बुद्धबारे अम्बेडकरले छरेको भ्रम

Read Time:2 Minute, 14 Second

मनोज घर्तीमगर – पोखरा

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने धेरैलाई थाह छ । केहीसमयदेखि बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम फैलिएपछि पोखरेलीको मन कुँडिएको छ । यहि भ्रम चिर्न र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालले ४० औं शृङ्खलामा भारतीय संविधानविद् तथा राजनीतिज्ञ डा. भीम राव रामजी अम्बेडकरको किताब ‘बुद्ध र उनको धर्म’ किताबमाथी बहस चलायो ।

 

बुद्ध धर्ममा विद्यावारिधि गरिरहेका बहसका मुख्य वक्ता नेत्रप्रसाद शर्मा आचार्यले अम्बेडकरले बुद्धलाई भारतीय भएको प्रमाणित गर्ने र बुद्ध दर्शनलाई तोडमोड गर्ने प्रयास गरेको आरोप लगाए । सिँचाइका विषयमा भएको विवादले देशनिकाला भएको प्रसङ्ग किताब रहेको भन्दै आचार्यले मृत, रोगी, माग्ने वा वृद्ध देखेकै भरमा बुद्धले देश नछाडेको दावी गरे । उनले बुद्धबारे गलत भ्रम फैलनुमा नेपाली विद्वान्हरुकै कमजोरी रहेकोमा चिन्ता गर्दै नेपालकै गहना बुद्धबारे यस्ता बहस निरन्तर हुनुपर्ने बताए ।

बौद्ध भिक्षु आचार्य थुप्देन येसे लामाले अम्बेडकरले किताबमा उठाएका अधिकांश प्रसङ्ग झुट भएको दाबी गरे । बौद्धमार्गीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा डा. गेहेन्द्रमान उदास, सफल घिमिरे, विष्णु पौडेल, महेन्द्र रिमाल, स्वामी योगानन्द, शान्ति भुसाल, नारायणप्रसाद अधिकारी, प्रकाशमान गुभाजूलगायतले टिप्पणी गरे ।

वैशाख २७ गते श्यामलको निबन्धसङ्ग्रह ‘रित्तो  गाउँ’को परिचर्चा बाबुराम सुवेदीले गर्नेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %