कमल चौधरी – बुटवल
त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डा.मिन पुनले आदिवासी जनजातिको डरलाग्दो इतिहास रहेको बताएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सोमबार बुटवलमा भएको “आदिवासी विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच” विषयको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । उनले आदिम काल देखि आदिवासी जनजाति विद्यार्थीहरुलाई समान किसिमको शिक्षा नभएको भन्दै वर्तमान अवस्थामा पनि जनजातिको अवस्था निकै नाजुक रहेको टिप्पणी गरे ।
साथै डा.पुनले राज्यको बिभेधको कारणले नै जनजातिको शिक्षाको अवस्थामा भयानक डरलाग्दो अवस्था रहेको बताए । इतिहासकाल देखि नै जनजातिहरुलाई शिक्षा बाट बञ्चित गरेको हुँदा आज गैर–आदिवासीको तुलनामा निकै पछि परेको उनको भनाइ थियो । उनले भने – “इतिहासकालमा जव नेपालमा जातिको आधारमा ४ वर्गमा विभाजन गरियो त्यस दिन देखि नै जात–जातिलाई दमन र शोषण गर्न थालियो ।
ब्राहमाणले मात्र पुजा पाठ गर्न हुने । उनिहरु मात्र अध्ययन गर्ने र सरकारी काजकार्यमा बाहुल्यता रहेको पाईन्छ । त्यस्तै क्षेत्रीले देशको सुरक्षा गर्ने, बैश्य शुत्र जातिले उनिहरुको सेवा र उत्पादनशील कार्यक्रममा मात्र संलग्न हुनुपर्ने जस्ता नितिहरुले गर्दा आदिवासी जनजाति शिक्षा र प्रशासनिक क्षेत्रमा निकै पछि परेका छन् ।” साथै डा. पुनले वि.स. २००१ को तथ्याङ्क अनुसार ७ मिलियन जनसंख्या रहेको बा्रहमण क्षेत्रीहरुका विद्यार्थीहरु २ लाख ५१ हजारले ग्रेजुएट लेवलको उच्च शिक्षा हासिल गर्ने गरेको तर त्यो भन्दा बढी ८० लाख जनसंख्या भएको आदिवासी जनजाति ७६ हजारले मात्रले ग्रेजुएट लेवलले पनि अझै पनि राज्यका हरेक निति निर्माण देखि प्रशासनिक कार्यहरुमा ब्राह्मण क्षेत्रीको नै बाहुल्यता रहेको बताए ।
जनजातिको न्युन पहँचको कारण आफ्नो परम्परागत भाषा क्षेत्र तथा सांस्कृतिकमा राज्यले हस्तक्षेप गरेको भन्दै डा.पुनले नीति निर्माण तहमा आदिवासी जनजातिको संलग्न हुन जरुरी रहेको बताए । उनले अन्र्तक्रिया कार्यक्रममा शिक्षा यस्तो शक्ति हो, जसले सिङ्गो समाजलाई परिवर्तन गर्ने बताउदै नेपालको शिक्षा प्रणालीमा भविष्यमा विद्यार्थीहरुले रोजगारीको ग्यारेन्टी नभएपनि विद्यार्थीहरु पढाई छोड्न नहुने बताएका थिए ।
उच्च तहमा अध्ययन आदिवासी जनजाति समुदायका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको अन्र्तक्रिया कार्यक्रममा प्रेम सोमई, विपिन राना, महेश थारु हरिता थापा, सरस्वती थापा, खुम बहादुर बुढा लगाएतले बोल्दै अदिवासी जनजातिका मुद्दाहरुलाई उठाउनको लागि युवा विद्यार्थीहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।प्रशिक्षण कार्यक्रममा ३४ जना विद्यार्थीहरुको सहाभगिता रहेको थियो ।
(कमल चौधरी संघीय एक्सप्रेसका पत्रकार हुन)