ररास्त गर्यो ।
थाइल्याण्डमा महिला प्रधानमन्त्री सिनावात्रा थिए उनले बहुमत ल्याएर सरकार चलाइराखेको थियो , उनले एउटा गल्ती गर्यो त्या गल्ती विरोद्धमा देशमा विरोधीहरु र जनता उठे उनको सत्ता फालियो । त्यसले गर्दा चुनाव जित्नेले जब सम्म राम्रो काम गर्छ तब मात्र उसले समर्थन पाउछ । चुनाव जित्नेले यदि खराब काम गदैछन भने त्यसलाई तपाइ र मैले जहिले पनि प्ररास्त गर्न सक्नु पर्छ र संसारमा प्ररास्त गर्दै आएका छन संसारमा तपाईले इजिप्टमा होर्नुस त्यहाँ दुई तिहाई बहुमत लिएर जितेको राष्ट्रपति थिए । जनताले उठेर प्ररास्त गरे अहिले त्यहा नयाँ चुनाव हुदै छ । त्यसैले चुनाव जितेको के हो भन्दा जुन ठाउमा राम्रो काम गरिन्छ त्यसलाई सम्मान गरिन्छ तर गलत काम गर्ने लाई चुनाव जितेको आडमा त्यो राम्रो गर्दछन भन्ने होइन , जनताले त्यसलाई ४ वर्ष ५ वर्ष म्याद थपिरहनु पर्ने कुनै अर्थ छैन ।
नेपालमा केही महिना अगि कार्तिक को २८ गते देखि मंसिरको ७ गते सम्म ९ दिन । यो देशमा जम्मा जम्मी ९ दिनमा जती बेला बैक खुलेको थियो उक्त दिन नेपालमा जति पनि साना साना विकास बैकहरु छन, त्यो बैक मा यती धेरै पैसा जम्मा हुन आयो जनताले यती पैसा जम्मा गरे , विदेशबाट पनि त्यो पैसा आएको होइन , दशै तिहार पनि थिएन , कुनै पनि चाड पर्व केही थिएन तर पैसा यती धेरै जम्मा भो सानो सानो नेपालको विकास बैकहरुमा १० अर्व रुपैया जम्मा भो । १० अर्व भनेको ९ दिन भित्र बैकहरुमा यसरी जम्मा भो कि त्यो बैकहरु होप लेस भए । यती धेरै पैसा आए पछि यो कहा बाट आयो भन्ने प्रश्न खडा भयो त्यसले के कुरा बुझिन्छ भने त्यो दिन नेपालमा पैसा बाड्ने पर्व चलेको थियो । त्यस पछि पुषमा लगत्तै चुनाव सकेको तिन हप्ता जति भएको थियो एका एक नेपालमा नेपाल राष्ट्र बैकले अब नेपालमा भारतिय पाँच साय र हजारको नोट पनि चल्छ भनेर भनियो ।
अहिले सम्म अहिले सम्म त्यो नोट चल्दैन थियो किनकी त्यो भारतिय नेट नेपालमा चल्ने विधी विधान थिएन । तर एका एक त्यो नेपालमा चुनाव सकिए पछि त्यो किन चल्नु प¥यो भन्दा अब नेपाली नोट जो जो ले बाडे खाएको र बचेको बैकमा जम्मा गरेकै १० अवै पुगेको थियो । तर नेपालमा नचल्ने भारतमा चल्ने पाच सय र हजारको नोट यती धेरै बाडिएका थिए कि बोडरमा बस्नेले त बोडर पारी गएर किनमेल गरेर चलाइहाले तर जो पहाडमा बस्दथे जो बोडर भन्दा टाडा बस्दथे उनी हरु चार हजार पाचहजार , दश हजार आइसी बोकेर साट्न लाई बोडर पारी जाने स्थिती पनि थिएन । अब तिनीलाइ दिएको पैसा नक्कली हो भन्ने स्थिती खडा भो , उनीहरुले एउटा भण्डाफोर गर्ने स्थिती खडा भए पछि जो जो ले पैसा पाएका थिए उनीहरुले पैसा बाडने पाटीको पैसा बाडने उम्मेद्धारको भण्डाफोर गर्न भने पछि दाबाव दिएर यही खिलराज रेग्मी प्रधानमन्त्री हुने बेलामा नेपाल राष्ट्र बैकले ल ल नेपालमा अब आइसी नोट पनि चल्छ भनेर चलाए ।
नेपालमा आइसी पाच सय र हजारको नोट बाड्ने कोले होला ? त्यो लिने को होला? यि तमाम कुराले के सङकेत गर्छ भन्दा तपाइ हामी जस्ता युवालाई अझै सजक हुनु पर्ने छ । नेपाली नोट १० अब नाग्यो भारु कती थियो होला । आज ब्ल्याक मनी लाई ह्वाइट मनी बनाउने काम पनि भो धेरै कुराहरु यस्तो युवाहरुले ध्यान नदिएको हुन सक्छन । तर यसले अहिले को संविधान सभामा जुन बनोट छ जुन ६०१ जना मध्यमा जो गएका छन । उनीहरु चाही सबै चोखा सबै इमान्दार वा बास्तविक भोट पाएर गएका छैनन । कतै त्यही लेन्डुप दोर्जे जस्तो अरुको इशारामा अत्याधिक बहुमतले जित्ने अनि आफ्नो देश अरुको देशमा मिलाउने गद्दार गर्ने खालकाहरुलाई पनि सिकाएर त गएका छैनन भन्ने कुरा यो सरकारले दिएको तथ्याड्डको भनि राखेको छ । हामीलाई सोच्न बाध्य पारी राखेको छ । त्यसले गर्दा खेर यस तथ्याङ्कमा तपाइ र म युवाहरुले सबै भन्दा बढी सम्वेदनशिल भएर सबै भन्दा बढी ध्यान दिएर हेर्न आवश्यक छ ।
अन्तमा युवाहरुको छैठौ राष्ट्रिय सम्मेलन चल्दै गर्दा नेपालमा एउटा लडाइ के आएको छ भने संघियता भनेको देश गरिब बनाउछ आउन दिनु हुदैन भन्ने र अर्के कुरा संघियताले जाती जाती लडाउछ भन्ने कुरा छ । यसको पक्षमा राष्ट्रिय जनमुक्ति पार्टी मात्रै हिजो २०४७ साल देखि आज सम्म लडदै आएको छ र भोली पनि लडछ कि संघियताले देश गरिब बनाउने होइन । देश कसरी देश कसरी धनी बनाउछ भन्दा आज होर्नुस नेपालमा के आज सम्म सघियता छ त ? छैन । बारु कीरात कालमा लक्क्षवीकालमा ,मल्ल कालमा यो नेपालमा भिन्न भिन्न संघियता थिए स्वयत्ता थिए । त्यसकारणले त्यो बेलामा यो नेपाल नबन्दैको नेपाल एसियामै धनी थियो ।
आज होर्नुस संघियता बिना यो देश चलेको ढाइसय वर्ष भो आज देश कहा छ ल भन्नुस त । संघियता भएर देश गरिब हुने संघियता नभएर देश धनी हुने हो भने भारतमा बास्तविक संघियता सुरु भएको त्ही ६५ वर्ष जति भयो । भारतमा संघिय मुलुक नहुने बेलामा भन्दा कयौ गुना गरिब थियो , गरिबीको एउटै उदाहरण बुझ्नुहोस नेपालबाट चामल किनेर खान्थ्यो । नेपालको काठमाडौमा बिजुली बल्दा भारतमा मट्टीतेलको लालटिन बालेर बस्दथे । तर संघियतामा गए पछि भारत आज होर्नुस , संसारको टप टेन पावरफुल कन्ट्री भइसक्यो । संघियतामा गएर देश गरिब हुने भए त भारत त झन गरिब भएर जाने होइन र ? सानो देशमा संघियता आउन नहुने हो भने सानो देश संघियता आएर गरिब हुने हो भने त्यो स्विजरलैण्ड नेपाल भन्दा करिब आधै सानो छ , त्यो त अहिले मगन्ते मुलुक हुनु पर्ने आज संसारलाई ऋण दिन सक्ने देश किन भएराखेको छ ? त्यसले गर्दा सही जवाफ के हो भन्दा संघियता यदी आयो भने धेरै टाडा जानु पर्दैन संघियताको एउटा नमुना नेपालमा छ ।
हिजो सरकारले जोगाउने बेलाको वन र आज समुदायको हातमा हुदाँखेरको वन होर्नुस त समुदायले वन मात्र जोगाएको छैन , राम्रा राम्रा बहुआयमिक काम गरेर अझ विकास गरेका छन । जनताको हातमा जबो सानो वन आउदा त्यहा विकास भएको होर्नुस न । संघियता भनेको जनताको हातमा सत्ता , शासन गर्ने अधिकार, विकास गर्ने अधिकार आउने भनेको हो । अग्रेजी मा संघियता भनेका यती बुझ्नुहोस पावर टु द लोकल गर्भरमेन्ट । सबै भन्दा तल्लो तहको स्थानिय निकाय जुन छ , सबै भन्दा बढी अधिकार उसले पाउने भनेको हो । त्यसले संघियताले देश टोड्ने होइन, देशलाई जोड्ने हो । त्यसैले गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले देशलाई जोड्ने नाराको साथ यो संघियताको मुद्धा बोकेर आएको छ । आज यहाहरुलाई एउटा विश्वास दिलाउने कुरा छ ,हामी एउट विश्वस्त हुने कुरा छ कि बास्तविक लडाई अब सुरु भो चुनावको एउटा चरण सकियो हाम्रो पार्टी पनि त्यहा छ । दुइ सिट हुनेको हैसियत पनि उही हो , एक सिट हुनेको हैसियत पनि उही हो, सय सिट हुनेको हैसियत पनि उही हो । किन भन्दा खेर संविधान सभामा त्यहाका जुन तिस ओटा पार्टीहरु छन, सबै पार्टीको समान हैसियत हुन्छ । अङ्क मात्र फरक हो जसको धेरै सभासद छ उसले घेरै उले धेरै तलब खान्छ , उसले सरकार चलाउन पाउछ, तर जसको सङख्या कम छ त्यो भन्दैमा उसको कुरा लागु नहुने कुरा होइन ।
हामी सभासदहरुलाइ एउटा सर्तमा पठाएका छौ कि यदी संविधानमा संघियता सुनिश्चित हुदैन, संघियता पनि पहिचानमा आधारित संघियता सुनिश्चित हुदैन भने संविधान र संघियता माथि धोका हुदैछ भन्ने लाग्यो भने सार्वजनिक सम्वोधन गरेर त्यहाको सदस्यता चाहि च्यातेर सडकमा सडकमा आउने छौ भनेर क्रिया खुवाएर मात्र त्यहा पठाइएको हो । सुविधाको लडाइ गर्न त्यहा हाम्रा सभासद गएका होइनन् र सुविधाको लडाइमा त्यहा टिक्ने पनि रहनेको अवस्था पनि होइन । त्यसैले अबको जुन निर्णायक घडी छ खास घडी आउछ संविधानको मस्यौदा आए पछि त्यो बेलामा तपाई र मैले जति कसरत गर्न सक्यौ , जति सघर्ष गर्न सक्यौ, जति दवाब दिन सक्यौ, उती नै हाम्रो अधिकार सुनिश्चित हुने आधार रहन्छ । त्यो अवस्थामा यदी अब हामी सक्दैनौ भने हामी सिथिल हुन्छौ भने त्यो अधिकारहरु हामीले प्राप्त गर्ने अवस्था रहदैन र अब अहिले हामी पछि परियो अब पाच वर्ष पछि लडौला भन्ने अब चाही त्यो हुने वाला छैन । अबको दश वर्ष पछि लडौला त्यो पनि हुने वाला छैन । अब जुन व्यवस्था आए पछि त्यसको विरुद्ध लड्न सयौ वर्ष लाग्छ । जुन जाती जुन समुदाय , जुन लिड्ड, जुन वर्ग, जुन क्षेत्रले अहिले लड्न सक्दैन फेरी तत्काल कहिले पनि लड्न सक्दैन भन्ने कुरा प्रष्ट छ ।
त्यसैले युवाहरुलाई यि कुराहरु युवाहरुको सम्मेलनमा एउटा सन्देशको रुपमा लिन आग्रह गर्दै राष्ट्रिय जनमुक्ति पार्टी यसैको लागि देश व्यापिरुपमा सुद्धिकरण अभियान भन्दै पार्टीलाइ शसक्त बनाउदै गर्ने क्रममा पनि छ र खबरदरी अभियान भनेर सधैझै अधिकार बाट बञ्चित परिएका समुदाय , जातीहरु, क्षेत्र, लिड्ड, वर्गका जनतालाई सुशजित र सचेत पार्दै जागरुक बनाउदै हिड्ने, संगठित बनाउदै हिड्ने अभियान सुरु भएको छ म यही कुराहरु यहाँहरुको अगाडी राख्दै मेरो मन्तब्य यही टुङग्याउन चाहन्छु ।
धन्यवाद ।