मगर पहिरनमा फेशन शो

Read Time:2 Minute, 0 Second

मनोज घर्तीमगर-पोखरा  

नयाँ वर्षको अवसरमा नेपाल मगर संघ काठमाडौंले गरेको ‘११औं चिन्डिके डुप्के’ महोत्सवमा फेशन शो गरिएको छ । 

   

टुँडिखेलमा गरिएको महोत्सवमा १८ मगरात र १२ मगरात क्षेत्रका मगरले लगाउने पहिरनमा पाँच जना युवति र पाँच जना युवा मोडल र्याम्पमा उत्रिएका थिए । गुन्यू चोली, घलेक, पटुका, टेकी, हम्मेल, फुली, मुन्द्री, चेप्टे, रुमाल, पहेंलो पोते, औंठी, तिलहरी, कुण्डल लगाएर मोडलले क्याटवाक गरेपछि धेरैले तारिफ गरे । मगर युवतीले जति नै आधुनिक भए पनि चाडपर्व, विवाह एवं अन्य उत्सवहरुमा जातीय पहिरन लगाउने भएकाले यसलाई अझ व्यापक बनाउनलाई प्रचार गर्न फेशन शो गरिएको कोरियोग्राफर एवं मिस मंगोल बिजेता सपना रोकामगरले बताइन् ।  

फेशन शो मा मोडलले मगर युवाले लगाउने ढाँका टोपी, कमिज, इस्टकोट, कछाड, गा“दा, वेस्ट कोट, खुर्पेटो, खुकुरी भिरेर स्टेज उत्रिएका थिए ।  

  सहरबजारमा यस्तो फेशन कमै देखिए पनि गाउँघरमा कतिपयले अझै पनि दैनिक रुपमै मगर पहिरन लगाउने गरेका छन् । त्यस अवसरमा साँस्कृति कार्यक्रम, लिगलिगे दौड, खाना महोत्सव कौडा नाँच, लोकदोहोरी, छेलो, पप कन्र्सटलगायत कार्यक्रम गरिएको संघका अध्यक्ष डबबहादुर गर्बुजा मगरले जानकारी दिए ।  

महोत्सवमा मगर परिकारका १५ जति र करिब ४० वटा जति पर्यटन, कृषी, सांस्कृतिक तथा व्यापारिक स्टल राखिएको थियो । कार्यक्रम चैत २९ र ३० गते भएको थियो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %