नीशालाई मिस हङकङको ताज

Read Time:2 Minute, 28 Second

मनोज घर्तीमगर 

पोखरा, २९ चैत – ‘छैटौ मिस हङकङ ट्यालेण्ट कन्टेष्ट’ को उपाधि पोखरा लेकसाइडकी नीशा भट्टराईले जितेकी छिन् ।

  सुरुदेखि नै दर्शकको नजरमा परेकी पोखरा लेकसाइडकी नीशाले टाइटल उपाधिसहित वेष्ट हेयरको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । शनिबार भएको प्रतियोगितामा फष्ट रनर अप पोखरा रामबजारकी बन्दना गुरुङ र सेकेण्ड रनर अप बगरकी प्रज्ञा गुरुङ भक्ष्इन् । बन्दना र प्रज्ञाले क्रमशः मष्ट फोटोजेनिक र मष्ट एक्टिभको पनि उपाधि पाए ।

पोखराको हङकङ व्युटी इन्स्टिच्यूट एण्ड कलेजको आयोजनामा भएको कार्यक्रममा ११ जना युवती स्टेज उत्रिएका थिए । उपाधि विजेता, फष्ट रनर अप र सेकण्ड रनर अपले नगदसहित थुप्रै गिफ्ट ह्याम्पर पुरस्कार पाए । प्रतियोगितामा मष्ट ट्यालेण्टको उपाधि गीता नेपालीले पाइन् भने दर्शक छनौटमा जीना गुरुङ परिन् । मष्ट डिस्सिप्लिनमा ज्ञानमाया राना, वेष्ट स्किन तथा डान्स मञ्जिला तामाङ, मष्ट फ्रेण्ड्ली सीतु थापामगर, मष्ट इन्टिलिजेण्ट बिना गुरुङ, मष्ट पर्सनालिटीको उपाधि चाँदनी सुवेदीले पाए । कलेज सञ्चालक मीना गुरुङले महिलाको अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको बताइन् ।  

उनीहरुलाई प्रमुख अतिथि गोर्खा बराह एण्ड ज्वेलरी इण्डष्ट्रिज प्रालिका हरिकुमार धमला, कलेजकी सञ्चालक मीना गुरुङ, सन् २०१३ कि मिस हङकङ सुजु पुन, निर्णायक दिनेश अर्याल, शान्ति गुरुङ र सीता गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

सांगीतिक कार्यक्रमका साथ भएको प्रतियोगितामा प्रतिष्पर्धीहरुलाई टप सेभन हुँदै टप फाइभ गरी अन्तिम छनौट गरिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %