गोरेबहादुर खपाङ्गी र डा.ओम गुरुङलाई पु:न आर्थिक सहयोग

Read Time:3 Minute, 7 Second

तुल्सी राना

हङकङ , १३ अप्रिल  – मोटरसाईकलको ठक्कर बाट गम्भिर घाइते भएर लामो समय देखी हस्पिटलको शैयामा स्वास्थ्य लाभ गरिरहेका पुर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर र दुबै म्रिगौलाले काम काम गर्न छाडे पस्चात उपचारको आज दोश्रो पटक सहयोग रकम हस्तान्तरण गरेको छ ।

फोटो: तिलक सोमई

 आदिवासी जनजाती समुदायका अग्रणी नेता खपाङ्गी तथा डा.ओम गुरुङलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता स्वरुप उक्त सहयोग समिती गठन भएको हो ।आदिवासी जनजाती महासंघ हङकङ र नेपाल आदिवासी जनजाती युवा संघ हङकङको पहलमा गठित जनजाती महासंघ हङकङका सल्लाहकार भक्त दुरा सहयोग समितीका सम्योजक रहेका थिए । यो समितीले यो भन्दा अगाडि पहिलो किस्ता स्वरुप जनही १ लाख पचास हजारको दरले दुबै नेताहरुलाई सहयोग रकम हस्तान्तरण गरी सकेको थियो ।

जोर्डन स्थित फुल्बारी क्ल्वमा एक पत्रकार सम्मेलन द्वरा दोश्रो तथा अन्तिम सहयोग रकम हस्तान्तरण स्वरुप (पहिलो र दोश्रो) गरेर जम्मा नेपाली रुपैया ५,२२,७०० को चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा अब अन्तिम सहयोग रकम स्वरुप दुबै जना नेताहरुले जनही १,११,३५० रुपैयाको दरले नेपालमा बितरण गरिने जानकारी गराएका थिए ।

  आर्थिक सहयोग सङ्कलन समितीका सम्योजक भक्त दुराको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई आदिवासी जनजाती युवा संघका सचिव तिलक सोमै मगरले सन्चालन गरेका थिए । कार्यक्रममा आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष यम. बि थापा मगर र सल्लाहाकार नरहाङ राई,तमु टहो ह्युलका उपाध्यक्ष कुमार गुरुङ र आदिवासी जनजाती युवा संघका अध्यक्ष बिजय लिम्बुको बिशेष उपस्थितीमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

बोल्ने क्रममा आजको मिती देखी गोरेबहादुर खपाङ्गी तथा डा. ओम गुरुङ सहयोग समिती बिघटन भएको जानकारी गराएका थिए । भविश्यमा यस्ता भै पारी आउने समस्या र सङ्कतहरुमा फेरी यस्तै खालका सहयोग समिती गठन गरिने जानकारी दिएका थिए । कार्यक्रममा सल्लाहकार नरहाङ राइ र युवा संघका अध्यक्ष बीजय लिम्बुले पनि सम्बोधनको क्रममा उक्त कार्यको प्रसंशा गरेका थिए ।

साभार: हंगकंग नेपाली डट्कम्

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %