अनुपम साङ्गीतिक साँझ हुने

Read Time:2 Minute, 1 Second

मनोज घर्तीमगर

पोखरा, २९ चैत – पोखराको अनुपम म्युजिक प्रालिले ‘अनुपम साङ्गीतिक साँझ २०७१’ तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।

  जेठ ३ गते गरिने कार्यक्रममा पोखरा र काठमाडौंका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ । त्यही अवसरमा स्रष्टा सम्मान पनि हुने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले बताए । अधिकारीका अनुसार रेम्बो चिल्ड्रेन होम, लेकसाइडका बालबालिकाको सहयोगार्थ गरिने कार्यक्रमबाट बचेको रकमले हरेक वर्ष एकजना सङ्गीतकार, गीतकार वा गायक – गायिकालाई सम्मान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिनेछ ।

कार्यक्रममा काठमाण्डौबाट इन्दिरा जोशी, निरा रानभाट, सन्तोष रुचालसहित पोखराका विभन्न कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । यसैबीच अनुपम म्यूजिकले कार्यक्रबारे छलफल तथा क्यालेण्डर विमोचन गरेको छ । नयाँ वर्ष २०७१ को क्यालेण्डर शनिबार  प्राज्ञ हरिदेवी कोइराला र गायक रामभक्त जोजिजूले संयुक्त रुपमा विमोचन गरे । छलफलमा सहभागीले फरक खाले गर्न सुझाव दिदै आआफ्नो क्षेत्रबाट सघाउने प्रतिबद्धता गरेका थिए । कार्यक्रम सफल बनाउन अनुराग अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा गोमा ढकाल, सचिवमा रुपिन्द्र प्रभावी, सहसचिवमा ऋषि खतिवडा, कोषाध्यक्षमा अनु गुरुङ छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %