मेगा मोडल उपाधि अञ्जली र सन्तोषलाई

Read Time:2 Minute, 26 Second

मनोज घर्तीमगर-पोखरा 

 

 

 

 

 

 

 

 

 

 

‘मेगा मोडल पोखरा’ को उपाधि मिसतर्फ अञ्जली विजुक्छे र मिस्टरतर्फ सन्तोष सेनले जितेका छन् ।   मंगलबार पोखरा सभागृहमा भएको प्रतियोगितामा सुष्मी पुन फस्ट रनरअप भइन् । यस्तै सागर श्रेष्ठ र भूपेन्द्र ढकाल मिस्टरतर्फ फस्ट रनरअप भए । १८ जनाको प्रतिस्पर्धामा मिस फिगरको टाइटल सोनी ठकुरीले पाइन् । भ्यूअर च्याइसको उपाधिसहित मोस्ट फेसनेवल उपाधि मनु पुनले जितिन् । मिस ट्यालेण्ट अनालिसा गुरुङ, मिस पप्पुलर र मिस फोटो जेनिक सुष्मी पुन, बेस्ट वाकमा अञ्जली बिजुक्क्षे, बेस्ट डेरसमा लक्ष्मी थापा, मिस टेरन्डीमा सोनिया छन्त्याल भइन् ।

 

 

 

 

 

 

 

 

 

मेगा मोडलको पुरुÈतर्फ भ्यूअर च्याइसमा दीपेन्द्र सुनार, फिजिक्स सागर श्रेष्ठ, ट्यालेण्ट दीपेन्द्र सुनार, पपुलर तथा मिस्टर टेरन्डी भूपेन्द्र ढकाल, फोटो जेनिक सन्तोष सेन, फेसनेवल सोयाम गुरुङ, वाक कमल गुरुङ, डेस अजय पुन, मिस्टर डाजिङ प्रतीक तिमिल्सिना, चामिर्ङ दुर्गाबहादुर खत्री र स्मार्टको सबवाइटल  एञ्जेल प्रधानले जिते ।  

 

 

 

 

 

 

 

 

 

उनीहरुलाई कार्यक्रममा मुख्य पाहुना साहित्यकार सरुभक्तले मुख्य टाइटलसहित सवटाइटल विजेतालाई मेडल र प्रमाणपत्रका साथमा नगद पुरस्कार प्रदान गरेका थिए । उनले यस्ता प्रतियोगिताले मोडलिङमा लाग्न चाहनेलाई अवसर प्राप्त हुने बताए । सिल्क एयर होस्टेज ट्ररनिङ सेन्टरको सहयोगमा भएको सो र ट्रेनर नेपालको आयोजनामा कार्यक्रम भएको थियो । त्यस अवसरमा बि गल्र्स, बि बक्स, अन्य नृत्य तथा सांस्कृतिक प्रस्तुत देखाइएको  थियो ।

तस्वीरः उमेश पुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %