मनोज घर्तीमगर
पोखरा २६, चैत – पोखराको फिमला क्लवको आयोजनामा आज (बुधबार) देखि पोखरामा फिमला कप बास्केटवल प्रतियोगिता २०७० सुरु हुने भएको छ । पोखराको मनकामना बोर्डिङ स्कुलको बास्केटवल कोर्टमा संचालन भएको उद्घाटन खेलमा लामाचौरको लाली गुराँस पुन मगर समाजले जित हासिल गरेको छ । समाजको टोलीले ढुंगेपाटन पुन समाजलाई २८ को बिरुद्ध ५२ स्कोर अन्तरले फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । समाजको जितमा केवि मगरले २४ स्कोरको योगदान दिए । उद्घाटन खेल भेट्रान्स तर्फको हो ।
पुरुषतर्फको पहिलो खेलमा आयोजक फिमला क्लवले पुन युवा क्लव अघौंलाई ६८–४८ को स्कोरले पराजित गरेको छ । खेलमा फिमलाका किरण पुनले २२ स्कोरको जोडे । मनोज पुनको १२ स्कोरको मद्धतले तेश्रो खेलमा पुन क्लव रामबजारले पाउदार पोखरा युथ क्लवलाई ३९–३१ को स्कोरले पराजित गर्यो । भोलि विहिबार ८ खेल हुने भएको छ ।
पुरुषतर्फ प्रथम हुने टिमलाई हङकङ निवासी प्रकाश पाईजा, दोश्रोलाई राप्रपा नेपालले नगद सहयोग गरेको छ भने भेट्रान्सतर्फ प्रथम हुनेलाई काहुँ देउराली पोल्टी फारम र उपविजेतालाइ विष्णुकुमारी सेरपुर्जाले सहयोग गरेकी छन । विजेता टिमलाइ प्रदान गरीने ट्रफि मेडल तथा प्रमाण पत्र भने पुन निमार्ण सेवा र सेरबादुर पाईजाले सहयोग गरेका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई होटल युएन आई सेकसाईड र भेट्रान्सतर्फ उत्कृष्ट हुनेलाई न्यु पारा वल्ड प्रालिले प्याराग्लाईडीङ गराउने भएका छन ।
यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य खड्गबहादुर रानाभाटले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको विकासमा यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा आयोजना हुनुपर्ने बताए । क्लवका अध्यक्ष केशर बहादुर पाईजाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य खगराज पौडेल, पुन समाज फुलवारीका सल्लाहकार क्याप्टेन ओमबहादुर पुन, सचिव क्याप्टेन ओमबहादुर पुन लगायतले बोलेका थिए । प्रतियोगिता अन्र्तगत पुरुषतर्फको प्रतिष्धर्पामा ९ समुह र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको क्लवका सल्लाहकार नारायण पुनले बताए । चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १७ हजार उपविजेताले ११ हजार र भेट्रान्सतर्फ प्रथम हुनेले १० हजार र उपविजेताले ७ हजार पाउने भएका छन ।