बेलायतमा ‘पृथ्वीलाई एक साँझ’ सम्पन्न

Read Time:5 Minute, 16 Second

बिजय हितान

बेलायत , आफ्नै परिवार, जात, बर्ग, र रास्ट्रलाई जोगाउने मानविय स्वार्थपुर्तिका कार्यक्रमहरू त अचाक्ली गरिने गरेको, तर हामीलाई बाँच्न मद्घत पुर्याउने वातावरणका अतिआवस्यक तत्वहरू- नदि नाला, बनजङल, बायुमन्डल तथा बन्यजन्तुहरूलाई पनि जोगाउनु पर्छ भन्ने कार्यक्रमहरू हामि नेपालि माझ बिरलै हुने गर्छ   । यसैलाई मध्यनजर राख्दै प्रतेक बर्ष जस्तै यस बर्ष पनि बेल्पालीहरूले एक घन्टा घरको बत्ति निभाएर आफ्नो पर्याबरणिय दायित्व निभाएका छन् ।  

  अर्थ आवरको(Earth Hour) नामले प्रचलित यस बातावरणिय दिवसलाई गत सनिबार २९ मार्चको दिन फोक्स्टोनबासी नेपालिहरूले स्थानिय लेमन लिफ गोर्खा रेस्टुरेन्टमा भेला भई बिभिन्न क्रियाकलाप गरि मनाए । पहिलो चरणमा ७:३० देखि ८:३० बजेसम्म बातावरणसँग सम्बन्धित प्रश्नहरू राखेर हाजिरीजवाफ प्रतियोगिता भयो । जसमा अशीम नेम्बाङ, ग्याम गुरुङ र बिजय लिम्बू क्रमश प्रथम, दोस्रो र तेस्रो भई स्थानिय नेपालि ब्यवसायहरूले प्रायोजन गरेको पुरस्कारहरू जितेका थिए ।  

ठिक ८:३० बजे रेस्टुरेन्टको बत्ति झ्याप्प मारियो अनी आशिक गुरुङ को मिठो स्वरले मैन बत्तिको मधुर ज्वालामा उपस्थित वातावरणलाई माया गर्ने दर्सकहरूलाई मनोरन्जन दिलायो । गीत गाउने क्रममा असीम नेम्बाङ, बिजय लिम्बू, नयन लिम्बू, ८ बर्सकी रिती राई,बिशाल तामाङ् ले पनि आफ्नो कला प्रस्तुत गरि वातावरणमैत्री स्रोताहरूलाई मन्त्र मुग्ध पारेका थिए ।

यस सांगितिक क्रियाकलापको बीच बीचमा बिस्वकाजी राइ, देवी आले, १२ बर्शे गरिमा राना, दलबहादुर बुढाथोकी, बिजय हितान, बिश्वासदिप तिगेलाहरूले इको कबिता तथा गीतहरू बाचन गरे। वातावरणलाई जतापाइ उतै प्रदुशण नगरि प्रेमिकालाई जस्तै माया गर्नु पर्छ, आमालाई जस्तै पुज्नु पर्छ, पृथ्वी र यसमा रहेका सबै प्राणी तथा बिरुवालाई जोगाउन सके मानिसको अस्तित्व रहन सक्छ भन्ने भावनाहरू यी साहित्यकारले पोखेका थिए ।

  कार्यक्रमको अन्त्यमा र्याफल ड्र गरिएको थियो । यसका पुरस्कारहरू- रेस्टुरेन्टमा दुइजनालाई भोजन, यु के को स्विटर, दुई घन्टा निसुल्क ड्राइभिङ तालिम, वातावरण मैत्री तरिकाले उत्पादित गोर्खा चिया, देखि महिला या पुरुषलाई नि:सुल्क बालकटाइ इत्यादी थिए ।

यीनलाई प्रायोजन गर्ने फोक्स्टोनमा अवस्थित नेपालि ब्यवसायहरू- एलिगान्स ब्युटी एन्ड हेअर, सेवारो स्टोर, गोर्खा प्यालेस, हिमालयन क्याफे, एभरेस्ट क्याफे, लेमन लिफ रेस्टुरेन्ट, ओरिएन्टल बफेट, एभरेस्ट क्यास एन्ड केरी, गोर्खा हिल, गोर्खा टी, र दुबि ड्राइभीङ स्कुल थिए ।   र्याफल ड्र बाट सङ्कलित अलिकति रकमलाई अफ्रिकामा पाइने काले गैंडाको सम्रछणकोलागी पाठाइने कार्यक्रम आयोजकले बताए ।

‘पृथ्वीलाई एक साँझ’ भनि नेपालि नामकरण गरिएको यस कार्यक्रमलाई बी एफ बी एस गोर्खा रेडियो, बी जी डब्लु एस रेडियो, बी बी सी नेपालि सेवा, ब्लगर लेक्स लिम्बू, मिस यु के नेपाल् दुर्गा गुरुङ, प्रतिभा प्रतिस्ठान बेलायत, फक्स्टोन नेपालि समाज, फक्स्टोन सत्य साइ संघ, यु के मगर संघ केन्ट इकाइ समिती इत्यादी संघ संस्था तथा ब्यक्तिहरूले प्रचार प्रसार गर्न र प्रतछ्य अप्रतछ्य सहयोग पुर्याएका थिए ।  

बेलुकी ८:३० देखि ९:३० बजेसम्म घर, ब्यवसाय, ठुला भवन तथा सम्रचनाहरूको बिजुली बत्ति निभाएर बिस्वभरिनै विश्व बन्यजन्तु सम्रछण कोशद्वारा आयोजित यस दिवसलाई प्रतेक बर्ष २९ मार्चको दिन मनाइने गरिन्छ ।

            

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %