राज्यसत्ता डट्कमको माउं प्रकाशन साप्ताहिक नयाँ राज्यसत्ताका पूर्ब प्रकासक सूर्य सारु मगरलाई पुत्र शोक परेको छ । सारु मगरको एक मात्र पुत्र स्व. मिपांग सारु मगरको १४ बर्षको कलिलो उमेरमै उपचारको क्रममा गत हप्ता नया दिल्ली स्थित फोर्टिज नोईडा हस्पिटलमा निधन भएको थियो ।
उनि ब्रेन ट्युमुर बाट पिडीत थिए, सफल अप्रेशन भएता पनि पछिल्लो समयमा निमोनियाले छातीमा अत्याधिक ईन्फेक्शन बाट ग्रसीत थिए । यस दु:खद खबरले हामीलाइ अत्यन्तै मर्महात तुल्याएको छ ।
शोकका यस दु:खद घडिमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समाबेदना प्रकट गर्दै शोकलाइ शक्तिमा परीर्णत गर्न उनै भगवान बुद्धलाइ अनुरोध गर्दछौ ।
राज्यसत्ता डट्कम परिवार ।