गल्याङ् भू.पू सैनिक स्कूलको साधारणसभा सम्पन्न

Read Time:2 Minute, 22 Second

स्याङ्जा

गल्याङ् , चैत्र २९ – गल्याङ् भू.पू. सैनिक सेकेण्डरी स्कूल, जगत्रदेवि – ८ , गल्याङ्ले आफ्नो ९ औं साधारणसभा सम्पन्न गरेको छ ।

  साधारणसभाको उद्धघाटन गर्दै गल्याङ् वहुमुखि क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका विशेष सल्लाहकार गोविन्द सिग्देलले भू.पू. सैनिकहरुले शैक्षिक क्षेत्रमा पुर्याएको भुमिकाको प्रसन्सा गर्दै विभिन्न शैक्षिक गतिविधिहरुलाई रचनात्मक तवरले अगाडि वढाउन आग्रह गरे। गल्याङ्मा भू.पू. सैनिकहरुद्धारा सन्चालित स्कूलको भविष्य उज्वल रहेको वताउदै व्यवहारिक र वैज्ञानिक शिक्षा पद्धतिमा अगाडि लैजानुपर्नेमा उनको जोड थियो ।

साधारणसभामा समाजसेवि तथा विद्यालयका सल्लाहकार विश्वनाथ अर्याल , भू.पू. इनेस्पेक्टर खड्ग वहादुर राना मगर , केशव न्यौपाने , सु.यौवहादुर राना मगर लगाएतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु.चन्द्रवहादुर रखाली मगरले हाल सम्मको विद्यालयको आर्थिक, तथा शैक्षिक, प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०७० साल देखि माध्यामिक तहको अनुमति प्राप्त गरेको भू.पू. सैनिक सेकेण्डरी स्कूलले गल्याङ् क्षेत्रमा शैक्षिक गुणस्तर लाई मजवुद वनाई पश्चिमी क्षेत्रकै मुटुको रुपमा रहन विद्यालयले गृहकार्य गरिरहेको रखाली मगरको भनाई छ ।

विद्यालयका अध्यक्ष सु. चन्द्र वहादुर रखाली मगरको सभाध्यक्षतामा शिक्षक विनोद रखाली मगरको स्वागत सगैं सुरु भएको कार्यक्रमको सन्चालन विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगरको सन्चालनमा सम्पन्न भएको थियो ।

विनोद रखाली मगर  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %