फिमला कप बास्केटवलको उपाधि फिमला क्लबलाई

Read Time:2 Minute, 42 Second

डा. प्रेम पुन सम्मानित

मनोज घर्तीमगर

पोखरा ३०, चैत्र – आयोजक फिमला क्लवले आईतबार पोखरामा सम्पन्न भएको फिमला कप बास्केटवल प्रतियोगिता २०७० को उपाधि जितेको छ । पोखराको मनकामना बोर्डिङ स्कुलको बास्केटवल कोर्टमा आइतबार भएको फाईनल खेलमा आयोजक फिमलाले बैदाम पुन समाजलाई ९५–७४ को स्कोरले पराजित गर्यो । फिमलाको जितमा किरण पुनले ३२ स्कोरको योगदान दिए ।

भेट्रान्सतर्फको बास्केटवलको उपाधि भने अर्चलवोर्ट पुन समाजले जितेको छ । अर्चलवोटले फाईनल खेलमा लामाचौरको लाली गुराँस पुन मगर समाजलाई ६१–४६ स्कोरले पराजित गरी उपाधि जितेको हो । अर्चलवोटको जितमा राजकुमार पुनले ३३ स्कोर गरे ।

प्रतियोगिता अन्र्तगत पुरुषतर्फको प्रतिष्धर्पामा ९ समुह र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको क्लवले जनाएको छ । प्रतियोगिताको विजेताले १७ हजार उपविजेताले ११ हजार र भेट्रान्सतर्फ प्रथम हुनेले १० हजार र उपविजेताले ७ हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई कास्की जिल्ला बास्केटवल संघका सचिव ध्वज कुमार गुरुङ, सदस्य जमानसिंह दुरा, क्लवका अध्यक्ष केसबहादुर पाईजा, सहयोगी मनबहादुर रामजाली लगायते पुरस्कार वितरण गरे ।

उक्त अवसरमा डाक्टर प्रेम पुन सम्मानित भएका छन । क्लवका सल्लाहकार क्याप्टेन ओम गर्रबुजा र नारायण पुनले उनलाई सम्मान पत्रको साथमा भाङग्रा प्रदान गरी सम्मान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख बसन्त कुमार लामाले कार्यक्रममा बोल्दै यस्ता खेलकुद गतिविधिले समाजमा हुने विकृतिलाई समेत न्युनिकरण गर्ने भएकोले युवाहरुलाई खेलकुदमा लाग्न आग्रह गरे । प्रतियोगिता समापनको अवसरमा विभिन्न संघ सस्थाहरुका कलाकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुतः गर्दा दर्शकहरुले भरपुर्ण मनोरन्जल लिएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %