टुहुरीलाई मुटुरोग लागेपछि बिचल्लीमा,सबैमा सहयोगको आग्रह

Read Time:3 Minute, 29 Second

देब पचभैया  

पाल्पा, बैशाख ४ – ढेड बर्षको छदै बुवा गुमाएकी बराङ्गदी ५ सापाखुम पाल्पाकी ३६ बर्षिया लक्ष्मी कुमारी पांडे मगर मुटु रोगले थलिएपछि उनी र ६३ बर्षिया आमा तिलकुमारीको बिचल्ली भएको छ ।

टोलछिमेकमा निमेक गरी बुढी आमा पाल्दै आएकी लक्ष्मीलाई मुटुरोगले भेटाएदेखि नै छिमेकीहरुले अन्तपात सहयोग गर्दे आएका छन् । लक्ष्मीका आफन्तले आज तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी सहयोग जुटाईदिन आग्रह गरेका छन् ।

उनलाई  २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उनलाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र  रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको उनले बताईन् ।

  अस्पतालले तत्काल मुटुको अप्रेसन गर्नुपर्ने बताएपनि पैसाको अभाबमा अहिले सम्म अप्रेसन गर्न नसकेको लक्ष्मीका काका कृण्ण बहादुर पाडेले बताए । अहिले सम्म ६ लाख बढी खर्च भएको र अप्रेसन गर्न तत्काल ५ लाख अस्पताले मागेको काका कृण्णले जनाकारी दिएका छन् ।

गाउ छिमेकीले सकेजति सहयोग गरिसकेकाले अबको उपचारको लागी स्थानियले सहयोग गर्ने अबस्था नभएको छिमेकी चरा बहादुर रानाले बताए । उनका छिमेकीहरुले जिल्ला स्वाथ्य कार्यालयमा पनि आबश्यक कागजात पेश गरेर सरकारी सहयोगको लागी निबेदन दिएको बताएका छन् । मुखबाट रगत आए बढी खतराहुने भएकाले तत्काल अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाएको भन्दै मुटुरोगी लक्ष्मीले एक महिना अघि बाट अलि अलि रतगको छिटाहरु देखिन थालेको बताईन् । हरेक ३ हप्ताको फरकमा पाल्पा स्थित युनाईटेड मिसन अस्पतालमा मुटुको परिक्षण गरिरहेका लक्ष्मीले एक पटक जाच गराउदा ६ सय बढी खर्च भैरहेको बताईन् । आफु बाचेर बुढी आमा पाल्ने र छिमेकीले दिएको सहयोगको गुन तिर्ने लक्ष्मीले बताउदा पत्रकारका आसु रसाएका थिए ।

बस्ने झुप्रो र पाखो बारी बाहेक केही छैन, लक्ष्मीले भनिन् काम गर्न सक्ने सम्म भएपनि निमेक गर्न जान्छु ।  पत्रकारहरुले कार्यक्रममा भएको चिया खाजा खर्च र केही आर्थिक सहयोग पनि गरेका थिए ।  

लक्ष्मीले आफुहलाई सहयोग गर्न चाहानेहरुले गरिमा बिकास बैङ्क लिमिटेड तानसेन पाल्पाको खाता नम्बर ००६०००१११२०५ मा पैसा जम्मा गरिदिन आग्रह गरेकी छिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %