धरानले भित्र्यायो वन बाट धन

Read Time:8 Minute, 15 Second

दिल प्रसाद थापा मगर

धरान – विद्यालयको पठ्यक्रमा नेपाली विषयमा हरियो बन नेपालको धन भन्ने एउटा च्याप्टर त्यो पनि थियो ।  दिन प्रति दिन बनजङ्गल विनास भइरहेको अवस्थामा सरकारले सामुदायिक बनको अवधारणा ल्यायो । आजकल सामुदायिक वन अपभोक्ताको धन भन्ने टुक्का चलन चल्तीमा आएको छ । वन जङ्गल संरक्षणको लागि स्थानिय स्तरबाट संचालन भए मात्र संरक्षणको काममा प्रभावकारिता आउछ । बनजङ्गल संरक्षित गर्न र चलाउन पनि कम चुनौतीपुण काम होइन । यसमा सबै उपभोक्ताहरुको सहभागिता , राय सल्लाहको आवश्कता हुन्छ । बनको उपभोग देखि संरक्षण गर्ने पहिलो दायित्व पनि यसका उपभोक्ताहरु नै हुन ।

  तर आजकल भने यि समुदायिक वनहरुमा पनि राजनितिक चलखेल र काठका माफियाहरुले गर्दा दिन दिनै बनजङ्गल विनाश हुदै गइरहेको छ । बढ्दो आधुनिकरण सँगै उपभोक्ताहरु दाउरामा भन्दा अन्य इन्धन ग्यासमा निर्भर हुदै गइरहेका छन । व्यस्तताले गर्दा पनि आफ्नौ घर अगाडीको वन विनाश भइरहेको देख्दा पनि टुलु टुलु हेर्ने बाहेक अरु काम नै भएको छैन । सामुदायिक वन संचालन गर्ने बहानामा हरिया सालका साना साना रुखहरु काटेर बोच्ने काम भै रहेको छ । सो वन संचालन गर्न सबै उपभोक्ताकोहरुको दायित्व र चासोको विषय हो ।

खाली समितीमा रहेका पदाधिकारीहरुलाई मात्र काम थोपार्ने र आरोप लागाउने काम गरिदै आएको छ । यसमा स्वयम् उपभोक्ताहरु वन संरक्षण गर्न क्रियाशिल हुन पर्ने हुन्छ । सबै मिलेर संरक्षण निम्ती नयाँ वैज्ञानीक उपायहरु अपनाउनु पर्ने हुन्छ । खाली  बनजङ्गलमा रहेको काठ दाउरा ,माटो , ढुड्डा , बालुवाको अव्यस्थित प्रयोग र बिक्री वितरण गरिदै आएको देखिन्छ । यस्ता कार्यलाई निर्मुल पार्न अन्य उपायहरु पनि छ । जसको उदाहरण घरानमा रहेको वन उपभोक्ता समितीको उपभोक्ताहरुले वन संरक्षण गर्न विभिन्न  उपाय अङगालेका छन । 

(उपभोक्ता समितीका अध्यक्ष हनेरी क्या. मेघनाथ राई)

  देश कै प्रमुख शहरहरु मध्य घरान नगरपालिकामा रहेको वडा नं.१९मा अवस्थित हरियाली सामुदायिक  वन उपभोक्ता समुहले वनको संरक्षण निम्ती स्थानिय युवा, महिला, बृद्धबृद्धा समाजसवी सबैको निरन्तर प्रयासमा देशकै नमुना सामुदायिक वन बनाउन प्रयासरत छन । सो वन क्षेत्रमा हरेक शनिबार प्राय मानिसहरुको घुइचो लागेको हुन्छ । प्राय जाडोयाममा त मान्छेको भिडले सो बन क्षेत्र रमाइलो मेला जस्तो लाग्छ । तर यो वनमा किन यस्तो भन्ने कौतुहलता लाग्न सक्छ । भिडले गर्दा समुदायिक बनलाई आय आर्जन गर्न पनि सजिलो भएको छ । यसको कारण भनेको हरियाली समुदायिक वन उपभोक्ता समुहमा बनाएको पार्क , आवासगृह , चिडियाखाना , हरिण पार्क , र वनभोज गर्न उपयुक्त ठाँउ भएकोले यहा विशेष आन्तरिक पर्यटन को आउने गर्दछन । यस्ता बहुआयमिक कार्यक्रमले गर्दा वन  बनजङ्गल संरक्षण गर्न सजिलो को साथै उपभोक्ताको प्रत्यक्ष सहभागिता बढेको छ ।  

  पार्क निर्माण गरे पछि त्यस त्यस बन क्षेत्रमा तारबार गरि १५ वटा बाह्र संड्डे हरिणलाई पार्कमा छोडिए पछि झनै आकर्षण बढेको छ । सो पार्क मा घुम्नको लागि प्रति ब्यक्ती ५ रुपैया प्रवेश शुल्क लिने गरिएको छ । लगभग ४० जना सुत्न मिल्ने आवासगृहले यस क्षेत्रमा आउने पर्यटनलाई सजिलो भएको छ । साथै एउटा बैठक गर्नको लागि पनि कन्फ्रेन्स हल को सुविधा भएको हुनाले विभिन्न संघ संस्थाहरु समय समयमा सशुल्क आउने गरेका छन । सो क्षेत्रमा खानेपनि देखि सरसफाई शौचालय जस्ता आवश्यक सुविधाहरु पनि उपलब्ध गराइएको छ । समुहलाई बहुआयमिक तथा स्थानिय उपभोक्ताको जिवनयापन तथा आयआर्जन गर्न साथै वन संरक्षण गर्न सहयोग भएको स्थानियले बताउछन ।

  समुहका अध्यक्ष हनेरी क्या. मेघनाथ राईका अनुसार अहिले स्थानिय १२ जना स्टाफलाई रोजगार दिइएको बताए । वन उपभोक्ता समुह संरक्षण तथा संचालन गर्न स्थानिय उपभोक्ताहरुले प्रत्यक घरधुरी बाट मासिक ५० रुपैया उठाउने गरेको अध्यक्षले जानकारी दिए  । अध्यक्षका अनुसार हाम्रो मुल उद्देश्य भनेको  बनजङ्गल संरक्षण गर्नु हो , समुहलाई संचालन गर्नको निम्ती वनमा रहेको काठ दाउरा बेचेर मात्र हुदैन अन्य विकल्प खोज्नु पर्छ त्यसमा निम्ती हामीले आन्तरिक तथा बाह्य पर्यटन भित्राउने किसिमको बन उपभोक्ता समुहले पनि टुरिजम ब्यवसाय गर्ने  विभन्न किसिमका व्यस्था बनाएका छौ । समुहको समितीको कामलाई क्रियासिलता बनाउनको लागि साताको हरेक आइतबार नियमित बैठक बस्ने नियमित रुपमा प्रगति विवरण पेश गर्ने , कार्य योजना बनाउने तथा सरसफाइ कार्यक्रम गर्ने गरिएको वन उपभोक्ता समितीका अध्यक्षले जानकारी दिए  । त्यस समुहमा अहिले उपभोक्ताको उत्साहजनक सहभागिता रहेको छ ।

  समुहले विभिन्न समयमा बन व्यवस्थापनको तालिम दिदै आएको छ । गरिवी निवारण गर्नको लागि समुहले स्थानिय श्रोत उपयोग गरि जैविक कोइला बायो ब्रिकेट उत्पादन कार्यको थलानी गरेको रहेछ । जसको उत्पादन गरेको कोइलाले  आम्दानी गर्नुको साथै विपन्न वर्गका महिलाहरु  प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । जसले गर्दा खेर गइरहेको झारपातको प्रयोगबाट तयार हुने ब्रिकेटको उपयोगबाट दाउराको अत्याधिक खपतबाट वनमा पर्ने चापलाई न्यूनिकरण गर्न मद्दत पुगेको छ ।   स्थानिय उपभोक्ताहरुको बालबालिकाहरुको बाल शिक्षालाई प्रोत्साहन गर्न समुहको आर्थिक सहयोग गर्न बाल विकास केन्द्र स्थापना  गरि २३ जना बालबालिकालाई अध्यन गराइको छ । सो वन समुह लोप हुनलागेका वनस्पती , वन्यजन्तु, तथा वातावरण संरक्षण् गरी जैविक विविधता संरक्षणमा टेवा पुर्याएको छ ।  

हरियाली सामुदायिक वन उपभोक्ता समुह १९७.३८ होक्टर क्षेत्रमा फैलिएको वनमा ८५५ घर धुरी रहेको छ भने  विधिवत रुपमा २०५९ सालमा स्थापना भएको हो राइले भने  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %