गल्याङ्मा सर्वाधिक राशिको भलिवल , तिव्र तयारीमा

Read Time:2 Minute, 7 Second

स्याङ्जा  

गल्याङ् , चैत्र २८ – “राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ” भन्ने उद्धघोषका साथ नेपाल तारा युवा क्लवको आयोजनामा खुल्ला भलिवल प्रतियोगिताको तयारी तिव्र पारीएको क्लवले जनाएको छ  ।

  युवा एकता , मेलमिलाप , सद्धभाव , परिचय , प्रतिभा प्रस्फुटनको मुख्य लक्ष्य सहित आयोजना हुने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु. ४० हजार सहित शिल्ड , द्धितिय समुहले नगद रु. २० हजार सहित शिल्ड, तृतिय हुने समुहले नगद रु. १० हजार सहित शिल्ड, र सान्त्वना हुने समुहले नगद रु. ५ हजार सहित शिल्ड प्राप्त गर्नेछन् । खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडिले नगद रु. ३ हजार प्राप्त गर्ने क्लवका अध्यक्ष डोलु थापा मगरले जानकारी दिए ।

विभिन्न रचनात्मक क्रियाकलापहरु सन्चालन गर्दै आइरहेको नेपाल तारा युवा क्लव , तल्लो गल्याङ्ले नयाँ वर्षको अवशरमा युवाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने अवशर सहित आपसि मित्रता प्रगाधको लागि खेल आयोजना गरिएको खेल सयोंजक प्रितम गुरुङले जानकारी दिए ।

नयाँ वर्ष २०७१ बैशाख १ गते उद्धघाटन हुने प्रतियोगिता विविध सांस्कृतिक कार्यक्रमका साथ वैशाख ६ गते समापन हुनेछ । आधिँखोला किनारमा अवस्थित खेल मैदानमा सन्चालन हुने खेलमा झण्डै ३० समुहको सहभागिता रहने आयोजकको भनाई छ  ।

(विनोद रखाली मगर लक्ष्मी टेलिभिजन श्याङजाका समाचार प्रमुख तथा युवा सन्चारकर्मी  हुन् )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %